Pages

Subscribe:

Ads 468x60px

Slider

5/random/slider

Music

4/Music/grid-big

Nature

3/Nature/grid-small
मनिष दुवाडी

Popular Posts

फेरी म्याद थपौला र खाउला भन्ने दाउ : सर्वोच्च अदालतको फैसला माथिको चुनौति र प्रतिगामी चलखेल :- विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमला

मंसिर १३, धादिङवेशी ।
Photo : Facebook
जनताको संघर्षबाट स्थापीत संविधान सभामाथि चुनौति दिनेगरि सर्वोच्च अदालतले फैसला गरेको भन्दै विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले अदालत प्रतिगामी चलखेलमा लागेको आरोप लगाउनुभएको छ । संविधान सभाको म्याद थप र सभाषद् वालकृष्ण ढुंगेलको आममाफीको फैसला प्रति लक्षित टिप्पणी गर्दै मन्त्री धमलाले सर्वोच्च अदालतको निर्णय प्रतिगामी सडयन्त्रको संकेत भएको बताउनुभएको हो । जुगेधारा जुरेथुम खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै मन्त्री धमलाले अहिलेकै सरकारको नेतृत्वमा नयाँ संविधान बन्ने र शान्ति प्रक्रिया टुंगीने पनि दावी गर्नुभएको छ । खानेपानीको निर्माण सम्पन्न धाराको टुटि खोलेर उद्घाटन गर्दै मन्त्री धमलाले जनताको प्रत्यक्ष सेवापुग्ने योजना सम्पन्न गर्न आफू सधैँ लागी पर्ने पनि बताउनुभएको छ। गत ६३ साल भदौ बाट शुरु भएको जुरेथुम जुगेधारा खानेपानी आयोजनाको कूल लागत करिब ४५ लाख रहेको र फण्डबोर्डबाट ३३ लाख तथा स्थानीय समुदाय र जनश्रमदानबाट करिब १४ लाखको लगानी गरिएको सो आयोजनाको उद्घाटन समारोहमा जानकारी दिइएको छ । सोहि कार्यक्रममा ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समति फण्डबोर्डका पूर्व अध्यक्ष भीमप्रसाद ढुंगानाले आफू अध्यक्ष रहेको बेला निकै मेहनत गरेर लागू गरेको योजना कागजी रुपमा पुरा नहुँदै हतारहतारमा मुख्य लगानी कर्तालाई जानकारीनै नदिई उद्घाटन गरिएकोमा
असन्तुष्टी ब्यक्त गर्नु भएको छ । ढुंगानाका अनुसार जुरेथुम खानेपानी आयोजनाको अझै योजना फरफारक गरिएको छैन भने उद्घाटन कार्यक्रममा मुख्य लगानीकर्ता फण्डबोर्डलाई जानकारी समेत गराइएको छैन । यसबाट नेपालकै नमूनाको रुपमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजनाको  अन्य ठाउँको विस्तारमा असर पर्न सक्छ । ११७ परिवार लाभान्वीत भएको जुगेधारा जुरेथुम खानेपानी योजना ५ सय ५० मीटर तलबाट पम्प बाट तानी ट्यांकीमा जम्मा गरेर वितरण गर्ने गरिएको छ ।  सो योजनाका उपभोक्त समितिका अध्यक्ष कालुबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा माओवादीका नेता रामबहादुर भण्डारी, नेपाली कांग्र्रेसका भक्तबहादुर लामा, एमालेका वेदवहादुर खाँड, जनशक्ति पार्टीका जिल्ला सचिब नन्दप्रसाद काप्री, रेडक्रसका सभापति इश्वरी प्रसाद अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो । 


0 Comments:

Post a Comment