राहत दरवन्दीमा नाम निकाल्दा वि. नि. लाइ भत्ता !!!

प्रसङ्ग हो धादिङ जिल्लाको मुरली भन्ज्याङ गाउ विकास समिति वडा नं ३ मा रहेको गायत्रिदेवी प्रा वि मा खाली रहेको राहत शिक्षकको लागी शिक्षक नियुक्ती प्रक्रिया । राहत दरवन्दीमा कार्यरत शिक्षकले जागीर छाडेपछि त्यो ठाउमा नया शिक्षक नियुक्ती गर्नुपर्ने जिम्मा थियो विद्यालय व्यवस्थापन समितिलाइ । विद्यालयले सुचना मार्फत आवेदन माग्यो । मैले पनि शिक्षाशास्त्र संकाय लिइ अध्ययन गरेको र आवेदनमा माग गरिएको योग्यता, आवश्यक कागजपत्र म संग पनि रहेकाले मैले पनि आवेदन दिए । आवेदन पर्यो २ जनाको । अर्का आवेदक थिए मैरे सहपाठी जो सोही विद्यालयमा निजि श्रोतवाट विगत ५ वर्षदेखि शिक्षण गरिरहेको थियो । कार्यरत रहेकै................................
नाताले म भन्दा उ नै योग्य थियो उक्त पदका लागी तर औपचारिकता पु¥याउनै प¥यो, परीक्षामा म पनि सामेल भए । ३ घण्टा परीक्षामा सहभागी भएपछि नतिजा के आउदैछ भन्ने वारेमा थाहा हुदा हुदै पनि औपचारिक नतिजा कुर्न तिर लागीयो । करिव २० मिनेट को कुराइ पछि नतिजा पनि सार्वजनिक भयो । आखिर जे सोचेको थियौ हामीले त्यही रिजल्ट आयो त्यसमा खुसी नहुने कुरै थिएन ।
तर अनौठो त्यतिखेर लाग्यो जतिखेर एउटा अचम्मको कुरा थाहा पाइयो । जो जिल्ला शिक्षा कार्यलयवाट शिक्षक छनौट गर्न आएको हो, उसलाइ त शिक्षक छनौटमा सफल भएको परीक्षार्थीले खाजा खुवाउने र भत्ता दिनुपर्ने नियम पनि वनाइएको हुदो रहेछ । सुनेर पनि अचम्म लाग्यो । सम्वन्धित विद्यालयको श्रोतकेन्द्रका श्रोतव्यक्ति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापक पनि उक्त शिक्षक छनौट प्रक्रियामा सामेल रहने हुदा उक्त दिनको खाजा, विद्यालय निरिक्षक र विषयगत शिक्षकहरु (२ जना) लाइ एक एक हजारको दरले दिनुपर्ने भत्ता त जो परीक्षामा सफल हुन्छ त्यही परीक्षार्थीले नै पो वेहोर्नुपर्न रहेछ ।
कस्तो अचम्म १ विद्यालयको निरिक्षण, शिक्षक नियुक्ती प्रक्रिया, विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन लगायतका विद्यालयका हरेक काममा सहयोग पु¥याउन भनेर विद्यालय निरिक्षकको पदमा काम गरि नेपाल सरकारवाटै तलव भत्ता खाने कर्मचारीलाइ परीक्षार्थीले भत्ता खुवाइ खुवाइ आफ्नै मुल्याङकन गराउन पर्दा आफैलाइ लाज लागेर आयो । कस कसलाइ भत्ता दिनुपर्दछ भन्ने कुरो जिल्ला शिक्षा समिति आफैले वनाउने नियम रहेछ त्यो । आफैले वनाउने नियम न हो आफ्नै हात जगन्नाथ भनेझै जसले जे वनाइदिएपनि भैहाल्यो नी । प्रश्नपत्र वनाउने, उत्तर पुस्तीका जाच्ने लगायतका काम गर्नै विषयगत शिक्षकलाइ त भत्ता दिनु उचित नै होला तर जुन कामको लागी भनेर नेपाल सरकारले नै तलव दिएर उक्त काममा खटाएको छ सोही व्यक्तिलाइ त्यही सरकारी कामकै लागी परीक्षार्थी ले नै भत्ता दिनुपर्दा आफैलाइ कुरी कुरी गर्दै फर्किए ।
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment