गजल : गल्लीको कुकुर झै
हेरेर आकाशतिर, थुक्दै थियो एउटा मान्छे
घाटी रेटि मार्छु भनी, ठुलै स्वर गर्दै थियो
म हिड्ने वाटोहरु,ढुक्दै थियो एउटा मान्छे
राजनितिको किताव पढि, नैतिक्ताको पुराण भन्थ्यो
आदर्शको खोक्रो ढ्वाङ, फुक्दै थियो एउटा मान्छे
वाहिर आउन नसकेर, दुलोभित्र वस्थ्यो सधै
छेपाराझै रङ फेरी, लुक्दै थियो एउटा मान्छे,
थिएन अर्थ शव्दको, थिएन अर्थ वोल्नुको
पलपलमा आफैसंग, चुक्दै थियो एउटा मान्छे
_______________________२०६९/०१/२५
Tags:
गजल,
साहित्य/सिर्जना
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment