वर्तमान सरकारले महान तथा गौरवशाली पार्टीका(आफुले आफैलाइ भन्ने गरेको) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाल लाइ शान्ति र सविधानका लागी लुम्विनि देखी सगरमाथा सम्मको यात्रालाइ भनेर २ करोड रुपैया दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । काङ्ग्रेस भातृ संगठनले सडकमा निस्किएर प्रधानमन्त्रीको पुत्ला र तस्विर जलाउन थालिसकेका छन् । तर यो समाचारले मलाइ कता कता विगतको याद दिलायो । सायद ठयाक्कै महिना भुले मैले, एकवर्ष अगाडीको कुरा हुनपर्छ जुन वेलामा पुष्कर शाह (जसलाइ नचिन्ने नेपाली कमै छन) विश्वका १५० भन्दा वढि देश घुमेर आए अनि सवै देशको राष्टिय झण्डाको साथ देशमा दिगो शान्तिको कामना गदै विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने निर्णय गरे । सगरमाथा चढ्ने खर्च जुटाउन उनले सडक देखि सदनसम्म र वालुवाटार देखि शीतल निवास सम्म हारगुहार गरे तर एक सुको प्राप्त गरेनन किनभने उनी देशका महान तथा गौरवशाली पार्टी अध्यक्ष का पुत्र थिएनन् । पुष्करले विश्वका १५० भन्दा वढी देशवाट संकलन गरेर ल्याएका वहुमुल्य वस्तुहरुको लिलाम गरेर भनेपनि सगरमाथा चढ्ने अठोट गरे । त्यतिवेला न्युज २४ च्यानलवाट प्रशारण भएको प्रेम वानियाको कार्यक्रम जय स्वाभिमान हेरेर मेरो आखावाट तरुक्क आसु खसाल्नु वाहेक मैले केही गर्न सक्ने ठाउ थिएन । राज्यले एउटा नागरिकलाइ कतिसम्मको व्यवहार गर्दो रहेछ भनेर मैले त्यो कार्यक्रम हेरेपछि थाहा पाए । आज आएर तिमिलाइ धिक्कार छ वावुराम, धिक्कार छ । सारा विश्व घुमेर नेपाललाइ चिनाएर आएका पुष्कर शाहले सगरमाथा चढ्नलाइ अलिकति पैसा सहगोग गर भनि अनुनय