राहत दरवन्दीमा नाम निकाल्दा वि. नि. लाइ भत्ता !!!
परीक्षा भनेको प्रत्येक विद्यार्थीले हासिल गरेका सिकाइ उपलव्धीहरुको लेखाजोखा गरि उनीहरुको स्तर पत्ता लगाउनु हो । अर्को शव्दमा भन्दा विद्यार्थीको मुल्याङकन पनि हो । नेपालमा अहिले वर्षभरि पढाएर वर्षको अन्त्यमा एक दिन त्यो पनि ३ घण्टामा विद्यार्थीको वर्षभरिको मुल्याङक गरिदै आइएको छ । । म स्वय यो खालको मुल्याङक प्रणालीमा विगत १७ वर्षदेखि सहभागी भइ शिक्षकहरुसामु आफ्नो क्षमता प्रस्तुत गर्दै आएको छु । सधै विद्यार्थी वनेर शिक्षकको मुल्याकनमा पर्दै आएको म विद्यार्थीकै मुल्याङकन गर्ने शिक्षक वन्नको लागी आफु कत्तिको योग्य छु भनेर आफैलाइ जाचिरहेको थिए, अझ भनौ अनुभव वटुल्दै थिए यसपटक ।
प्रसङ्ग हो धादिङ जिल्लाको मुरली भन्ज्याङ गाउ विकास समिति वडा नं ३ मा रहेको गायत्रिदेवी प्रा वि मा खाली रहेको राहत शिक्षकको लागी शिक्षक नियुक्ती प्रक्रिया । राहत दरवन्दीमा कार्यरत शिक्षकले जागीर छाडेपछि त्यो ठाउमा नया शिक्षक नियुक्ती गर्नुपर्ने जिम्मा थियो विद्यालय व्यवस्थापन समितिलाइ । विद्यालयले सुचना मार्फत आवेदन माग्यो । मैले पनि शिक्षाशास्त्र संकाय लिइ अध्ययन गरेको र आवेदनमा माग गरिएको योग्यता, आवश्यक कागजपत्र म संग पनि रहेकाले मैले पनि आवेदन दिए । आवेदन पर्यो २ जनाको । अर्का आवेदक थिए मैरे सहपाठी जो सोही विद्यालयमा निजि श्रोतवाट विगत ५ वर्षदेखि शिक्षण गरिरहेको थियो । कार्यरत रहेकै................................
मेरो भ्यालेन्टाइन डे
भ्यालेन्टाइनसंग डेटिङ जाने, सपना मनमा पालेफोन गरेर वोलाउनलाइ, सय रुपैया हाले
टाढै जाने सल्लाह भो, वाइक लानै पर्यो
पेट्रोल हाल्न भनेर, पानसय खेर पाले
कुन वज्याले धराप थापेछ, फुस्स हावा गयो
पचास रुपैया तिरेर, पन्चर पनि टाले
वल्ल वल्ल वाइक वन्यो, उनले जाउ भनिन
उनलाइ पछाडी राखेर, वाइक कुदाउन थाले
अघि वढ्दै थियौ हामी, फेरी अवरोध भयो
उनको अगाडी हिरो वन्न, २/४ जना ढाले
कुकुर घुकघुक करायो, झल्यास्स पो भएछु
रातको १ वजेछ, फेरी निदाउन थाले
२०६९/११/०३
Subscribe to:
Posts (Atom)




