गजल लेख्ने रहरहरु धेरै वर्ष पाले
त्यसैले त आजवाट गजल लेख्न थाले
एकान्त ठाउ चाहिन्छरे गजल लेख्नलाइ
आवाज आउने दुलाहरु खोजी खाजी टाले
दिन रातै प्रयास गरे प्राधिकरण वाधक वन्यो
लोडसेडिङले लेख्नै देन मैनवत्ति नि वाले
मधुरो त्यो मैन वत्तीको उज्यालोमा पनि
महङगेका शब्दलाइ सुन सरि गाले
भलादमी नै वन्नुपर्छ भन्थे गजल फुर्न
हिपप ड्रेस कानका मुन्द्रा मैले पनि फाले
Thursday, March 22, 2012





0 Comments:
Post a Comment