मेरो भ्यालेन्टाइन डे

फोन गरेर वोलाउनलाइ, सय रुपैया हाले
टाढै जाने सल्लाह भो, वाइक लानै पर्यो
पेट्रोल हाल्न भनेर, पानसय खेर पाले
कुन वज्याले धराप थापेछ, फुस्स हावा गयो
पचास रुपैया तिरेर, पन्चर पनि टाले
वल्ल वल्ल वाइक वन्यो, उनले जाउ भनिन
उनलाइ पछाडी राखेर, वाइक कुदाउन थाले
अघि वढ्दै थियौ हामी, फेरी अवरोध भयो
उनको अगाडी हिरो वन्न, २/४ जना ढाले
कुकुर घुकघुक करायो, झल्यास्स पो भएछु
रातको १ वजेछ, फेरी निदाउन थाले
२०६९/११/०३
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment