Pages

Subscribe:

Ads 468x60px

कतै पानीपानी, कतै तीनघण्टा लगाएर लिन जानी !

देशभर लोडसेडिङले जनतालाइ पिरोलीरहेको अवस्थामा धादिङको महादेवस्थानमा संचालन गरिएको लघु जलविद्युत परियोजनाले भने दोहोरो खुसी ल्याइदिएको छ । लघु जलविद्युत परियोजनावाट विद्युत सेवा त उपभोग गर्न पाएका छन नै त्यसावाट सिंचाइको सुविधा पनि प्राप्त भएपछि कष्टकर जीवनयापन गर्दै आएका महादेवस्थान गाविस वडा नं १ को कलाङ्गाका बासिन्दाहरुको दैनिक जीवनशैलीमा परिवर्तन ल्याइदिएको छ ।
गाउँमा लघु जलविद्युतमार्फत विजुली बत्ती र सिँचाइको सुविधा पुगेपछि महादेवस्थान गाविस वडा नं १ को कलाङ्गाका बासिन्दाहरुको जीवनस्तरमा सुधार भएको छ । न्यु इनर्जी ग्रुपको प्राविधिक र ग्रामिण जिविकोपार्जनका लागि उर्जा तथा वातावरण कार्यक्रमको आर्थिक सहयोगमा यो सुविधा पुगेपछि कलाङ्गाबासीको जीवनस्तर उकासिँएको हो । गाउँमा सिञ्चाइ सुविधा पुगेपछि पहिले कोदो मकै मात्र लगाउने किसानहरुले तरकारी खेती गर्न थालेका छन् । तरकारी खेती सुरु गरेपछि दैनिक गुजारा चलाउन समेत उनीहरुलाई सजिलो भएको छ ।
सिंचाइ सुविधा प्राप्त हुनु अगाडि मकै र कोदो गरी दुइ बाली लाग्ने यहाँको जमिनमा अहिले जताततै तरकारी खेती गरिएको छ । सिञ्चाइ सुविधा नहुँदा ६ महिना भन्दा खान नपुग्ने जमिनमा सिञ्चाइ सुविधा पुगेपछि तरकारी खेतीमार्फत  राम्रो आम्दानी गरेको उनीहरुको भनाई छ ।
करिब १२ लाख रुपैँयाको लगानीमा गत जेष्ठ देखी सुरु भएको थोपा सिञ्चाइ र लघुजलविद्युत परियोजनाले यहाँका बासिन्दाहरुको जीवनस्तर उकास्न सहयोग पु¥याएको छ । 
२३ घरधुरी रहेको यस गाउँका १ सय ५९ जनाले प्रत्यक्ष रुपमा यस परियोजनाबाट लाभ लिइरहेका छन । गाउँ भन्दा तल रहेको पानीको मुहानबाट १ सय २० मिटर माथि पानी तानेर यहाँको १ सय ४ रोपनी जमिनलाई सिञ्चित गरिएको छ । चेपाङ्गहरुको बाहुल्यता रहेको यस गाउ“मा परियोजना सञ्चाल....................
भएपछि कलङ्गाबासीले थोरै भएपनि सुखको अनुभुति गर्न पाएका छन । उता महादेव स्थान गा वि स कै वडा नं ३ मा पर्ने व्रुसवाङमा भनेको पानीको कथा निकै दुःखदायी छ । महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने बु्रसवाङ गाउं दक्षिणी धादिङको सबैभन्दा विकटको बस्ती हो । अति सिमान्तकृत चेपाङ समुदायको मात्र वसोवास रहेको गाउमा २६ घर चेपाङ परिवार राज्यले दिने सेवासुविधाबाट मात्र हैन खानेपानीको समस्या पनि उत्तिकै भोगिरहेका छन् ।

समुन्द्र   सतहदेखि झण्डै २ हजार मिटरको उचाइमा रहेको यो विकट वस्तीमा खानेपानीको कुनै स्थायी श्रोत छैन । गाउं नजिकै खानेपानीको कुनै श्रोत नभएका कारण यहांका वासिन्दा विहान सवैरे उठेर गाउंदेखि तीन घण्टाको दुरीमा रहेको कुवामा गएर पानी ल्याउन वाध्य छन भने वर्षाको समयमा भने आकाशे पानी संकलन गरेर पिउने गरेका छन् । गाउँमा खानेपानीको चरम अभाव भएपछि ब्रुसबाङका चेपाङ्गहरुको दैनिकी पनि कष्टकर बन्दै आएको छ । पानीको स्रोत गाउँबाट निकै टाढा रहेकाले गाउँका बालबच्चा देखी बुढाबुढी सम्म सबैले धेरै समय त पानी ओसार्न मा नै खर्चिने गरेका छन ।
पानीको जोहो गर्न नसकेकै कारण यहाँका चेपाङ्ग समुदायका मानिसहरुले पशु पालन समेत गरेका छैनन् । चरनको राम्रो सुविधा र पशुपालनको राम्रो सम्भावना भएपनि पानीको अभावले गर्दा गाउँमा पशुपालनमा समेत कठिनाइ परेको उनीहरु बताउँछन । केही घरहरुमा बाख्रा समेत मुस्कीलले पालेका छन् भने एकाध घरमा बस्तु पाल्नेहरुले पनि एक दिन विराएर खोलामा पानी खुवाउन लैजाने गरेको पनि बताउछन  । बस्तुको चरन भएको ठाउंमा पानी नपाइने भएकाले एक दिन चरनमा र अर्को दिन पानी खवाउन खोलामा लैजानु परेको उनिहरु बताउंछन ।
गाउँमा पानीको अभाव हुँदा उनीहरुलाई पिउनका साथ साथै नुहाउन र कपडा धुन समेत समस्या पर्ने गरेको छ । गाउँमा पानीको समस्या समाधानका लागि विभिन्न संघसंस्थाले आकाशे पानी संकलन गर्नको लागि ट्याङ्कि र जस्ता वितरण गरेको भएपनि गाउँमा पानीको समस्या भने जहाँको तहीँ रहेको छ । बर्षौदेखि पानीको अभाव झेल्दै आईरहेको ब्रुसवाङमा अहिले सम्म सरकारी निकायले खानेपानीको दिगो व्यवस्थानका लागि कुनै चासो दिएको छैन । अझसम्म विकासका पुर्वाधारहरुको कुनैपनि अनुभूति गर्न नसकेका यहाँका चेपाङ्गहरुको दुःख प्रति कसले र कहिले ध्यान दिने ?

0 Comments:

Post a Comment