पहिरोका ‘हिरो’
स्थलमार्गबाटै १४ जनाको शकुसल उद्धार गर्ने प्रहरीहरु
पहिरोमा फसेका १४ जनाको सकुशल उद्धार गरेपछि जिल्ला प्रहरी कार्यलय धादिङले गरेको सम्मानपछि सन्दिप कुमाल र रुद्रबहादुर कुमाल |
गत असार १६ गते विहान साढे छ बजेको समयमा धादिङ जिल्लाको उत्तरी क्षेत्रको विकटमा रहेको री गाउँ विकास समितिको वढा नं ९ चेप्राङमा भीषण पहिरो गयो । सदरमुकाम देखि ३ दिनको पैदल दुरीमा रहेको उक्त गाउँमा चारैतिरबाट पहिरो गएको खवर आउनासाथ २१ जना पहिरोको वीचमा फरेको खवर एकैछिनमा देशभर फैलियो । तत्कालै जिल्ला प्रहरी कार्यलय धादिङको निर्देशनमा उत्तरीक्षेत्रकै दार्खा गाविसमा रहेको प्रहरी चौकीबाट ७ जनाको टोली खटायो । टोलीमा सामेल थिए नवलपरासी घर भएका प्रहरी जवान सन्दिप कुमाल र प्रहरी हवल्दार रुद्रबहादुर कुमाल । पहिरो गएको खवर आउने वित्तिकै नेपाली सेनाको हेलिकप्टरमा जिल्लाका सुरक्षा निकाएले घटनास्थलको हवाइ अवलोकन गरेर तत्कालै त्यहाँका स्थानियहरुलाइ सार्ने भनेपनि त्यसपछि परेको लगातारको पानी र खराव मौशमको कारण उनीहरुको उद्धार गर्न नसकिरहेको बेला ज्यानकै बाजी लगाएर नेपाल प्रहरीका सन्दिप र रुद्रबहादुरले दुइ जना गाउँकै युवाहरुको सहयोगमा १४ जनाको पैदल मार्गबाटै उद्धार गरेपछि प्रहरी वृतमा एकाएक उनीहरु चर्चामा आएका छन ।
पहिरो गएको ५० घण्टा वितिसक्दा पनि भौगोलिक विकटता र खराव मौषमको कारण गाउँमा सम्पर्क हुन नसकिरहेका बेला उनीहरु गाउँमै पुगेर स्थानियहरुको उद्धार गर्न सफल भएका हुन । गाउँ पुग्ने वित्तिकैको
अनुभव सुनाउदै प्रहरी हवल्दार रुद्र बहादुर कुमालले भने, ‘जिल्लाबाट निर्देशन आउने वित्तिकै हामी चेप्राङ गाउँ तर्फ हिड्यौ, दिनभरि हिडेर साँझ पहिरो नजिकैको अर्को गाउँ ताजिम्राङमा बास बस्यौँ, त्यसपछि, पानी परिरहेको थियो, गाउँको अवस्था केही थाहा थिएन, जसरी पनि हामी गाउँमा पुग्नुपर्छ भन्ने लागेर आफ्ना हातहतियार संगै गएका साथीहरुलाइ जिम्मा लगाएर पहिरोकै वीचबाट खुट्टा गाड्दै र बुटा समाउदै हामी गाउँमा पुग्न सफल भयौँ । गाउँमा पुग्ने वित्तिकै पहिरोको त्रासका कारण चिन्तित अवस्थामा रहेका रहेको गाउँलेहरु साह्रै
नै खुसी भए । उनीहरुलाइ उद्धार गरेर देशले दिएको जिम्मेवारी पुरा गर्न सकेकोमा मलाइ पनि सन्तुष्टी मिलेको छ ।’
![]() |
पैदल हिड्ने बाटो पहिरोले भत्काएपछि भीरको ढुङगा समातेर चेप्राङ गाउँतर्फ जाँदै प्रहरीहरु सन्दिप कुमाल र रुद्रबहादुर कुमाल । |
नै खुसी भए । उनीहरुलाइ उद्धार गरेर देशले दिएको जिम्मेवारी पुरा गर्न सकेकोमा मलाइ पनि सन्तुष्टी मिलेको छ ।’
![]() |
पैदल हिड्ने बाटो पहिरोले भत्काएपछि भीरको ढुङगा समातेर चेप्राङ गाउँतर्फ जाँदै प्रहरीहरु सन्दिप कुमाल र रुद्रबहादुर कुमाल । |
पहिरोमा परेकाहरुलाइ उद्धार गरेको खवर सुनेर प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले समेत उनीहरुलाइ बधाइ र शुभकामना दिएका छन । जिल्ला प्रहरी कार्यल धादिङका प्रहरी प्रमुख एसएसपी शरद कुमार खत्रीले भने, ‘ज्यानको बाजी लगाएर प्रहरीले स्थानियहरुको उद्धार गरेको जानकारी पाउने वित्तिकै फोन फार्फत आइजीपी सापले समेत बधाइ दिनुभएको छ र कुनै विशेष कार्यक्रममा मार्फत सम्मान समेत गरिने बताउनुभएको छ ।’
नेपाल प्रहरीमा जागिर खाएको १४ बर्षभइसकेका प्रहरी हवल्दार सन्दिप कुमालले भने, ‘उद्धार गर्न जाँदा निकै डर लागेको थियो, बाटो यतिसम्म गाह्रो थियो कि अलिकति तलमाथी भएको भए ज्यान समेत जान्थ्यो, अहिले बाटो सम्झिदा पनि डर लाग्छ तर पहिरो कटाएर अर्को सुरक्षित गाउँमा पुगेपछि भने साह्रै आनन्द मिलेको थियो ।’
उनीहरुले गाउकै सुरक्षित स्थानिमा राखेर आएका बिरामी र स्थानियहरुलाइ भने नेपाली सेनाको हेलिकप्टर मार्फत आइतवार उद्धार गरेर सेनाले नै बनाउदै गरेको सामुहिक आवासमा राखिएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment