Pages

Subscribe:

Ads 468x60px

महिला अधिकारकर्मीहरु नै विवाह गराउने लमी वनेपछि…….

मनिष दुवाडी / धादिङ
wedding-2232हिजोआज नेपालका हरेक जसो पत्रपत्रिकाहरु बिद्दुतिय सञ्चार माध्यम अनि टेलिभिजनहरुमा महिला हिंसा संवन्धि समाचारहरु आइरहेका हुन्छन । यो भन्दा अगाडी यस्ता समाचार त्यति धेरै आउँथेनन् । सायद सार्वजनिक हुन सक्दैन थियो होला । मिडियाले पनि मंहिला हिंसाको विरुद्धमा राम्रै साथ दिएको छ । महिला हिंसाका घटनामा संलग्न भएकाहरुलाइ कारवाही गराउनको लागी केहि महिला अधिकारकर्मीहरु दिन रात घामपानी र भोक तिर्खा नभनी खटिरहेका पनि छन । तर महिलाअधिकार कर्मीको खोलमा अधिकारकर्मीहरु विवाह गराउने लमी वन्न थालेपछि भने मलाइ पनि केही लेख्न मन लाग्यो ।
कुरा हो धनकुटाको । रोजगारीको शिलशिलामा कतार पुगेका धनकुटा मौनावुधुक गाविस–८ का हेमकर्ण कोइराला फेसवुक र महिलाअधिकारकर्मी भनाउँदाहरुको शिकारमा एकैचोटी परेछन । विदेशमा रहँदा उनको काठमाण्डौकी सविता अधिकारी नाम गरेकी केटीसंग फेसवुकमा गफगाफ भएको रहेछ । उनीहरुको गफगाफ कहाँसम्मको भयो र गफगाफमा कतिसम्मको कुराकानी भयो उनीहरु नै जान्दछन । तर फेसवुकमा गफगाफ भएकै नामले एक महिना अघिदेखि फेसवुकका साथीको घरमा उसको श्रीमती वनेर वस्न जानु हर्कत त्यो केटीको हद भन्दा माथी लाग्यो मलाइ ।
हो, महिलाहरु हरेक कुरामा पछी परेका छन । उनीहरुपनि पुरुष वरावर हुन । महिला र पुरुष एक रथका दुइ पाङग्रा हुन । पछि परेका महिलाहरुको अवश्था उकास्न र महिला हक अधिकार प्राप्तीका लागी भएको आन्दोलनमा मेरोपनि समर्थन छ । म अधिकारको क्षेत्रमा दिनरात खटिएका महिलाहरुलाइ सम्मान गर्दछु । तर यस्ता वकम्फुसे कुराहरु गरेर अर्काको जीवनमाथी नै खेलवाड गर्ने केही महिला अधिकार कर्मीहरु देख्दा सायद उनीहरुलाइ अहिले दिइएको अधिकार वढि भएको त होइन ?
हाम्रो हजुरवुवाको पालामा हाम्रो हजुरआमाहरले धेरे हिंसा सहे । ती हजुरआमाहरुले सहेका हिंसा यहाँ उल्लेख गरेर साध्य छैन । अहिलेका महिलाहरु धेरै सचेत र शिक्षित भएका छन । महिलाहरुको पहिलेको त्यस्तो दर्दनाक अवश्थालाइ लडेर र भिडेर यहाँसम्म ल्याउन सफल भएका छन । त्या खुसीको कुरा पनि हो । तर चार .......................................

दुर्घटना कसको कारण : चालक कि यात्रु ?

दिनहुजसो नेपालको राजमार्गमा र सडकहरुमा दुर्घटनाको भएको समाचार सुनिन्छ । भौगोलिक वनावटले पनि नेपालका राजमार्गहरु वढि जोखिमयुक्त छन । नेपालका राजमार्ग र ग्रामिण सडकहरुमा दिनहुजसो हुने दुर्घटनाले मानिसहरुको ज्यान गइरहेकै छ तर दुर्घटनाको दोष कसलाइ त ? यसको सहज र सजिलै उत्तर आउछ चालक अथवा सहचालक । के सवै दुर्घटना 
Photo : Shiva Silwal
चालक गल्ती ले हुन्छन त ? कुन चाही चालकलाइगाडी पल्टाएर मान्छे मारौ जस्तोलाग्दो होला र । चालक पनि मान्छे हो । उसमा पनि सँवेदना आवेग, रिस, माया हुन्छ । मैले यहा चालकको प्रशंशा गर्न खोजेको होइन । तर हरेक जसो दुर्घटनामा चालकलाइ दोष दिएर दुर्घटनालाइ त्यत्तिकै छोडेको पाइन्छ । के कारणले घट्यो किन घट्यो तेतातिर कसैको ध्यान गएको पाइन्न । मापसे गरेर चलाउनु वढी गतिमा कुदाउनु ट्राफिक नियमको उल्लघन गर्नु जस्ता कुराहरु चालकको लापरवाही अन्तरगत पर्दछन । तर गत माघ आठ गते धादिङको ज्यामरुङमा भएको वस दुर्घटना चाही यात्रुको व्यवहार र नमिठो व्यवहारले भएको पाइएको छ ।
गत माघ ८ गते खचाखच यात्र वोकेर काठमाण्डौ का लागी आरुघाटवाट छुटेका ना २ ख ४९८५ नं को यात्रुवाहक वस धादिङको ज्यामरुङ गाविस वडा नं सात भकारे नजिक दुर्घटनाग्रस्त भयो र ५ जनाले अकालमै ज्यान गुमाए । घटना हुनेवित्तिकै समाचार वाहिर आयो गाडी सहचालकले चलाएका थिए । सूरुमा त मलाइ पनि रिस उठेको थियो किन चालकले यस्तो लापवाही गरेर यात्रुको जीवनमा खेलवाड गर्दछन ? तर घटनाको वास्तविकता भने अर्कै रहेको थाहा भयो ।
एकजना यात्रु जसले तोकिएको गाडी भाडा दिन किचकिच गरिरहेका रहेछन । कण्डक्टरले भाडा माग्दा उक्त कम भाडा दिएछन । जवकी त्यो भाडा धादिङ यातायात व्यवसायी संघले निर्धारण गरैकै वरावर थियो र अन्य यात्रुले सोही वरावर भाडा तिरिरहेका थिए । एकजना यात्रुले उक्त भाड दिन नमानेपछि सोही यात्रुसंग सहचालकको झगडा परेको रहेछ । भाडाको विषयमा किचलो पर्दै गाडी हनुमानडाँडावाट पनि......................

नराम्रो सपना...........

सुनसान रात
जुन र ताराको चम्किलो छाँया
अनि कुकुरहरुको भुकाइमा मेरो निन्द्रा
यो रातलाइ सदुपयोग गर्ने धेरै छन
तर म,
म निन्द्रा मै मस्त
चोर आइ धन सम्पती लुट्यो कि
वाउको टाउको फुट्यो कि
मलाइ मतलव छैन
अपराधी, चोर, डाँका र वलात्कारीहरु यही रातमा डाँडा तर्दैछन
देशद्रोही र भ्रष्टाचारीहरु यही रातमा आफ्नो ढुकुटी भदैछन
तर म मस्त निन्द्रामा
मलाइ मतलव छैन
कोही यो रातको पनि मध्यरात कुर्दैछन
म चाही खाटमा घुदैछु
यही यउटा रातले मेरो देशलाइ कङगाल वनाउदैछ
यही एउटा रातले मेरो देशलाइ र मलाइ खाडीको वङगाल वनाउदैछ

यही रातमा नेपालको सत्ता फेरिदैछ
देश डुवाउने योजना यही रातमा केरिदैछ
अकस्मात भालेको कुखरी काँ.................

आरुघाट पुगेर फर्किदा.............

"आर्थिक उन्नयनको आधार मनासलु पर्यटन विकासको पुर्वाधार" भन्ने मुल नाराको साथ यही पुस यहि पौष २७ गतेदेखि माघ २ गतेसम्म प्रथम आरुघाट महोत्सवको आयोजना भयो । निकै तामझाम र महत्वाकाँक्षी लक्ष्यका साथ आयोजना गरिएको उक्त महोत्सवको हावा धादिङमा पनि नचल्ने कुरा नै भएन किनकी गोर्खा जिल्ला नै भएपनि राजधानीसम्म पुग्ने सजिलो र छोटो वाटो भनेको नै धादिङवेशीको रुट हो । धादिङवेशीमा पनि निकै पचारप्रसार गरिएको उक्त महोत्सव हेर्न जाने मलाइ पनि रहर चल्यो र साथी महिन्दो वाइवालाइ आफ्नो योजना सुनाए । उसले मेरो प्रस्तावमा सहमती जनाएपछि महोत्सवको तेस्रो दिन २९ गते हामी आरुघाट जाने योजना वनायौ । २९ गते विहान सात वजेतिरवाट हाम्रो आरुघाट यात्रा सुरु भयो । विहानको समय यो जाडो मौसम अनि वाइकको यात्रा चिसो को त के कुरा तर वाटामा गरिरहेका रमाइला गफले भने हामीलाइ अलिअलि तताइरहेको थियो । साथी महिन्दो वाइवाको आगामी योजनाका कुराहरु सुनाउदै गफिदै हामीले यात्रालाइ अगाडी वढाउदै गयौ । वाटामा रमाइलो रमाइला गफहरु गर्दै ज्यामिरेभन्ज्याङ पुग्यौं । मेरो घर पनि त्यतै रहेको र साथीलाइ मेरो घरको लोकेसन वताएर, फर्कदा समय मिलेमा मेरो घरमा पसेर
खाजा खाएर जाने सल्लाह गरेर हामीले वाटो ततायो । कच्ची वाटो खाल्डाखुल्डी र धुलो प्रसस्तै अनि वाइक पनि अलि पुरानो, कहिले कुना कहिले छेउ गर्दै हामी निगालपानी डाँडा पनि पुग्यौ । डाँडामा रहेकाले घाम लागीसकेको थियो । त्यो घामको स्पर्शले हामीलाइ अलिअलि तताए पनि खासै न्यानोको अनुभुती त भएको थिएन तर हामीले टारीवेशमा गएर खाजा खाएर ज्यान तताउने सल्लाह वमोजिम अघी वढ्दै गयौ ।

स्थानियको महोत्सव हुन नसकेको प्रथम आरुघाट महोत्सव

–मनिष दुवाडी/धादिङ–

आरुघाट महोत्सवमा नै राखिएको पिङवाट देखिएको महोत्सव स्थल
धादिङ र गोर्खाको सीमानामा रहेको आरुघाट वजार एउटा पुरानो व्यापारिक केन्द्र हो र अहिले पनि यो उस्तै व्यापारिक केन्द्र नै रहेको छ । धादिङ र गोर्खाको उत्तरी क्षेत्रका वासिन्दाहरुको व्यापार व्यवसाय गर्ने थलो र किनमेल गर्ने स्थानको रुपमा परिचित छ आरुघाटवजार । सल्यानटारको माथी डाँडावाट  यो पुरानो वजारलाइ नियाल्दा निकै रमणिय र सुन्दर देखिन्छ । यो वजारको माथिल्लो भागमा रहेको आरुटार पनि कम रमाइलो देखिन्न सल्यानटारको डाँडावाट । र्दुइ जिल्लाको सीमानालाइ मात्र नभइ सिङ्गो आरुघाटवजारलाइ नै २ जिल्लामा वाँडेर वुढिगण्डकी नदि विचैवाट वगेकी छिन निलो र कन्चन पानी सहित आरुघाटका नराम्रा कुराहरुलाइ पखाल्दै । पुरानो व्यापारिक केन्द्र,नेवारी वस्ती, रहनसहन र त्यहाको चालचलन, रितीरिवाज र सस्कारले आरुघाटलाइ अझ सुन्दर र रमणीय वनाएको छ । यिनै विषेषताहरुका वीच आर्थिक उन्नयनको आधार, मनास्लु पर्यटनको विकासको पुर्वाधार भन्ने मुल नाराको साथ आरुघाटका ऐतिहासिक, पुरातात्विक महत्व र रहनसहनलाइ देशव्यापी वनाउने उध्येश्यले यही पौष २७ गतेदेखि माघ २ गतेसम्म आरुघाट महोत्सवको आयोजनाका भयो । निकै पुरानो वजार भएको र निकै नै तामझामका साथ प्रचारप्रसार गरिएको आरुघाट महोसव हेर्न जाने मेरो प्रस्तावलाइ साथी महिन्दो वाइवाले पनि साथ दिएपछि हामीले पनि प्रथम आरुघाट महोत्सव हेर्न जाने निर्णय गर्यौ । र हामी पुस २९ गते उक्त महोत्सव हेर्न आरुघाट लाग्यौ । महोत्सवको पहिलो गाँसमा नै आयोजकलाइ ढुङगा लागीसकेको थियो । उद्घाटनको अवसरमा शीर्ष तिन दलका नेतालाइ उपस्थित गराउने भनेर निकै हल्ला खल्ला गरिएको महोत्सवलाइ नेकपा माओवादी र नेकपा एमालेका नेताहरुले लप्पु ख्वाइदिएछन । अनि शेरवहादुर देउवालाइ चिठ्ठा परेको रहेछ प्रमुख अतिथि वन्ने । वहुप्रतिक्षित आरुघाट महोत्सवको वास्तविकता त्यतिखेर थाहा भयो जतिखेर हामी महोत्सव स्थल प्रवेश ग¥यौ । महोत्सवमा नौला र विषेष भनेको केही थिएन मात्र त्यहा थिए विदेशी खेलौना । स्टलहरुको नाममा खानेकुराको स्टल भन्दा अरु केही देखिएन । महोत्सवमा राखिएका ५० भन्दा वढि स्टलमध्ये एउटा अलि नौलो भनेको गोलो आकारको दराइ

सत्र वर्षपछि खुलेको आयोग र धादिङको आवश्यक संङ्ख्या

सामुदायिक विद्यायालयमा रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूतिका लागि सरकारले विज्ञापन खुला गरेको छ । १७ वर्षपछि रिक्त शिक्षकको दरबन्दी मध्ये देशैभरिका १२ हजार ८ सय ९० पद पूर्तीका लागि सरकारले विज्ञापन खुलाएको हो । २०६३ वैशाख १० गतेसम्म अस्थायी शिक्षक कार्यरत पदमा भने विज्ञापन नगरिएको शिक्षक सेवा आयोगले जनाएको छ । खुलाइएका विज्ञापन अन्र्तगत माध्यामिक तहमा २ हजार २ सय ४६, निम्न माध्यामिक तहमा २ हजार ७ सय ६७ र प्राथमिक तहमा ७ हजार ८ सय ७७ पदका लागि विज्ञापन गरेको छ । आयोगकाअनुसार हाल मुलुकमा एक लाख ८ हजार शिक्षक दरबन्दी रहेको छ । शिक्षक सेवा आयोग स्थापनापछि पहिलो पटक शिक्षकको पदपूर्तीका लागि आवेदन मागिएको हो । सत्र वर्षपछि खुलेको आयोगले धादिङ जिल्लाका लागी भने १४८ जनाको लागी आवेदन मागेको छ । आयोगले धादिङ जिल्लामा प्राथमिक तहका लागी ९० जना, नि मा वि तहको लागी ३८ जना र माद्यमिक तहको लागी २० जनाको आवेदन मागेको हो ।
प्राथमिक तह अन्तरगत खुलावाट ५०, महिलावाट १२, दलित महिलावाट १ आदीवासी जनजातीवाट ११, मधेशीवाट ९, दलितवाट ४, अपाङगवाट २ र पिछडिएको क्षेत्रवाट १ जनाको आवेदन मागेको छ । त्यसैगरि निमावि तहको नेपाली विषयका लागी खुलावाट ४, महिलावाट १, आदीवासी जनजातीवाट १, मधेशीवाट १ र दलितवाट १ जनाको आवेदन मागेको छ । अङ्ग्रेजी विषयमा खुलावाट ६, महिलावाट २, आदीवासी जनजातीवाट १, मधेशीवाट १ र दलितवाट १ जनाको आवेदन माग गरेको हो । नि मा वि तहकै गणित र विज्ञान छुट्टा छुट्टै विषयमा आवेदन मागिएको छैन भने विज्ञान र गणित दुवै विषयका लागी खुलावाट ९,