स्थानियको महोत्सव हुन नसकेको प्रथम आरुघाट महोत्सव
–मनिष दुवाडी/धादिङ–
धादिङ र गोर्खाको सीमानामा रहेको आरुघाट वजार एउटा पुरानो व्यापारिक केन्द्र हो र अहिले पनि यो उस्तै व्यापारिक केन्द्र नै रहेको छ । धादिङ र गोर्खाको उत्तरी क्षेत्रका वासिन्दाहरुको व्यापार व्यवसाय गर्ने थलो र किनमेल गर्ने स्थानको रुपमा परिचित छ आरुघाटवजार । सल्यानटारको माथी डाँडावाट यो पुरानो वजारलाइ नियाल्दा निकै रमणिय र सुन्दर देखिन्छ । यो वजारको माथिल्लो भागमा रहेको आरुटार पनि कम रमाइलो देखिन्न सल्यानटारको डाँडावाट । र्दुइ जिल्लाको सीमानालाइ मात्र नभइ सिङ्गो आरुघाटवजारलाइ नै २ जिल्लामा वाँडेर वुढिगण्डकी नदि विचैवाट वगेकी छिन निलो र कन्चन पानी सहित आरुघाटका नराम्रा कुराहरुलाइ पखाल्दै । पुरानो व्यापारिक केन्द्र,नेवारी वस्ती, रहनसहन र त्यहाको चालचलन, रितीरिवाज र सस्कारले आरुघाटलाइ अझ सुन्दर र रमणीय वनाएको छ । यिनै विषेषताहरुका वीच आर्थिक उन्नयनको आधार, मनास्लु पर्यटनको विकासको पुर्वाधार भन्ने मुल नाराको साथ आरुघाटका ऐतिहासिक, पुरातात्विक महत्व र रहनसहनलाइ देशव्यापी वनाउने उध्येश्यले यही पौष २७ गतेदेखि माघ २ गतेसम्म आरुघाट महोत्सवको आयोजनाका भयो । निकै पुरानो वजार भएको र निकै नै तामझामका साथ प्रचारप्रसार गरिएको आरुघाट महोसव हेर्न जाने मेरो प्रस्तावलाइ साथी महिन्दो वाइवाले पनि साथ दिएपछि हामीले पनि प्रथम आरुघाट महोत्सव हेर्न जाने निर्णय गर्यौ । र हामी पुस २९ गते उक्त महोत्सव हेर्न आरुघाट लाग्यौ । महोत्सवको पहिलो गाँसमा नै आयोजकलाइ ढुङगा लागीसकेको थियो । उद्घाटनको अवसरमा शीर्ष तिन दलका नेतालाइ उपस्थित गराउने भनेर निकै हल्ला खल्ला गरिएको महोत्सवलाइ नेकपा माओवादी र नेकपा एमालेका नेताहरुले लप्पु ख्वाइदिएछन । अनि शेरवहादुर देउवालाइ चिठ्ठा परेको रहेछ प्रमुख अतिथि वन्ने । वहुप्रतिक्षित आरुघाट महोत्सवको वास्तविकता त्यतिखेर थाहा भयो जतिखेर हामी महोत्सव स्थल प्रवेश ग¥यौ । महोत्सवमा नौला र विषेष भनेको केही थिएन मात्र त्यहा थिए विदेशी खेलौना । स्टलहरुको नाममा खानेकुराको स्टल भन्दा अरु केही देखिएन । महोत्सवमा राखिएका ५० भन्दा वढि स्टलमध्ये एउटा अलि नौलो भनेको गोलो आकारको दराइ
घरको स्टल राखिएको रहेछ । महोत्सव हेर्न जाने अधिकाँश व्यक्ति त्यो गोलो घर एकपटक घुम्न वाध्य थिए सायद यो भन्दा नौलो र विषेष अरु स्टल नभएर होला ।
आरुघाटमा यती धेरै पुराना र ऐतिहासिक महत्व झल्कने वस्तुहरु र आरुघाटवासीका रहन सहन छन की तिनिहरुलाइ महोत्सव स्थलको कुनै पनि कुनामा हामीले देख्न सकेनौ । हामीले हेरेको १० मिनेटको स्टेजको कार्यक्रम अवधिमा मात्रै माया पिरतीका उखानटुक्काहरु २÷२ वटा प्रस्तुत गर्न भ्याएका कार्यक्रम सन्चालकले महोत्सव अवधिभर आरुघाटको वस्तुस्थितिको वारेमा कति वताए होलान त्यो त आयोजक समितिले नै भोलीका दिनमा मुल्याङकन गर्ला । प्रथम आरुघाट महोत्सवको कार्यक्रम सन्चालक नै आरुघाटमा प्रथम पटक पुगेको व्यक्ति परेपछि त्यहाको वस्तुस्थितिको वारेमा तिनिहरुलाइ के वताउन सक्थे र । सायद कार्यक्रम सन्चालकको सहि छनोट नहुनु पनि प्रथम आरुघाट महोत्सवको एउटा दुर्भाग्य रहन पुग्यो ।
करिव ५० वटा स्टलहरुमध्ये सवै खानेकुराको स्टलले भरिएको थियो । खानेकुरा हरु पनि त्यहीको भएको भए त हुन्थ्यो नि सवै विदेशी खाना, मःम चाउमिन इत्यादि । धन्न स्टल नं एक मै एउटा योमरी (नेवारी खानको एक परिकार) स्टल रहेछ जसले महोत्सवमा राखिएको स्टलहरुमध्ये नै स्थानिय उत्पादनको स्टलको झल्को दिइरहेथ्यो । हामीलाइ लागेको थ्यो महोत्सवमा आरुघाटको रहन सहन र सस्कृति र स्थानिय उत्पादनहरु प्रशस्त हेर्न पाइनेछ तर पुरानो नेवार वस्ती भएकोले होला नेवारी पहिरनमा वसेका २÷४ जना मैचाहरुवाहेक अरु केही नया र पुराना सस्कृतीका कुरा देख्न पाइएन । महोत्सवको अर्को एउटा पक्ष भने मलाइ चाही अनौठो लाग्यो । आइतवारको दिन हामी गएका थियो मान्छेको उपस्थिति पनि खासै थिएन त्यो दिनमा तर महोत्सव स्थलभित्र देखिएको आधाआधी मान्छेको घाटीमा स्वयंसेवकको पास चाही मलाइ अनौठो लाग्यो । उनीहरुले स्वयंसेवको विल्ला त लगाएका थिए तर व्यवहार भने चाही तुच्छ सायद उनीहरुलाइ लाग्दै थियो त्यो स्वयसेवकको विल्ला भिरेपछि त आफुभन्दा ठुलो कोही छैन । उम्रे देखि खुम्रे सम्मका व्यक्तिको घाँटीमा नि शुल्क प्रवेश पासको विल्ला ।
महोत्सवको आयोजनाले त त्यहाको रहनसहन ऐतिहासिक पृष्ठभुमी र स्थानिय उत्पादनहरुको प्रचार प्रसारमा सहयोगी वन्नुपथ्र्यो तर त्यसो हुन सकेन । महोत्सवको नाममा सवै वजारहरु वन्द । वजारका अधिकांश घरमा महोत्सव स्थल सम्म पुग्न नसकेका वृद्धवृद्धाहरु मात्रै । निकै तामझाम र प्रचारप्रसारका वीच आयोजना गरिएको आरुघाट महोत्सवले आरुघाटको पहिचान र परिचय दिन नसकेको कुरा त्यहाकै स्थानिय वासिन्दा नै भन्दै थिए । अहिलेसम्म आरुघाट नपुगेको व्यक्तिहरु जो यो महोत्सवमा आरुघाट पुगे तिनिहरुलाइ महोत्सव त रमाइलो र नौलो लागेन लागेन वरु वजार पनि वन्द भएका हेर्न र घुम्न नपाएका कारण आरुघाटलाइ नै नकारात्म सोच्न पुगे ।
फर्कने वेलामा त्यहाका स्थानियवासिन्दाहरु वीच नै कुराकानी भएको सुनियो राजनैतिक दलहरुको असहमतीले महोत्सवमा सोचेअनुसारको स्टल राख्न नसककेको रे । अनि अर्को कुरा आरुघाटमा त्यति धेरै व्यापारी हरुछन उनीहरुले आफ्नै ठाउमा गरेको पहिलो महोत्सवमा पनि किन एउटा स्टलसम्म राख्ने आट गरेनन त सायद व्यापारिहरुमा पनि राजनैतिक गन्ध मिसिएकाले होला त्यही स्टल राख्न नसकेको । राजनिति गर्ने नेताहरु नै जानुन राजनितिका कुरा तर धेरै रमाइलो हुने आशा र महत्वाकाङ्छी मन लिएर प्रथम आरुघाट महोत्सव हेर्न गएको हामी रुघाखोकी र सिकिस्त ज्यान वाहेक महोत्सवको चिनो ल्याउने कुरा केही नया पाएनौ र रित्तै फर्कियौ ।
आरुघाट महोत्सवमा नै राखिएको पिङवाट देखिएको महोत्सव स्थल |
घरको स्टल राखिएको रहेछ । महोत्सव हेर्न जाने अधिकाँश व्यक्ति त्यो गोलो घर एकपटक घुम्न वाध्य थिए सायद यो भन्दा नौलो र विषेष अरु स्टल नभएर होला ।
आरुघाट महोत्सवमा राखिएका स्टलहरुमध्ये कै एकमात्र स्यानिय स्टल जहा नेवारी भेषभुषासहित योमरी वनाउदै आरुघाटमा आमाहरु । सायद यही स्टलले आरुघाटको स्थानिय स्टलको इज्जत धानेको थियो । |
आरुघाटमा यती धेरै पुराना र ऐतिहासिक महत्व झल्कने वस्तुहरु र आरुघाटवासीका रहन सहन छन की तिनिहरुलाइ महोत्सव स्थलको कुनै पनि कुनामा हामीले देख्न सकेनौ । हामीले हेरेको १० मिनेटको स्टेजको कार्यक्रम अवधिमा मात्रै माया पिरतीका उखानटुक्काहरु २÷२ वटा प्रस्तुत गर्न भ्याएका कार्यक्रम सन्चालकले महोत्सव अवधिभर आरुघाटको वस्तुस्थितिको वारेमा कति वताए होलान त्यो त आयोजक समितिले नै भोलीका दिनमा मुल्याङकन गर्ला । प्रथम आरुघाट महोत्सवको कार्यक्रम सन्चालक नै आरुघाटमा प्रथम पटक पुगेको व्यक्ति परेपछि त्यहाको वस्तुस्थितिको वारेमा तिनिहरुलाइ के वताउन सक्थे र । सायद कार्यक्रम सन्चालकको सहि छनोट नहुनु पनि प्रथम आरुघाट महोत्सवको एउटा दुर्भाग्य रहन पुग्यो ।
करिव ५० वटा स्टलहरुमध्ये सवै खानेकुराको स्टलले भरिएको थियो । खानेकुरा हरु पनि त्यहीको भएको भए त हुन्थ्यो नि सवै विदेशी खाना, मःम चाउमिन इत्यादि । धन्न स्टल नं एक मै एउटा योमरी (नेवारी खानको एक परिकार) स्टल रहेछ जसले महोत्सवमा राखिएको स्टलहरुमध्ये नै स्थानिय उत्पादनको स्टलको झल्को दिइरहेथ्यो । हामीलाइ लागेको थ्यो महोत्सवमा आरुघाटको रहन सहन र सस्कृति र स्थानिय उत्पादनहरु प्रशस्त हेर्न पाइनेछ तर पुरानो नेवार वस्ती भएकोले होला नेवारी पहिरनमा वसेका २÷४ जना मैचाहरुवाहेक अरु केही नया र पुराना सस्कृतीका कुरा देख्न पाइएन । महोत्सवको अर्को एउटा पक्ष भने मलाइ चाही अनौठो लाग्यो । आइतवारको दिन हामी गएका थियो मान्छेको उपस्थिति पनि खासै थिएन त्यो दिनमा तर महोत्सव स्थलभित्र देखिएको आधाआधी मान्छेको घाटीमा स्वयंसेवकको पास चाही मलाइ अनौठो लाग्यो । उनीहरुले स्वयंसेवको विल्ला त लगाएका थिए तर व्यवहार भने चाही तुच्छ सायद उनीहरुलाइ लाग्दै थियो त्यो स्वयसेवकको विल्ला भिरेपछि त आफुभन्दा ठुलो कोही छैन । उम्रे देखि खुम्रे सम्मका व्यक्तिको घाँटीमा नि शुल्क प्रवेश पासको विल्ला ।
महोत्सवको आयोजनाले त त्यहाको रहनसहन ऐतिहासिक पृष्ठभुमी र स्थानिय उत्पादनहरुको प्रचार प्रसारमा सहयोगी वन्नुपथ्र्यो तर त्यसो हुन सकेन । महोत्सवको नाममा सवै वजारहरु वन्द । वजारका अधिकांश घरमा महोत्सव स्थल सम्म पुग्न नसकेका वृद्धवृद्धाहरु मात्रै । निकै तामझाम र प्रचारप्रसारका वीच आयोजना गरिएको आरुघाट महोत्सवले आरुघाटको पहिचान र परिचय दिन नसकेको कुरा त्यहाकै स्थानिय वासिन्दा नै भन्दै थिए । अहिलेसम्म आरुघाट नपुगेको व्यक्तिहरु जो यो महोत्सवमा आरुघाट पुगे तिनिहरुलाइ महोत्सव त रमाइलो र नौलो लागेन लागेन वरु वजार पनि वन्द भएका हेर्न र घुम्न नपाएका कारण आरुघाटलाइ नै नकारात्म सोच्न पुगे ।
फर्कने वेलामा त्यहाका स्थानियवासिन्दाहरु वीच नै कुराकानी भएको सुनियो राजनैतिक दलहरुको असहमतीले महोत्सवमा सोचेअनुसारको स्टल राख्न नसककेको रे । अनि अर्को कुरा आरुघाटमा त्यति धेरै व्यापारी हरुछन उनीहरुले आफ्नै ठाउमा गरेको पहिलो महोत्सवमा पनि किन एउटा स्टलसम्म राख्ने आट गरेनन त सायद व्यापारिहरुमा पनि राजनैतिक गन्ध मिसिएकाले होला त्यही स्टल राख्न नसकेको । राजनिति गर्ने नेताहरु नै जानुन राजनितिका कुरा तर धेरै रमाइलो हुने आशा र महत्वाकाङ्छी मन लिएर प्रथम आरुघाट महोत्सव हेर्न गएको हामी रुघाखोकी र सिकिस्त ज्यान वाहेक महोत्सवको चिनो ल्याउने कुरा केही नया पाएनौ र रित्तै फर्कियौ ।
Subscribe to:
Post Comments (Atom)
la la dherei ramro chha malai pani yestai laggeko thyo
ReplyDelete