ती सहासी छोरीहरु, जसले बाबुको काजक्रिया गरे
आमा साथमा बाबुको काजक्रिया गरिरहेका पवित्रा बयलकोटी र रथी बयलकोटी (वाँया) |
भुकम्पले घर तहस नहस बनाएपछि ठड्याइएको एउटा सानो झुप्रो । त्यसबाहिर आँगनमा चिसो ढाक्नलाइ एकसरो सेता बस्त्र धारण गरेका एक महिला र २ जना नावालिका नानीहरु । सरसर्ती हेर्दा हिन्दु परम्परा अनुसार काजक्रिया गरिरहेका देखिने यो तस्विरभित्र निकै कारुणिक, बाध्यकारी र हृदयविदारक कथा लुकेको छ ।
धादिङको कुम्पुर गाउँविकास समितिका को पिपलटार स्थित दलित बस्तीको दृष्य हो यो । यहाँका स्थानिय लाल बहादुर बयलकोटीको रहस्यमयी हत्या भएपछि विद्यालय जाँदै गरेका २ जना बालिकाहरु अहिले आमाको साथमा बाबुको काजक्रिया गरिरहेका छन ।
कुम्पुरकै महाकाली माद्यमिक विद्यायलमा कक्षा ९ मा पढने जेठी पवित्रा बयलकोटी र कक्षा ७ मा पढ्ने रथी बयलकोटी आमा लालश्री बयलकोटीको साथमा बाबुको काजक्रिया गरिरहेका छन ।
विद्यालय जाँदै गरेर कलिला नानीहरुलाइ सेत्रा बस्त्र लगाएर काजक्रियामा राख्न त आमा लालश्री बयलकोटीलाइ पनि पटक्कै मन थिएन होला तर उनको इच्छालाइ काजक्रिया गर्नैपर्ने सामाजिक बन्धनलले बाँधिदिएपछि बाध्य भएर उनले २ वटी छोरीलाइ आफुसंगै राखेर काजक्रिया गराइरहेकी छिन ।
छोराले काजक्रिया गर्नुपर्ने हिन्दु परम्परा भएपनि लाल बहादुरका छोरा छैनन । छन त ६ वटी स साना छोरीहरु । ६ वर्षकी, ४ वर्षकी, र १ वर्षकी २ वटा जुम्ल्याहा छोरीहरु आमा र दिदीहरुले किन सेतो लुगा लगाएका हुन भनेर बुझ्न सक्ने अवस्थामा पनि छैनन ।
नाबालिका छोरीहरु आफ्नो बुवाको काजक्रियाको लागि कष्टका साथ बसेको देख्दा त्यहा पुग्ने जोसुकै पनि भक्कानिने गरेका छन । भुकम्पले तहस नहस पारेको घर र त्यस पछि बनाइएको टहराको छेउमा काजक्रियामा बसेको बालिकाहरुको यो दृष्यले त्यहा पुग्ने जोसुकैलाइ पनि भावुक बनाउने गरेको छ ।
जे नहुनु भइहाल्यो, अव भने लालश्री बयलकोटीलाइ साच्चै नै ठुलो समस्या आइलागेको छ । ६ वटी छोरीहरुलाइ पालनपोषण गर्ने जिम्मा अव लालश्री बलयकोटीको काँधमा आइलागेपछी उनी निकै चिन्तित बनेकी छिन । उनले भावुक हुँदै भनिन, ‘घरको कमाउने मान्छेलाइ कुन पापीको आँखा लाग्यो, अव म एक्ली महिलाले कसरी हुँर्काउ यी कलिला नानीहरुलाइ ।’
दलित परिवारमा रोग, भोक, र अभाबका वीच जन्मेका यी अवोध कलिला नानीहरुको उचित लालन पालन गर्न र शिक्षादिक्षा दिनसक्ने कुनै अभिभावक छैनन यतिबेला उनीहरुको घरमा । छन त ६० बर्षिय हजुरआमा मात्रै ।
‘हाम्रो बस्नी घर छैन, टहरामा खानेकुरा छैन, कमाएर खाउँ भने न त प्रशस्त खेतबारी नै छ, ज्याला मजदुरी गरेर खुवाउने हाम्रो बाबाको निर्मम हत्या गरे, अव हामीलाइ कसले पढाइदिन्छ ? हाम्रो बाबाको हत्याराहरु यही गाउँमै
Subscribe to:
Posts (Atom)