Pages

Subscribe:

Ads 468x60px

Slider

5/random/slider

Music

4/Music/grid-big

Nature

3/Nature/grid-small
मनिष दुवाडी

Popular Posts

१४ वर्ष देखी न सास, न लास

धुवाकोट (धादिङ) : २०५९ साल बैशाख १२ गते घर छोडेर हिडेका बेला डेढ बर्षको कान्छो छोरो बढेर अहिले
श्रीमानको खोजी गरिदिनको लागि निवेदन दिन सदरमुकाम आइपुगेकी
सुमित्रा  श्रीमानको कुरा गर्दा गर्दे भावुक अवस्थामा
१५ वर्षको भएर ९ कक्षामा पढ्ने भइसक्यो । बेला बेलामा स्कुल तथा गाउँ समाजमा आफ्नो बाबुको खोजी हुँदा ९ कक्षामा पढ्ने अवोध बालकलाइ न त बाबु को हो भनेर थाहा छ, न त छोराले खोजेको बाबु यहाँ छ भनेर दिने उत्तर छ धुवाकोट गाउँ विकास समिति वडा न ५ कि सुमित्रा घिमिरेसंग ।
१४ वर्ष अघि बैशाख १२ गते विहान गाउँकै २ जना साथीहरुको साथमा बैदेशिक रोजगारीमा जान्छु भनेर हिडेका धुवाकोट ५ का घननाथ घिमिरे न अहिलेसम्म घर फर्किएका छन, न यहाँ छु भन्ने खवर नै फर्किएको छ । वैशाख १२ गतेको विहान हिड जाँउ भनेर घरमै आएर लैजाने धुवाकोट गाउँ विकास समितिकै नारायण लामिछाने र बाबुराम लामिछाने पटक पटक गाउँ फर्किसके तर सुमित्राको श्रीमान फर्किनुको त परै जाओस अहिलेसम्म एक पटक पनि सम्पर्क हुन सकेको छैन । सुमित्राले भनिन, ‘संगै गएका साथीहरुलाइ सोधँे, कहिले कुन ठाउँबाट हरायो, कहिले बाटोमा पुगेपछि बहुलायो त कहिले इण्डिया पुग्दा सम्म संगै थ्यो त्यसपछि हामी चिया खान लाग्दा कता हरायो हामीलाइ थाहै छैन भन्ने अस्पष्ट उत्तर दिन्छन । म एउटी महिला श्रीमान कहाँ छ भनेर खोज्न जाउँ ।’
२ वटा छोरा र एउटी छोरीको हेरचाहको जिम्मा श्रीमतीको लगाइ गाउँकै साथीहरुसंग विदेशीएका घननाथ गएको लामो समयसम्म नफर्किएपछि अहिले सुमित्रा निकै तनाव र समस्यामा छिन । स्कुलमा अरु केटाकेटीका बुवा अभिभावक भेलामा संगै जान्छन तर मेरो बुवा किन जानुहुन्न भनेर कान्छो छोरोले पटक पटक सोध्छ तर उसलाइ चित्त बुझाएर दिने उत्तर आफुसंग नभएको सुमित्रा बताउँछिन । ‘श्रीमान बेपत्ता भएपछि मात्रै छोरीको विवाह गरेर पराइ घर पठाएँ, जेठो छोरालाइ घर ब्यवहार र समस्याले गर्दा पढाउन सकिन, अहिले कान्छो छोरो ९ कक्षामा पढ्ने भइसक्यो तर अहँ न श्रीमानको फर्केर आउनुभयो न त खवर नै गर्नुभयो ।’ श्रीमानलाइ सम्झिदै सुमित्रा भावुक हुँदै भनिन, ‘अझै पनि श्रीमान फर्केर आउनुहुन्छ जस्तो लाग्छ, आगनबाट सुमित्रा के गर्दे छौ भनेर बोलाउनुहुन्छ जस्तो लाग्छ ।’
संगै लिएर जाने गाउँलेलाइ आफ्नो श्रीमानबारे केही न केही जानकारी पक्कै भएको सुमित्रा बताउँछिन । उनले
पटक पटक आफ्नो श्रीमानको खोजी गरिदिन संगै गएका बाबुराम लामिछाने र नारायण लामिछानेलाइ गुहारेकी छिन तर उनीहरुले संगै लगेका घननाथको नागरिकता मात्रै फिर्ता ल्याइदिएको र श्रीमानबारै जहिले पनि शंका लाग्ने मात्रै उत्तर दिने गरेको बताइन । उनले भनिन, ‘कहिले मरिसक्यो, कहिले बुटवलबाट हरायो त कहिले भारतमै हामी एउटा कोठामा छोडेर बाहिर किनमेल गर्न निक्लिएका थियौँ फर्केर आउदा कोठामा थिएन भन्ने उत्तर दिन्छन । मलाइ त उनीहरु माथी नै शंका लागेर अहिले प्रहरीमा खोजी गरिपाउँ भन्ने उजुरी दिएको छु ।’
श्रीमानको खोजी गरिपाउँ भनेर जिल्ला प्रशासन कार्यलय मार्फत प्रहरी कार्यलयमा उजुरी दर्ता गरेदेखी उनलाइ किन उजरी दर्ता गरेको भनेर गाउँलेहरुबाटै दवाव आउने गरेको बताइन । सुमित्राले भनिन, ‘अव तेरो श्रीमान फेला पर्ने होइन किन खोज्नुपर्यो, उजुरी गरेपछि त गाविसबाट पाएको सहयोग पनि रोकिन्छ, उजुरी फिर्ता लिइ भनेर मलाइ गाउँलेहरुले नै दवाव दिएका छन ।’
अझ रोचक प्रसङग त के छ भने उनलाइ श्रीमान जिउदो छन कि मरेका छन केही पत्तो छैन । न त उनीसंग श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र छ तर उनले गाउँ विकास समितिबाट २०७० सालदेखी एकल महिला भत्ता बुझिरहेकी छिन । सुमित्राले भनिन, ‘आफु कहिँ कतै भत्ता माग्न गएको छैन, एक दिन गाविस सचिवले नागरिकता छोडेर जाउ भन्नुभयो, केही दिनपछि पैसा पनि दिनुभयो, उहाँलाइ कस्ले के भनेर मलाइ भत्ता दिनुभयो केही थाहा छैन, अरुले एकल महिला भत्ता भन्छन, के के प्रक्रिया पुरा गरेपछि यो पाइन्छ थाहा छैन, घरमा नुनतेल गर्ने पैसा छ हुन्छ भनेर सधै लिने गरेको छु ।’
श्रीमानले घर छोडेर हिडेको बेला देश चरम द्धन्द्धको क्रममा थियो । रेडियोमा बेपत्ता भएकाहरुको खोजीका लागि उजुरी दिन पाइने भन्ने सुनेर कतै आफ्नो श्रीमान द्धन्दको चपेटामा पो परे की भनेर शान्ति समितिमा समेत उनले उजुरी दर्ता गराएकी छन ।

0 Comments:

Post a Comment