ती सहासी छोरीहरु, जसले बाबुको काजक्रिया गरे
![]() |
आमा साथमा बाबुको काजक्रिया गरिरहेका पवित्रा बयलकोटी र रथी बयलकोटी (वाँया) |
भुकम्पले घर तहस नहस बनाएपछि ठड्याइएको एउटा सानो झुप्रो । त्यसबाहिर आँगनमा चिसो ढाक्नलाइ एकसरो सेता बस्त्र धारण गरेका एक महिला र २ जना नावालिका नानीहरु । सरसर्ती हेर्दा हिन्दु परम्परा अनुसार काजक्रिया गरिरहेका देखिने यो तस्विरभित्र निकै कारुणिक, बाध्यकारी र हृदयविदारक कथा लुकेको छ ।
धादिङको कुम्पुर गाउँविकास समितिका को पिपलटार स्थित दलित बस्तीको दृष्य हो यो । यहाँका स्थानिय लाल बहादुर बयलकोटीको रहस्यमयी हत्या भएपछि विद्यालय जाँदै गरेका २ जना बालिकाहरु अहिले आमाको साथमा बाबुको काजक्रिया गरिरहेका छन ।
कुम्पुरकै महाकाली माद्यमिक विद्यायलमा कक्षा ९ मा पढने जेठी पवित्रा बयलकोटी र कक्षा ७ मा पढ्ने रथी बयलकोटी आमा लालश्री बयलकोटीको साथमा बाबुको काजक्रिया गरिरहेका छन ।
विद्यालय जाँदै गरेर कलिला नानीहरुलाइ सेत्रा बस्त्र लगाएर काजक्रियामा राख्न त आमा लालश्री बयलकोटीलाइ पनि पटक्कै मन थिएन होला तर उनको इच्छालाइ काजक्रिया गर्नैपर्ने सामाजिक बन्धनलले बाँधिदिएपछि बाध्य भएर उनले २ वटी छोरीलाइ आफुसंगै राखेर काजक्रिया गराइरहेकी छिन ।
छोराले काजक्रिया गर्नुपर्ने हिन्दु परम्परा भएपनि लाल बहादुरका छोरा छैनन । छन त ६ वटी स साना छोरीहरु । ६ वर्षकी, ४ वर्षकी, र १ वर्षकी २ वटा जुम्ल्याहा छोरीहरु आमा र दिदीहरुले किन सेतो लुगा लगाएका हुन भनेर बुझ्न सक्ने अवस्थामा पनि छैनन ।
नाबालिका छोरीहरु आफ्नो बुवाको काजक्रियाको लागि कष्टका साथ बसेको देख्दा त्यहा पुग्ने जोसुकै पनि भक्कानिने गरेका छन । भुकम्पले तहस नहस पारेको घर र त्यस पछि बनाइएको टहराको छेउमा काजक्रियामा बसेको बालिकाहरुको यो दृष्यले त्यहा पुग्ने जोसुकैलाइ पनि भावुक बनाउने गरेको छ ।
जे नहुनु भइहाल्यो, अव भने लालश्री बयलकोटीलाइ साच्चै नै ठुलो समस्या आइलागेको छ । ६ वटी छोरीहरुलाइ पालनपोषण गर्ने जिम्मा अव लालश्री बलयकोटीको काँधमा आइलागेपछी उनी निकै चिन्तित बनेकी छिन । उनले भावुक हुँदै भनिन, ‘घरको कमाउने मान्छेलाइ कुन पापीको आँखा लाग्यो, अव म एक्ली महिलाले कसरी हुँर्काउ यी कलिला नानीहरुलाइ ।’
दलित परिवारमा रोग, भोक, र अभाबका वीच जन्मेका यी अवोध कलिला नानीहरुको उचित लालन पालन गर्न र शिक्षादिक्षा दिनसक्ने कुनै अभिभावक छैनन यतिबेला उनीहरुको घरमा । छन त ६० बर्षिय हजुरआमा मात्रै ।
‘हाम्रो बस्नी घर छैन, टहरामा खानेकुरा छैन, कमाएर खाउँ भने न त प्रशस्त खेतबारी नै छ, ज्याला मजदुरी गरेर खुवाउने हाम्रो बाबाको निर्मम हत्या गरे, अव हामीलाइ कसले पढाइदिन्छ ? हाम्रो बाबाको हत्याराहरु यही गाउँमै
पर्खेर बसिन्, तर छोरो फर्केर आएन !
![]() |
दुर्घटनाग्रस्त बस , फोटो :अमृत लंसाल |
असोज ११ गते मंगलबार धादिङको मार्पाक गाउँ विकास समितिको लपाङबेशीमा दुर्घटनामा परेको बसको पछाडी लेखिएको थियो, 'पखी बस फर्की आउने छु' । तर सवै कुरा भनेजस्तै कहाँ हुदो रहेछ र ? सदरमुकाम धादिङवेशीमा आमालाइ पर्खि बस्न लगाएर सेर्तुङमा रहेका बुवालाइ लिन गएका सेर्तुङ गाउँ विकास समिति वडा नं ९ हिन्दुङमा लारुक तामाङ भने कहिल्यै नफर्किने गरि गए ।
यदि मान्छे मरिसकेपछि पनि बोल्न मिल्ने भइदिएको भए पक्कै पनि लारुकले एकपटक ३ टुक्रा भएको गाडीका पछाडिपटि लेखिएको लाइन पढेर आमालाइ भन्ने थिए होला —‘आमा अव मलाइ नपर्खनु म तपाइको सामु फर्केर कहिल्यै आउन नसक्ने गरि जाँदैछु ।’
भुकम्पमा क्षतिग्रस्त भएको घर बनाउनको लागि नेपाल सरकारले दिने घोषणा गरेको २ लाख रुपैया अनुदानको पहिलो किस्ता लिनको लागि आमालाइ लिएर सदरमुकाम धादिङ आएका लारुक अनुदानको रकम लिनको
लागि बुबा नै अनिवार्य भएपछि दमको रोगले थलिएर गाउँमै रहेका बुवालाइ लिन गएका थिए । तर दुर्भाग्य बस गाउँ पुग्नु त परैको कुरा आमालाइ सदरमुकाममा आफन्तीको कुराएर गाउँ गएका उनी अव सधैभरि आमालाइ छोरोको पर्खाइमा बस्ने बनाउन विवश भए । विदेशमा काम गरेर खासै कमाउन नसकेपनि अनुदानको रकममा थपथाप गरेर घर बनाउने लारुकको सपनामा त्यतिबेला तुराषापात भयो जतिबेला किन्ताङफेदी जाँदै गरेको बस लपाङवेशीको भीरबाट खसेर आँखुबगरमा पुग्यो । लारुक संगै यात्रारत अन्य १८ जना सहयात्रीहरुले पनि ज्यान गुमाउन पुगे ।
![]() |
लारुक तामाङ, दुर्घटनामा पर्नुअघिको फोटो |
यता सदरमुकाममा छोरोको पर्खाइमा रहेकी सर्चि तामाङ अव छोरो कहिल्यै नफर्किने गरि गएको खवर थाहा पाउने वित्तिकै मुर्छित भइन । छिन छिनमा होसमा आउदा उनी आफ्नै भाषामा कराइरहेकी हुन्थिन, ‘बाबु म अव को भनेर बाँचु, तिमि थियौ एकमात्र सहारा, बुवा पनि दमको विरामी हुनुहुन्छ, अव हामीलाइ कस्ले हेर्छ, हाम्रो घर अव कस्ले बनाइदिन्छ ।’
लारुकका छिमेकी जीतमान तामाङले भने, ‘घर नाप्नको लागि पुगेको इन्जिनियरले लारुकको आमाको नाममा निस्सा दिएछ, लाभग्राहीको सुचिमा बुबाको नाम आएछ, निस्सा अनुसार आमाले सम्झौता गरेको भएपनि पैसा लिनको लागि बुवा अनिबार्य चाहिने भएपछी गाउँमा बुबालाइ लिन जाँदै गर्दा लारुक दुर्घटनामा परेको रहेछ ।’
छोरो गुमाएको खवरले मुर्छित हुँदै लारुककी आमा सर्चि तामाङ |
कविता : 'अर्धाङगीनी'
सुहागरातको भोलिपल्टै
अर्धाङगिनीको कुमारित्व चोखै राखेर
अनुहारको भावभङ्गिमा समेत प्रष्ट नदेखिने
झिसमिसे उज्यालोमै
आँखामा गहभरि आसु पारेर
विदेशिएको ऊ,
अचेल डिउटीबाटै स्काइपी मा आफ्नी अर्धाङगीनी संग चुम्वन साट्छ
र भन्छ मिस यु बुढी

अर्धाङगीनीसंगको साँझको स्काइप च्याट सम्झिएर
५३ डिग्रीको चर्को घामले निचोरेको पसिना
घाँटीबाट तल झरेको पत्तो नपाउने ऊ
अर्धाङगीनीकै खुसीका लागि विदेशीएको सायद उसकै अर्धाङगीनलाइ
थाहा होला कि नहोला ?
५३ डिग्रीको चर्को घामले निचोरेको पसिना
घाँटीबाट तल झरेको पत्तो नपाउने ऊ
अर्धाङगीनीकै खुसीका लागि विदेशीएको सायद उसकै अर्धाङगीनलाइ
थाहा होला कि नहोला ?
आँखीझ्याल जस्तै प्वालैप्वाल भएको
गुन्यो चोलीमा लेकवेशी गर्दै रहेकी उसकी आमा
विहान बेलुकाको प्रत्येक गाँसमा
छोराको याद गर्दै
त्यही याद भित्र न्यास्रो मेटाउदै
सपना देखिरहेकी छिन
छोराको कमाइ आउला र
हरमै विलाउन आँटेको
गुन्यो चोलीमा लेकवेशी गर्दै रहेकी उसकी आमा
विहान बेलुकाको प्रत्येक गाँसमा
छोराको याद गर्दै
त्यही याद भित्र न्यास्रो मेटाउदै
सपना देखिरहेकी छिन
छोराको कमाइ आउला र
हरमै विलाउन आँटेको
पहिरोका ‘हिरो’
स्थलमार्गबाटै १४ जनाको शकुसल उद्धार गर्ने प्रहरीहरु
पहिरोमा फसेका १४ जनाको सकुशल उद्धार गरेपछि जिल्ला प्रहरी कार्यलय धादिङले गरेको सम्मानपछि सन्दिप कुमाल र रुद्रबहादुर कुमाल |
गत असार १६ गते विहान साढे छ बजेको समयमा धादिङ जिल्लाको उत्तरी क्षेत्रको विकटमा रहेको री गाउँ विकास समितिको वढा नं ९ चेप्राङमा भीषण पहिरो गयो । सदरमुकाम देखि ३ दिनको पैदल दुरीमा रहेको उक्त गाउँमा चारैतिरबाट पहिरो गएको खवर आउनासाथ २१ जना पहिरोको वीचमा फरेको खवर एकैछिनमा देशभर फैलियो । तत्कालै जिल्ला प्रहरी कार्यलय धादिङको निर्देशनमा उत्तरीक्षेत्रकै दार्खा गाविसमा रहेको प्रहरी चौकीबाट ७ जनाको टोली खटायो । टोलीमा सामेल थिए नवलपरासी घर भएका प्रहरी जवान सन्दिप कुमाल र प्रहरी हवल्दार रुद्रबहादुर कुमाल । पहिरो गएको खवर आउने वित्तिकै नेपाली सेनाको हेलिकप्टरमा जिल्लाका सुरक्षा निकाएले घटनास्थलको हवाइ अवलोकन गरेर तत्कालै त्यहाँका स्थानियहरुलाइ सार्ने भनेपनि त्यसपछि परेको लगातारको पानी र खराव मौशमको कारण उनीहरुको उद्धार गर्न नसकिरहेको बेला ज्यानकै बाजी लगाएर नेपाल प्रहरीका सन्दिप र रुद्रबहादुरले दुइ जना गाउँकै युवाहरुको सहयोगमा १४ जनाको पैदल मार्गबाटै उद्धार गरेपछि प्रहरी वृतमा एकाएक उनीहरु चर्चामा आएका छन ।
पहिरो गएको ५० घण्टा वितिसक्दा पनि भौगोलिक विकटता र खराव मौषमको कारण गाउँमा सम्पर्क हुन नसकिरहेका बेला उनीहरु गाउँमै पुगेर स्थानियहरुको उद्धार गर्न सफल भएका हुन । गाउँ पुग्ने वित्तिकैको
अनुभव सुनाउदै प्रहरी हवल्दार रुद्र बहादुर कुमालले भने, ‘जिल्लाबाट निर्देशन आउने वित्तिकै हामी चेप्राङ गाउँ तर्फ हिड्यौ, दिनभरि हिडेर साँझ पहिरो नजिकैको अर्को गाउँ ताजिम्राङमा बास बस्यौँ, त्यसपछि, पानी परिरहेको थियो, गाउँको अवस्था केही थाहा थिएन, जसरी पनि हामी गाउँमा पुग्नुपर्छ भन्ने लागेर आफ्ना हातहतियार संगै गएका साथीहरुलाइ जिम्मा लगाएर पहिरोकै वीचबाट खुट्टा गाड्दै र बुटा समाउदै हामी गाउँमा पुग्न सफल भयौँ । गाउँमा पुग्ने वित्तिकै पहिरोको त्रासका कारण चिन्तित अवस्थामा रहेका रहेको गाउँलेहरु साह्रै
![]() |
पैदल हिड्ने बाटो पहिरोले भत्काएपछि भीरको ढुङगा समातेर चेप्राङ गाउँतर्फ जाँदै प्रहरीहरु सन्दिप कुमाल र रुद्रबहादुर कुमाल । |
१४ वर्ष देखी न सास, न लास
धुवाकोट (धादिङ) : २०५९ साल बैशाख १२ गते घर छोडेर हिडेका बेला डेढ बर्षको कान्छो छोरो बढेर अहिले
![]() |
श्रीमानको खोजी गरिदिनको लागि निवेदन दिन सदरमुकाम आइपुगेकी सुमित्रा श्रीमानको कुरा गर्दा गर्दे भावुक अवस्थामा |
१४ वर्ष अघि बैशाख १२ गते विहान गाउँकै २ जना साथीहरुको साथमा बैदेशिक रोजगारीमा जान्छु भनेर हिडेका धुवाकोट ५ का घननाथ घिमिरे न अहिलेसम्म घर फर्किएका छन, न यहाँ छु भन्ने खवर नै फर्किएको छ । वैशाख १२ गतेको विहान हिड जाँउ भनेर घरमै आएर लैजाने धुवाकोट गाउँ विकास समितिकै नारायण लामिछाने र बाबुराम लामिछाने पटक पटक गाउँ फर्किसके तर सुमित्राको श्रीमान फर्किनुको त परै जाओस अहिलेसम्म एक पटक पनि सम्पर्क हुन सकेको छैन । सुमित्राले भनिन, ‘संगै गएका साथीहरुलाइ सोधँे, कहिले कुन ठाउँबाट हरायो, कहिले बाटोमा पुगेपछि बहुलायो त कहिले इण्डिया पुग्दा सम्म संगै थ्यो त्यसपछि हामी चिया खान लाग्दा कता हरायो हामीलाइ थाहै छैन भन्ने अस्पष्ट उत्तर दिन्छन । म एउटी महिला श्रीमान कहाँ छ भनेर खोज्न जाउँ ।’
२ वटा छोरा र एउटी छोरीको हेरचाहको जिम्मा श्रीमतीको लगाइ गाउँकै साथीहरुसंग विदेशीएका घननाथ गएको लामो समयसम्म नफर्किएपछि अहिले सुमित्रा निकै तनाव र समस्यामा छिन । स्कुलमा अरु केटाकेटीका बुवा अभिभावक भेलामा संगै जान्छन तर मेरो बुवा किन जानुहुन्न भनेर कान्छो छोरोले पटक पटक सोध्छ तर उसलाइ चित्त बुझाएर दिने उत्तर आफुसंग नभएको सुमित्रा बताउँछिन । ‘श्रीमान बेपत्ता भएपछि मात्रै छोरीको विवाह गरेर पराइ घर पठाएँ, जेठो छोरालाइ घर ब्यवहार र समस्याले गर्दा पढाउन सकिन, अहिले कान्छो छोरो ९ कक्षामा पढ्ने भइसक्यो तर अहँ न श्रीमानको फर्केर आउनुभयो न त खवर नै गर्नुभयो ।’ श्रीमानलाइ सम्झिदै सुमित्रा भावुक हुँदै भनिन, ‘अझै पनि श्रीमान फर्केर आउनुहुन्छ जस्तो लाग्छ, आगनबाट सुमित्रा के गर्दे छौ भनेर बोलाउनुहुन्छ जस्तो लाग्छ ।’
संगै लिएर जाने गाउँलेलाइ आफ्नो श्रीमानबारे केही न केही जानकारी पक्कै भएको सुमित्रा बताउँछिन । उनले
भौगोलिक विकटताले नछेकेको नतिजा
कम्प्युटर विज्ञान अध्ययन गर्दे विद्यार्थीहरु |
सदरमुकाम धादिङवेशीबाट भौगोलिक हिसावमा २ दिनको पैदल यात्राको दुरीमा छ री गाउँ उच्च माद्यमिक विद्यालय, न त अहिलेसम्म सडक संजालले जोडेको छ न त अहिलेसम्म विद्युत र संचारका सवै सुविधाहरु पुगेको छ । आक्कल झुक्कल हावाको झोक्काले सदरमुकामसंग संचार सम्पर्क गराउने यस ठाउँमा सुचना प्रविधिमैत्री बातावरणमा उच्च माद्यमिक तहमै कम्प्युटर विज्ञान विषयमा पढाइ हुने गरेको छ भनेर जोकोहीले नपत्याउन सक्छ । उत्तरी धादिङको विकटमा रहेको री गाउँ विकास समिति वडा नं ४ मा रहेको री गाउँ उच्च माद्यमिक विद्यालयले अहिले कम्प्युटर विज्ञान विषयमा दश जोड दुइको कक्षा संचालन गरिरहेको छ । विद्यालयले कम्प्युटर विज्ञानको पहिलो ब्याजको ११ को
परीक्षामा सवैजना उतीर्ण गरेर जिल्लाको शिक्षा क्षेत्रमा हलचल नै पैदा
गराएको छ ।
धादिङ जिल्लामै पहिलो पटक कम्प्युटर विज्ञान विषयमा पढाइ सुरु गरेको री गाउँ उच्च माविले पहिलो पटकको प्रयासमै शतप्रतिशत नतिजा पनि ल्याएको छ । उच्च माद्यमिक शिक्षा परिषदले संचालन गरेको गत वर्षको ११ को परिक्षामा कम्प्युटर विज्ञान विषयमा विद्यालयबाट सहभागी भएका ८ जना मध्ये सवै पास भएको विद्यालयका प्राचार्य मुक्तिराज बसौलाले जानकारी दिए । ‘हामीले ठुलै जोखिम मोलेर विदेशी दाताहरुको सहयोगमा कम्प्युटर विज्ञान विषय धादिङ जिल्लामै पहिलोपटक संचालन ग¥यौ ।’ बसौलाले भने, ‘सदरमुकाम बाट यति टाढा र भौगोलिक कठिनाइका बाबजुत पनि संचालन गरेको विषयको पहिलो ब्याचको नतिजाले निकै खुसी बनाएको छ ।’
विद्यालयमा कम्प्युटर विज्ञान पढाउनको लागि फ्रान्सको ‘एसोसियसन कल्चर फ्रान्स नेपाल’ नामक........

पाँच गजलहरु
गजल नं : २२
आकार कत्रो थाहा छैन भित्र एउटा दिल छ
त्यसैभित्र तिम्रा याद गडिएको खिल छ
बाहिर हेर्दा सद्धे छु भित्र भित्रै गलिसके
दुख्छ मुटु, कोक्याउछ मन, कुन्नी केले चिल छ
विर्सन खोज्छु सम्झना बनी आँखामा आइहाल्छ
भरिन्छन गह, रोकिन्नन आँसु डिलमै टिलपिल छ
एकोरिन्छ मन, टोलाउछु एक्लै कता कता हराउँछु
दिमागको औषधी ग¥या बाउको हातमा विल छ
धेरै प्रयास गरेको थेँ तिम्लाइ आफ्नो बनाउन
लाखौ प्रयास खेर जाँदा यो मन आफै जिल छ ।
२०७२/१०/०२
गजल नं : २३
न मर्ने दिन तोक्न सकियो
न मर्ने दिन रोक्न सकियो
यो कस्तो जिन्दगी दियौ भगवान
न अजम्वरी अमृत धोक्न सकियो
कुन दिन अस्ताउने केही थाहा छैन
न रिस फेरेर यमराजलाइ ठोक्न सकियो
जताजाउ अस्तब्यस्त उस्तै दैनिकि
न आनन्दको जिन्दगी बोक्न सकियो
२०७२/०८/१०
गजल नं : २४
बाख्राको अघि मकै छोडाएसी यस्तै हुन्छ
बादरको अघि नरिवल तोडाएसी यस्तै हुन्छ
चोरलाइ चौतारो भो, साधुलाइ सुली
बलात्कारीलाइ दोसल्ला ओढाएसी यस्तै हुन्छ
आफु पनि नरोप्ने रोपेको नी उखेल्ने....

कहिलेसम्म चुस्ने मृतकको नामको भत्ता !
वडा नं ५ कि रमिला नेपाली र वडा नं ४ कि साइली श्रेष्ठको नाममा दुइ ठाउँमा भत्ता बुझेको भर्पाइ ! |
त्रिपुरेश्वर गाउँ विकास समिति वडा नं ६ की विष्णुमाया भुजेलको मृत्यु भएको ११ वर्ष भयो तर नेपाल सरकारले प्रदान गर्दे आएको सामाजिक सुरक्षा भत्ता अन्तरगतको बृद्ध भत्ता भने उनको नाममा अझैसम्म भुक्तानी भइरहेको फेला परेको छ । त्यस्तै वडा नं ६ कै इनकुमारी मगर र कोषीकुमारी मगर वितेको करिव १४ वर्ष भइसक्यो तर उनीहरुको नाउँमा पनि सरकारले प्रदान गर्ने गरेको सामाजिक सुरक्षा भत्ता भने चालु आर्थिक वर्षको प्रथम चौमासिकको पनि निकाशा भएर भुक्तानी भइसकेको छ ।त्यस्तै त्रिपुरेश्वर गाउँ विकास समितिकी वडा नं ४ की साँहिली श्रेष्ठको नाम सामाजिक सुरक्षा भत्ता पाउनेहरुको सुचि अन्तरगत एकल महिला र बृद्ध दुवै तर्फ छ । अहिलेसम्म उनको दुवै नाममा भत्ताको रकम निकासा भइरहेको छ तर साँहिली श्रेष्ठले एक ठाउँको मात्रै भत्ता बुझेको बताइन । गाउँ विकास समितिको सामाजिक सुरक्षा भत्ता निर्देशिकामा पनि एकै ब्यक्तिले फरक फरक सुचिबाट भत्ता लिन नमिल्ले उल्लेख गरिएको भएपनि उनको नाम दुवैतर्फको लिष्टमा चढाइ रकम निकाशा भइरहेको देखिएको हो ।
खहरेका स्थानिय गणेश सापकोटाले भने, ‘त्रिपुरेश्वर गाउँ विकास समितिमा २ सय ७० जना मात्रै छन होला सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्तिहरु तर गाउँ विकास समितिको तथ्याङकमा भने ३ सय ४५ जनाले भत्ता बुझेको देखिन्छ ।’ त्रिपुरेश्वर गाउँ विकास समितिको गाउँपरिषदमा सामाजिक सुरक्षाको भत्ताको विषयमा कुरा उठेपछि खोजिनिति गर्दा गाविस कार्यलयबाटै अनियमितता भइरहको फेला परेको हो ।
मृतक विष्णुमायाकी भुजेलकी छोरा दिलबहादुर भुजेलले भने, ‘२०६१ सालमा आमा वितेपछि हाम्रो परिवारमा कसैले पनि उनको नाममा भत्ता बुझेको छैन तर गाउँ विकास समितिको तथ्याङकका भने अहिलेसम्म भत्ता वितरण भइरहेको रहेछ ।’ गाउँ विकास समितिका सचिवहरु समय समयमा फेरिरहने भएकाले यसरी मृत्यु भएकाहरुको नाम र फर्जी नाममा सामाजिक सुरक्षा भत्ताको लिइरहेको काममा गाउँ विकास समितिकै पुर्व सचिवहरु अथवा कर्मचारीहरुको संलग्नता रहेको हुनसक्ने भन्दै स्थानियहरुले तत्काल अनुुसन्धान गर्न माग गरेका छन । स्थानिय उदय विक्रम घलले भने, ‘यसमा गाउँ विकास समितिका सहायक मात्र होइन पहिलेका गाविस सचिवहरुको पनि मिलेमतो भएको हुनसक्छ, तसर्थ यो भन्दा पहिलेको सवै गाउँ विकास समितिका सचिवहरुलाइ पनि अनुसन्धानको दायरामा ल्याएर छानविन गर्नुपर्छ ।’
अर्का स्थानिय सुमन धरेलले भने, हाम्रो ४ नं वडामा रहेको डण्डकुमारी रिजालको २०५४ सालमै मृत्यु भएको थियो तर गाउँ विकास समितिको रेकर्डमा उनले अहिलेसम्मको सामाजिक सुरक्षा भत्ता बुझेको देखिन्छ ।’ गाउँ विकास समितिबाटै अनियमितता भइरहेको आशंका लागेपछि गाविस सचिवको अध्यक्षतामा गाउँस्तरीय नेता तथा स्थानियहरुको बैठक बसी तत्काल गाउँ विकास समितिका सवै काजजातहरुमा जफत गरि अनुसन्धान गर्न त्रिपरेश्वरका स्थानियहरुले प्रमुख जिल्ला अधिकारीलाइ गुहारेका छन ।
गाउँ विकास समितिका सचिव लीला विश्वकर्माले भने आफु भर्खरै गाउँ विकास समितिको जिम्मवारी

क्रिसमशले छोएन उत्तरी धादिङलाइ
अधिकाँश क्रिश्चियन समुदायको बाहुल्यता रहेको उत्तरी धादिङको सवैभन्दा अन्तिममा रहेको तिप्लिङको लब्दुङ गाउँ । |
पुस १६,
विगतका वर्षहरुमा पुस महिना लाग्दै वित्तिकै उत्तरी धादिङमा छुटै किसिमको चहलपहल हुने गर्दथ्यो । विशेष गरि क्रिश्चियन समुदायको बाहुल्यता रहेको धादिङका हिमाली क्षेत्रहरुमा पुस महिना सुरु हुने वित्तिकै अर्थात अंग्रजी नयाँ वर्षको आसपासमा दिनहुँ हेलिकप्टर उडिरहेको हुन्थे क्रिशमस, तथा ल्होसार पर्व मनाउन आउने पाहुनाहरुको ओसारपसारमा ।
गाउँ गाउँमा रहेका चर्चहरुमा पाहुनाहरुको स्वागतार्थ विभिन्न कार्यक्रम गरिएका हुन्थे । तर यस वर्षको क्रिशमसमा भने उत्तरी धादिङमा खासै उल्लास छाउन सकेन । गत वैशाख १२ गते गएको विनाशकारी भुकम्पको केन्दिविन्दु बारपाक नजिकै रहेका उत्तरी धादिङका सवै बस्तीहरु भुकम्पले तहसनहस बनाइदिएका कारण यस बर्षको क्रिसमश तथा ल्होसारमा कुनै उल्लासका कार्यक्रम हुन सकेनन ।
विभिन्न राजनैतिक दलका नेता र साँसदहरु विगतका वर्षहरुमा क्रिममश तथा ल्होसार मनाउनको लागि भनेर राजधानीबाट हेलिकप्टर चार्टर गरेरै भएपनि गाउँमा पुगेका हुन्थे तर यसपालीको क्रिममशमा त्यस्तो उल्लास कुनै पनि गाउँमा देखिएन । धादिङ जिल्लामा सवै भन्दा बढी मानविय क्षति भएका उत्तरी धादिङका ५ वटा गाउँ विकास समितिका गाउँहरु अहिले सुनसान जस्तै बनेको छ । जोखिमपुर्ण अवस्थामा रहेका बस्तीहरुबाट विस्थापित भएर १ हजार भन्दा बढी घरधुरीहरु सदरमुकाम आसपासका खुल्ला ठाउँहरुमा त्रिपाल र जस्तापाताको टहरा बनाएर विस्थापित जिवन विताइरहेका छन ।
लापा २ तेङचेतका हिमाल तामाङले भने, ‘अघिल्लो वर्षमा हामी गाउँमा क्रिसमश र नयाँ वर्षमा विभिन्न सास्कृतिक कार्यक्रममा गथ्र्यौ, जिल्लाबाट पनि पाहुनाहरुलाइ घरधुरी रकम उठाएर हेलिकप्टर भाडा तिरेर लैजाने गरेका थियौँ । तर यस बर्ष गाउँ नै विस्थापित हुन परेको छ । त्रिशमस र यो संगै मनाउने अंग्रेजी नयाँ

Subscribe to:
Posts (Atom)