गजल नं १३ : दुलही चाहिएन !
अहिलेसम्म कोहीको लागि, कसम खाइएन
मनले खाको जस्तो केटी, कही पाइएन
आफनी मान्छे वनाउन, लभ पार्नुपर्नै
आइ लभ युका भाकाहरु, केही गाइएन
घरमा चाहिने वाउआमालाइ, कुल घरान की
इमान इज्जत भाको खोज्न, कही धाइएन
न कसैलाइ मन पराए, न कसैले मन परायो
अहिलेसम्म कोही केटीको, मनमा छाइएन ।
एक्लो जीवन विन्दास जीवन, किन दुख भोग्ने
दुनिया कष्ट भोग्नुभन्दा, दुलही चाहिएन
________________________२०७००८१९
मनले खाको जस्तो केटी, कही पाइएन
आफनी मान्छे वनाउन, लभ पार्नुपर्नै
आइ लभ युका भाकाहरु, केही गाइएन
घरमा चाहिने वाउआमालाइ, कुल घरान की
इमान इज्जत भाको खोज्न, कही धाइएन
न कसैलाइ मन पराए, न कसैले मन परायो
अहिलेसम्म कोही केटीको, मनमा छाइएन ।
एक्लो जीवन विन्दास जीवन, किन दुख भोग्ने
दुनिया कष्ट भोग्नुभन्दा, दुलही चाहिएन
________________________२०७००८१९
त्रिपुरासुन्दरीमाइ : भगवती एक-मन्दिर अनेक
मंसिर २०, धादिङ ।
अघि/अघि पञ्चेबाजा सँगै नाङ्गो खुडा, खुकुरी र तरबार बाकेका युवाहरु, त्यसपछि दियो, कलश, शंख, घण्ट सहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेरा भित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पुजापाठ र अविर जात्रा गर्दै थिए । प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नु पर्छ । तर यहाँ बाटोमै बसेर भक्तजनहरु त्रिपुरा सुन्दरी भगवतीको दर्शन गर्दै थिए । एकवर्ष भित्र विभिन्न मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा बाकेको धादिङको त्रिपुरा सुन्दरी मन्दिरको त्रिपुरासुन्दरीमाई बुधबार विहान जिल्लाको उत्तरी क्षेत्र सल्यानकोट गाविस–५ बाट आगिन्चोक गाविस–१ सारिएको दृथ्य हो यो ।
रातभर पुजा पाठ गरेर बुधबार बिहानै पुजारीहरुले बोकेर सुन्दरीको मूर्तिलाई गाँउको मन्दिरबाट बेशीको मन्दिर झारेका हुन् । देवीको दर्शन गर्न करिब सात हजार भक्तजनले मध्यराती देखि नै बाटो ढुके । उनीहरुले मुर्ति देख्न र छुन नपाएपनि टाढैबाट दर्शन गरि रहेका थिए । वडा दसैँको चतुर्थीको दिन पूर्व तर्फ दसैँ घरबाट मुल मन्दिर सल्यानकोट सारिएको मुर्तिलाई बुधबार विहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा........

जितवहादुरले नहारेको जनयुद्ध : "मलाया एक्सप्रेस !"
पछिल्लो समय नेपाली साहित्यको वजारमा आख्यान क्षेत्रले दह्रो उपस्थिति जनाएको छ । पत्रकारदेखि व्यापारी र शिक्षकहरुले पनि आख्यानको क्षेत्रमा हात हालेका छन । यसैविचमा कान्तिपुर दैनिकका समाचार डेस्क सम्पादक अखण्ड भण्डारीले पनि “मलाया एक्सप्रेस”को गाडी छुटाए साहित्यको वजारमा । त्यसो त उनीभन्दा केही दिनपछि उनकै पत्रिकाका सम्पादक सुधीर शर्माले पनि खोजमुलक कृति "प्रयोगशाला" सार्वजनिक गरेका थिए ।
हुन त वजारमा आएका कितावहरु पढ्ने वानी मेरो त्यति धेरै छैन । अलि नाम चलेका र ख्याती कमाएका व्यक्तिहरुले लेखेका कितावहरुचाही पढौँपढौँ लाग्छ । यही विचमा कान्तिपुरका दुइ ठुला पत्रकारको किताव वजारमा आयो । दुवै पढौँपढौँ लाग्यो । पुस्तक पसलमा गए, खल्तीमा भएको पैसाले पहिला मलाया एक्सप्रेस चाही प्राथमिकतामा पर्यो ।
कान्तिपुर दैनिकमा हरेक आइतवार भ्वाइस अफ द भ्वाइसलेस स्तम्भ लेख्ने अखण्ड भण्डारीको कितावको गाता हेर्ने वित्तिकै विदेशिएको नेपालीको कथा छ भनेर अनुमान लगाउन गाह्रो परेन । मैले सोचे, भण्डारीले कुनै एक भ्वाइसलेस नेपालीको भ्वाइसलाइ किताव वनाएर ल्याएका छन होला । पुरै पुस्तक पढिसक्दा मेरो अनुमान पनि फरक खाएन । “मलाया एक्सप्रेस” तत्कालिन जनयुद्धमा होमीएर अहिले भ्वाइसलेस भएका जनसेनाहरु जो माओवदीवाट नै उपेक्षित भएका छन तिनिहरुको भ्वाइस भएर आएको छ ।
वास्तवमा पछिल्लो समयमा अधिकांश नेपालीहरुको रोजगारको गतव्य खाडी मुलुक नै पर्दछ । नेपालीहरुले त्यहा दुःख, कष्ट र पिडा धेरै नै सहेर काम गर्दै आएका छन । यस्तै पिडालाइ कथामा उनेर सर्लक कितावको रुप दिएका रहेछन भण्डारीले । हुन त यो भन्दा अगाडी पनि नेपालीहरुको दुःख, पिडा र कष्टहरुको वारेमा समाचार र फिचरहरु नआएका होइनन् । तर उनको कितावले विदेशमा काम गर्न जाँदा आफन्तहरुवाटै ठगिनुपरेको देखि विदेशमा पनि नेपालीहरुवाटै ठगिनुपरेको उदाहरणलाइ प्रस्ट रुपमा दर्शाएको छ । वैदेशिक रोजगारीमा.........................

धान मकै र कोदो वेचेर शिक्षकलाइ तलव !
सरकारी विद्यालय भन्ने वित्तिकै सूरुमा कुरा आउछ शिक्षकले सरकारी तलव खाएर पढाउने विद्यालय तर धादिङको एउटा सरकारी विद्यालयमा भने शिक्षकले सरकारवाट हैन अन्नपात वेचेर तलव खादै आएका छन । धादिङको खाल्टे गाउ विकास समिति वडा नं १ मा रहेको शंखादेवी माद्यमिक विद्यालय जसले गत वर्षदेखि माद्यमिक विद्यालय सन्चालन सुरु गर्यो र गएको एस एल सी परीक्षामा ९४ प्रतिशत विद्यार्थी पनि उर्तीण गराउन सफल भयो । अन्य सरकारी विद्यालयको तुलनामा निकै नै राम्रो नजिजा ल्याएको विद्यालयमा अहिले शिक्षकहरुलाइ तलव खुवाउन पनि समस्या पर्न थालेको छ । यसको प्रष्ट कारण हो सरकारी दरवन्दीका शिक्षकहरु नहुनु । माद्यमिक तह संचालन गरेको विद्यालयमा अहिले प्राथमिक दरवन्दीका ३ जना शिक्षक वाहेर अरु कुनै सरकारी राहत र दरवन्दीका शिक्षकहरु छैनन । गाउ वरपर नजिकै अरु माद्यमिक विद्यालय विद्यालय नहुदा आफ्ना वालवालिकाहरुको भविष्य प्रति चिन्ता व्यक्त गर्दै त्यहीका अभिभावकहरुले साहसका साथ अरु १२ जना निजी स्रोतवाट तलव खुवाउने गरी शिक्षक राखेर माद्यमिक तह सुरु गरे ।
तर धेरै शिक्षक निजी श्रोतबाट राख्नुपर्दा विद्यालयलाई ठूलो आर्थिक समस्या पर्दै गएको विद्यालयका प्रधानाध्यापक नेमवहादुर गुरुङले वताउनुभयो । मा वि तह सुरु गर्दा नै उनीहरु लाइ लागेको थियो यसलाइ निरन्तरता दिने कसरी ? तर त्यही भयो अहिले आएर शिक्षकहरुलाइ तलव खुवाउननै मुस्किल पर्यो । त्यसपछी फेरी विद्यार्थीहरु र अभिभावकहरु नै जुटे विद्यालयलाइ जोगाउन । चरम आर्थिक संकट पर्दा पनि कहि कतै वाट सहयोग जुटाउन नसकेपछिअभिभावकहरु आफैँ अगाडि सरेर अनुकरणीय कार्य गरेका छन् । आफ्ना बालबालिका पढ्ने विद्यालयको वर्षौ देखि रहेको आर्थिक समस्या हटाउनको लागि शिक्षक विद्यार्थीको सहयोगमा अभिभावकहरु स्वयम नै सक्रियताका साथ लागेका हुन् । विद्यालयको आर्थिक समस्या हटाउँदै विद्यालयको शिक्षाको गुणस्तर वृद्धिको र..........

हामी जिम्मेवार कहिले वन्ने ?
"जनतालाइ समाचार र विचारहरुद्वारा सूसुचित गराउनु पत्रकारको मुल जिम्मेवारी हो । गलत आसय र आचरणका लागी पत्रकारीताको दुरुपयोग गर्नु हुदैन।" यो कुरा गत साउन ११ र १२ गते हेटौडामा सञ्चालित जिम्मेवार र उत्तरदायी पत्रकारीता विषयक कार्यशालामा उठेको कुरा थियो । उक्त कार्यशालामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको तर्फवाट म र सानुवावु तिमल्सेना सहभागी भएका थियौ । कार्यशालामा सहभागी भएपश्चात त्यहा उठेका कुराहरु र मेरा मनमा लागेका कुराहरु समेटेर यो व्लग लेख्न मन लाग्यो ।
वास्तवमै भन्नुपर्दा हाम्रो नेपालको पत्रकारीता कत्तिको जिम्मेवार छ त ? नेपाली पत्रकारहरु कत्तिको उत्तरदायी छन त ? नेपालको पत्रकारीता इतिहासमा यो कुरा धेरै पहिलेदेखि उठिरहेको छ । शरदचन्द्र वस्तीेको भनाइ अनुसार ः– “अहिले नेपालको पत्रकारीता चकचके वच्चाले घडिको घण्टा सुइ झिकिदिएको जस्तै छ, घडिको तलपट्टिको लुङग्रो चाही हल्लिएको हल्लियै छ तर समय चाही कहिले नै देखाउदैन । पत्रकारीता गरेको गरै छ तर योगदान खोइ त ?” यो कुरा एकदमै चित्त वुझ्यो । २० वर्ष, ३० वर्ष पत्रकारीता गरेको भनेर गफ लाउछन अनि उसको पत्रकारीता देश र समाजप्रति कत्तिको उत्तरदायी र जिम्मेवार रह्यो त भनेर हिसाव गर्ने हो भने शुन्य देखिन्छ, केही अपवाद वाहेक ।
हामी नेपालको पत्रकारलाइ धेरै काम गर्न छुट दिएको छ । पत्रकारीता गर्दै गर्दा कसैले वाधा अवरोध गरेमा र प्रश्नचिन्ह उठाएमा हामी देशको चौथो अङग भनेर छाती फुलाएर विरोध गर्न पछि पर्दैनौ । चाहे हाम्रो पत्रकारीता किन गलत नहोस । हाम्रो पत्रकारीताको विषयमा क्रिया प्रतिक्रिया गर्न जुनसुकै नागरिकलाइ पनि छुट हुन्छ, तर कसैले औला उठाएर प्रश्न गरेमा हामी त्यसको प्रतिवाद गरी स्वतन्त्र पत्रकारीतामा हस्तक्षेप भयो भनिहाल्छौ । अहिलेसम्म हामी विरुद्ध र हाम्रो पत्रकारीताको विषय विरुद्ध उजुरी नपरेकैले हामी फुर्तिका.............................
मौलाकालिकाको पहिलो यात्रा
साउनको १७ गते साँझ चितवनमा उत्रिएलगत्तै कोठामा गएर दिनभर हिडेको थकाइ मेटाउन विछ्याउनामा पल्टिए । वन्दले गर्दा दासढुङगादेखि ४ घण्टा लगाएर चितवन पुगेको थिए त्यो दिन । आफु वसेको ठाउमा लोडसेडिङ भएपनि नारायणी नदिपारीको डाँडामा झलमल वत्ति वलेको देखेर साथीलाइ सोधे त्यो कुन ठाउ हो ? झ्यालवाट नै वाहिर हेरिरहेको साथीले मेरो प्रश्न मुखवाट निस्कन नपाउदै उत्तर दियो “मौलाकालिका” । नाम धेरैपटक सुनेको भएपनि एकपटक पनि नपुगेको ठाउ थियो त्यो । रातको त्यो सन्नाटामा पनि झलमल वत्तिको साथमा रमाइरहको जंगलमाथीको त्यो मौलाकालिका यसपालीको चितवन वसाइमा जसरी पनि जाने योजना वनाए ।
![]() |
अहिलेको मौलाकालिका मन्दिर |
यो गर्मीको मौसममा चितवनमा करिव १५ दिन वस्नुपर्ने भएपछि मलाइ दिन विताउदै गाह्रो भइरहेको थियो । विहान वेलुका त तालिम हुन्थ्यो तर दिनभर फुर्सद । कहाँ गएर र कसो गरेर गर्मी छल्ने, उपाए थिएन । यत्तिकैमा साउनको २७ गते मौलाकालिका जाने योजना वन्यो । मौषमको कुनै ठेगान नभएको चितवनमा हातमा एउटा छाता वोकेर हिडे मौलाकालिका भगवतीको अवलोकनमा । नारायणी पुल तर्दै गर्दा पनि त्यो वनको वाटा कसरी उक्लने हो वाटो कस्तो होला भन्दै सोचेर हिडिरहे । मौलाकालिका को वारेमा मौलाकालिका शव्द भन्दा वाहेक त्यहाको वाटो, वातावरण, भौगोलिक अवश्था केही पनि थाहा नपाएकोले नौलो अनुभव गदै वाटोमा देखाएका संकेतहरु लाइ पछ्याउदै मौलाकालिका मन्दिरको दुरी छोट्याउदै गएँ । ।
नारायणी पुल तरेर नवलपरासी जिल्ला प्रवेश गरेलगत्तै संकेतहरु पच्छ्याउदै जाँदा १ किलोमिटर पैदल हिडेपछि धार्मिक सेवा समितिको कार्यंलयमा पुगे । धार्मिक सेवा समितिले नै सम्पुर्ण मौलाकालिकाको व्यवस्थापन गर्दोरहेछ । त्यहावाट मन्दिर प्रवेशद्वार पनि प्रस्टैसंग देखिरहेको थियो । तर मलाइ भने धार्मिक सेवा समितिको शिलालेखमा लेखिएका इतिहासहरु पढ्न मन लाग्यो ।
वि. सं. २०३७ सालमा चितवन र नवलपरासीमा स्थानिय भद्रभलाद्मीहरुको पहलमा धार्मिक सेवा समिति गठन गरेर मन्दिरको भौतिक पुर्वाधारको विकास र मन्दिर व्यवस्थापन गर्न सुरु गरिएको रहेछ । धार्मिक र ऐतिहासिक महत्व वोकेको मौलाकालिका मन्दिरलाइ २०३७ साल देखि नै संरक्षण,सम्वर्धन गरेको र वि सं २०४४.........................................

चितवनको वन्द र मेरो अनुभूती
हुन त म वन्दको सधै विरोध गर्छु चाहै त्यो
वन्द जो सुकैले गरोस । १७ गते चितवन प्रवेश गर्ने वित्तिकै YCL को वन्दको
मारमा परे । प्रहरीले जवरजस्ती चन्दा उठाउदै गर्दा पक्राउ गरेको आफ्ना
कार्यकर्ताहरु छुटाउन एनेकपा माओवादीले गरेको चितवन वन्दका कारण १७ गते नै
दासढुङगा देखि चार घण्टा लगाएर पसिना राजमार्ग चुहाउदै म भरतपुर पुगेको थिए
।
मेरो चितवन वसाइ यो पटक लामै रहेकाले वसाइको क्रममा फेरी अर्को वन्दको सामना गरे चितवनमा मैले । त्यो वन्द थियो आफुलाइ निकै प्रजातान्त्रिक र लोकतन्त्रवादी भनेर चिनाउन रुचाउने पार्टी नेपाली काङग्रेसको । उसले पनि आफ्ना कार्यकर्ता छुटाउन YCL कै शैलीलाइ पछ्याएको थियो । तर यहा यो व्लग कुनै वन्द विशेषमा भन्दा पनि कुनै पार्टी विशेषको वन्दको विरोधमा लेखेको छु ।
एनेकपा माओवादी सानो सानो कुरालाइ पनि ठुलो वनाएर सडकमा आफ्नो उपस्थिति देखाउन भनेपनि सानातिना विषयमा पनि सडकमै आइहाल्छ YCL लाइ अगाडी लाएर तर नेपाली काङग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले पनि आफ्ना कार्यकर्ता छुटाउन वन्दलाइ नै हतियार वनाएको मा चाही मेरो विमती रह्यो । हुन त YCL ले गरको वन्द चाही ठीक थियो भनेको हैन मैले । वन्द गलत नै हो चाहै त्यो जो सुकैले गरोस तर YCL को वन्द भन्दा तरुण दलको वन्दको निकै हिसात्मक र असभ्य लागेकोले यो व्लग मा यति शव्द जन्मिएको हो ।
नेपाली काङग्रेसले आव्हान गरेको वन्दको दिनमा 25 गते मेरो पनि काम केही नभएर दिनभर पुल्चोकमा वसेर तमासे वनेको थिए वन्दको । आफ्ना २ कार्यकर्ता छुटाउन प्रजातान्त्रिक र लोकतान्त्रिक भनिएको पार्टी नेपाली.......................

गजल नं १२ : नेतालाइ चेतावनी
![]() |
Sourse : Google |
सवै जनता मिलेर मार्लान तिमिलाइ
औला औलाले चिलेर मार्लान तिमिलाइ
समाजको अगाडी नङ्ग्याउन पर्यो भने
आलु झै छिलेर मार्लान तिमिलाइ
होस गर नेताहरु जनता जुर्मुराका छन
जनताले गिल–गिलेर मार्लान तिमिलाइ
विरोधका हातहरु धेरै उठ्न थालेका छन
ह्वेलले झै क्वाप्प निलेर मार्लान तिमिलाइ

__________________2070/03/10
सिंचाइ सुविधा प्राप्त भएपछि फेरीएको कुमाल वस्तीको मुहार
मैदी पिपलटारको कुमाल वस्ती Photo : Manish Duwadi |
मैदी गा वि सको वडा नं ९ मा रहेको पिपलटार जहा १०५ घरधुरी कुमाल वस्ती वसोवास गर्दछन । यो टारमा वि सं २०३३ सालमा कुलो निर्माण गरि सिंचाइका लागी पानी ल्याइएको थियो र खेतीपाती पनि गरिदै आएको थियो । वि सं २०५२ सालसम्म त्यही पानीले सिंचित हुदै आएको पिपलटारमा खडेरी २०५२ पछि खडेरी पर्यो । खडेरी पर्नुको कारण कुनै दैवी प्रकोप नभइ टाठावाठाको चलखेल रहेछ । पिपलटार नजिकै रहेको मझुवाका केही टाठावाठा व्यक्तिहरुले कुमाल समुदायले उपभोग गरिरहेको पानीको मुहान नै वन्द गरी आफ्नो गाउमा लगेर मेल चलाउन थालेपछि पिपलटारमा पानीको हाहाकार पर्न थाल्यो । पानी आफुहरुले पनि पाउनुपर्ने भन्दै कुमाल समुदायहरु विभिन्न प्रशासनिक निकाय र गा वि स कार्यलय धाउन थाले तर अशिक्षित पिपलटारका कुमाल समुदायहरुको पहुचवाला र टाठावाठाको अगाडी केही सीप चलेन र एकलौटी रुपमा मझुवाका स्थानीहरुले पानीको उपभोग गरिरहे ।
सधै उपभोग गरिरहेको पानीको स्रोत अरुले नै खोसेर लगेपछि पिपलटारमा पानीको संकट त पर्यो नै त्यो संगै खाद्य संकट पनि सुरु भयो । परिव एक हजार रोपनी खेतमा सुख्खा खेतीहरुमा मात्र हुन थाल्यो । पिपलटारका कुमालहरु आफ्नो दैनिक रोजीरोटीको लागी अरुको काम ज्यालादारीका गर्न जान थाले । जमिन प्रसस्त भएका कुमालहरुपनि खेतीपाती गर्न नपाएर अरुका घरमा ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्न थाले । मैदीका एक व्यापारीका अनुसार १०५ घरधुरी कुमाल समुदायले पानीको अभावमा तरकारी लगाउन नपाएर.................
सर्वसाधारणले सिंहदरवार छिर्न नपाउने ?
![]() |
सिंहदरवारको मुख्य भवन । Photo साभार : विकिपिडिया |
देशकै ठुलो प्रशाशनिक निकाय सिंहदरवार । जहाँवाट सिङगो देश सन्चालन भइरहेको छ । सिंहदरवार राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफ्नो निजी निवासको रुपमा इ. सं. १९०३ मा वनाउन लगाएका थिए । २००७ सालमा राणा शाशनको अन्त्य भएपछि सिंह दरवारमा नेपाल सरकारको कार्यलय राखियो । त्यतीवेला देखि यो दरवारमा प्रधानमन्त्रीको कार्यलय देखि लिएर अधिकांश मन्त्रालयहरु रहेका छन ।
सिङगो देशलाइ नै नियन्त्रण गर्ने तेत्रो प्रशाशनिक भवनमा अहिलेसम्म जाने अवसर मिलेको थिएन तर केही दिन अघि नगइ नहुने काम पर्यो । सुरुमा त कसरी जाने भन्ने नै अन्योलमा परे । सिंहदरवार दक्षिण गेट अगाडी भएर हिड्दा नै त्यहा भित्र पस्नेको ताती र चेकिङ प्रक्रिया त देखेको थिए तर केही साथीको सल्लाह अनुसार नागरिकता साथमा लिएर म पनि पहिलोपटक सिंहदरवार छिर्न भनेर लागे । तर नागरिकताले मात्र छिर्न नपाइदो रहेछ । नागरिकता पासपोर्ट या सवारी चालक अनुमतीपत्र धरौटी राखेर गेटपास लिनुपर्दो रहेछ । नागरिकता पासपोर्ट वा परिचय पत्र भएर मात्र नपुग्ने रहेछ सोर्सफोर्स पनि चाहिदो रहेछ सिंहदरवार छिर्न त ।
सरकारी मिडियामा काम गर्ने पत्रकार, सुचना विभागको परिचयपत्र वनाएका पत्रकार र सिंहदरवार भित्रका कर्मचारीलाइ चाही सजिलै भित्र जान अनुमती पाइने रहेछ । म पनि काम गरेर तलव नपाएको एक वर्षै भएपनि.....

विरेन्द्रको सम्झनामा
वि सं २०५८ साल जेठ १९ गते राती दरवार हत्याकाण्डमा तात्कालिन राजा विरेन्द्रको वंश नाश भएपछि त्यो वेलाको घटनाक्रम, शवयात्रा अनि समाचारहरु सुनेर र हेरेर मेरी हजुरआमाले रचना गर्नुभएको श्लोकको । लेख्न र पढ्न नजान्ने हजुरआमाले भनेका श्लोकहरुलाइ त्यतिखेरै मेले लेखेर राखेको थिए । त्यतिखेरको समयमा पनि मेरी हजुरआमाले दावीका साथ ज्ञानेन्द्रलाइ नै हत्याकाण्डको दोष लगाउनुभएको थियो तर त्यतिखेरको समय र परिस्थिति अनुसार मलाइ डर लागेर यो अंश चाहि वाहिर गएर नसुनाउनु भनेको थिए हजुरआमालाइ । आज मैले त्यो श्लोकलाइ अलिअलि यताउती पारेर(सम्पादन गरेर) राखेको छु । लोक लयमा आधारित छ यो श्लोक
राजधानी नजिकका चेपाङहरु
आगनैमुनि २ वटा ठुला राजमार्गहरु छन । घरको आगनवाट लोटा खस्दा गुडगुडिएर यही राजमार्गमा पुगेर वज्रिन्छ । यही राजमार्ग भएर दिनहु हजारौ गाडीहरु नेपालकै राजधानी ओहोर दोहोर गर्छन तर आगनवाट यो राजमार्गमा गुडेको गाडीहरु गन्न एउटा चेपाङ सिङगो वस्तीमा राज्यको कुनै पनि निकाएको आँखा पुगेको छैन भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता हो नौविसे गा वि स वडा नं ९ को । देशको दुइठुला राजमार्ग पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ यही नौविसे गा वि स भएर गएको छ । कतिका इच्छा आकाङक्षाहरु यही राजमार्गवाट नै पुरा भएको छ तर यही राजमार्ग भन्दा १०० मिटर माथी रहेको १४ घर चेपाङ भने वस्तीहरु भने न यो राजमार्गको हावाले छौएको छ न राज्यवाट प्रदान गरिने सेवा सुविधाले । यो चेपाङवस्तीलाइ सरकारी सुविधाको नाममा केही नभएको गाउँको रुपमा परिभाषित गर्न सकिने अवस्था छ । १४ घर चेपाङका ४० महिलासहित ७५ जना मानिसको बसोबास रहेको चेपाङवस्तीमा नागरिकता बनाउनु पर्ने ३१ जनाले नागरिकता बनाएका छैनन् । नागरिकता नवनेकै कारण्ले उनीहरुले आफ्नो वालवच्चाको नागरिकता पनि वनाउन नपाएको जन्मदर्ता गर्न नपाएको अलिअलि वचत गरेर कमाएको रकम पनि वैङकमा जम्मा गर्नलाइ खाता खोल्न नपाएको माया चेपाङको गुनासो छ ।
राज्येले पदान गर्ने कुनै पनि सेवा सुविधा नपुगेको यो चेपाङ वस्तीमा नागरिकता नभएकै कारण अलि आर्थिक रुपले सवल चेपाङले घरमाथीवाट विजुलीको पोल जाँदा पनि मिटरवक्स लिन नपाएर विजुली वाल्न पाएका छैनन । वर्षौदेखि आफुले खेतीपाती गर्दै आएको जमिनको नागरिकता नभएकै कारणले लालपुर्जा वन्न सकेको छैन । उमेरले ६२ काटेकी सान्नानी चेपाङले पनि नागरिकता नभएकै कारणले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता अन्तरगतको वृद्ध भत्ता खान पाएकि छैनन ।
उनीमात्र होइन यो चेपाङ गाउका आठ जनाले नागरिकता नभएकै कारणले सामाजिक सुरक्षा भत्ता लिन पाएका छैनन । नागरिकता वनाउने उमेर भएका अधिकांश व्यक्तीहरु अशिक्षित भएकाले उनीहरुलाइ नागरिकता कहाँ............
उनीमात्र होइन यो चेपाङ गाउका आठ जनाले नागरिकता नभएकै कारणले सामाजिक सुरक्षा भत्ता लिन पाएका छैनन । नागरिकता वनाउने उमेर भएका अधिकांश व्यक्तीहरु अशिक्षित भएकाले उनीहरुलाइ नागरिकता कहाँ............
एकछिन पस्न पनि डर हुने घरमा ६ जनाको वसोवास
Photo : Manish Duwadi |
देशका ६८ जिल्लालाइ राजधानिसंग जोड्ने पृथ्वी राजमार्ग र त्रिवुभन राजपथ भन्दा सय मिटर माथी नौविसे गाउ विकास समितको वडा नं ९ मा रहेको घर हो यो । झट्ट हेर्दा धेरै वर्ष पहिले मानिसहरुको वसोवास नै भएको घरको भग्नावशेष जस्तो देखिने यो घरमा ६ जनाको परिवार अहिलेपनि जोखिपुर्ण तरिकाले वसोसास गर्दै आएको छ भन्ने कुरा जो कसैलाइ पत्याउन गाह्रो हुन्छ । तर वास्तविकता यही हो विगत ७ वर्षदेखि सानुकान्छी चेपाङ र उनको ६ जनाको परिवारलाइ यही जोखिमयुक्त घरले आश्रय दिदै आएको छ । १० ठाउमा चिरा परेको यो घर कुन वेला के हुन्छ स्वयं सानुकान्छीलाइ पनि थाहा छैन । यो घर कसरी वनाउने चिन्ता त छ नै कुन वेला घर लडेर परिवार नै सखाप पार्छ त्यसको वढि चिन्ता छ सानुकान्छी चेपाङलाइ । आफ्नो खेतीपाती गर्ने जग्गा नभएको ले विहान वेलुकाको छाक टार्न ज्यालामजदुरी नै गर्नुपर्ने वाध्यता उनको परिवारमा छ । दिनभर श्रीमान र छोराले ज्याला मजदुरी गरेर कमाएको पैसाले विहान
गजल : गल्लीको कुकुर झै
हेरेर आकाशतिर, थुक्दै थियो एउटा मान्छे
घाटी रेटि मार्छु भनी, ठुलै स्वर गर्दै थियो
म हिड्ने वाटोहरु,ढुक्दै थियो एउटा मान्छे
राजनितिको किताव पढि, नैतिक्ताको पुराण भन्थ्यो
आदर्शको खोक्रो ढ्वाङ, फुक्दै थियो एउटा मान्छे
वाहिर आउन नसकेर, दुलोभित्र वस्थ्यो सधै
छेपाराझै रङ फेरी, लुक्दै थियो एउटा मान्छे,
थिएन अर्थ शव्दको, थिएन अर्थ वोल्नुको
पलपलमा आफैसंग, चुक्दै थियो एउटा मान्छे
_______________________२०६९/०१/२५
गाउ-गाउ डुल्नुको मजा !!!
पछिल्लो समय विभिन्न सामाजिक कामहरुमा सक्रिय लियो क्लव अफ धादिङ नीलकण्ठ र लायन्स क्लव अफ धादिङ नीलकण्ठको संयुक्त आयोजनामा खाल्टे गा विकास समितिको वडा नं ६ मा निशुल्क आखा शिविर गर्न लागीएको छ । त्यसैको प्रचार प्रसारको लागी आज खाल्टे जाने अवसर जुर्यो । लियो क्लवका अध्यक्ष नरेन्द्र भट्टलाइ लिएर शनिवारको
छुट्टि मनाउन लागीयो खाल्टे । म चाही अहिलेसम्म पनि खाल्टे गा वि स गएको थिएन । अरुण खोलाको किनार किनारै अप्ठ्यारो वाटो भएपनि गफगाफ गदै उकालो लागीयो वाइकमा । वाटामा एैँसेलु पाकेर लटरम्मै रहेछ । रोडको तलमाथी नै एैँसेलुको झ्याङ । हामीलाइ नै स्वागत गर्न वसेको जस्तो । धीत मरुन्जेल खादै अगाडी वढियो । आजको शनिवारको यात्रा रमाइलो नै भयो समग्र्रमा ।

राष्ट्रिय झण्डाको प्रयोगवारे मैले वुझन नसकेको कुरा
–मनिष दुवाडी, धादिङ–
मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ । ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो । विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ ।
नेपाली विकिपिडियाको अनुसार विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन । झन्डाको स्वरूप त अहिलेको जस्तै थियो । तर मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउथे । सरकारी कार्यालयमै पनि फरक–फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे । कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउथे त कसैले तल्लो भागको । लम्बाइ, चौडाइ र उचाइमा एकरूपता थिएन । कसैले चन्द्रमा एक ढाँचाको बनाउथे भने
अर्कोले सूर्य अर्कै ढाँचाको । कतिसम्म भने चन्द्रमा र सूर्यको ठाउमा नाक, आँखा र मुख राखेर झुन्ड्याएका झन्डा पनि देखिन्थे । यत्तिकैमा २०१९ सालमा संविधान मस्यौदा समिति बन्यो । त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि राष्ट्रिय झण्डाको प्रयोगवारे यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जुन सुत्रअनुसार अहिलेको वर्तमान राष्ट्रिय झण्डा कायम रहेको छ ।
राष्ट्रिय स्वाधिनताको प्रतिक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि पाउदैन । पछिल्लो समय, अझ भनौ लोकतन्त्र आएपछि भने राष्ट्रिय झण्डाको दुरुपयोग वढ्न थाल्यो । जुनसुकै पार्टी पनि राष्ट्रिय झण्डाकै प्रयोग गरेर राजनिति गर्न थाले । नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले "राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९" वनायो । जुन २०६९ जेठ २२ गतेदेखि लागु गरियो तर कागजमा मात्र । त्यो कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्यहरु गर्न निषेध लगाइएको रहेछ । निषेध गरिएका कार्यहरु ससर्ती हेरे (घ) नं मा यस्तो लेखिएको रहेछ ।
(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्येश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन ..................
(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्येश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन ..................
दश गजलहरु !!!
गजल नं १० : भ्यालेन्टाइन डे को सपना
भ्यालेन्टाइनसंग डेटिङ जाने, सपना मनमा पाले
फोन गरेर वोलाउनलाइ, सय रुपैया हाले
टाढै जाने सल्लाह भो, वाइक लानै पर्यो
पेट्रोल हाल्न भनेर, पानसय खेर पाले
कुन वज्याले धराप थापेछ, फुस्स हावा गयो
पचास रुपैया तिरेर, पन्चर पनि टाले
वल्ल वल्ल वाइक वन्यो, उनले जाउ भनिन
उनलाइ पछाडी राखेर, वाइक कुदाउन थाले
अघि वढ्दै थियौ हामी, फेरी अवरोध भयो
उनको अगाडी हिरो वन्न, २/४ जना ढाले

फोन गरेर वोलाउनलाइ, सय रुपैया हाले
टाढै जाने सल्लाह भो, वाइक लानै पर्यो
पेट्रोल हाल्न भनेर, पानसय खेर पाले
कुन वज्याले धराप थापेछ, फुस्स हावा गयो
पचास रुपैया तिरेर, पन्चर पनि टाले
वल्ल वल्ल वाइक वन्यो, उनले जाउ भनिन
उनलाइ पछाडी राखेर, वाइक कुदाउन थाले
अघि वढ्दै थियौ हामी, फेरी अवरोध भयो
उनको अगाडी हिरो वन्न, २/४ जना ढाले
नव वर्षको शुभकामना !!!
हिजो जस्तो आज त्यस्तै, छैन कुनै हर्ष !
एक वर्ष वुढो वनाउन, आयो नया वर्ष !!
जोस जाँगर केही छैन, देशको हालत देख्दा !
भविष्य नै डामाडोल भो, अन्धकारले छेक्दा !!
सत्तरी साल त्यस्तो नहोस, सुसमाचार आओस !
हर्ष र उमङगले सवैमा बहार छाओस !!
भेदभाव हटोस अव, एउटै रहोस भावना !
सत्तरी साल शुभ रहोस, सवलाइ शुभकामना !!
____________________२०७०/०१/०१

मरेपछि के होला तपाइँको इमेल अकाउण्ट ?
तपाइँले कहिल्यै सोँच्नुभएको छ मृत्युपछि के होला भनेर ? आफु मरेपछि आफ्नो
याद कसले गर्ला र ? भन्ने चिन्ता पनि लाग्छ होला । तर अब चिन्ता नगरे
हुन्छ किनकी अरु कसैले तपाइँ हाम्रो मृत्युपछिको विषयमा चिन्ता नगरेपनि
गुगलले गर्नेछ । गुगलले यस्तो चमत्कारी सेवा सुर गरेको छ जसले गुगल
प्रयोगकर्ताका सबैखाले सामाग्री प्रयोगकर्ताको निधनपछि पनि जतन गरेर
राखिदिनेछ । गुगलको डिजिटल आफ्टर लाइफ
नामको यो सेवाले तपाइँका इमेल, पर्सनल च्याट जस्ता सबै चिजलाई सुरक्षित
राख्नेछ जसलाई पछि तपाइँको डिजिटल इच्छाको आधारमा प्रयोग गरिनेछ ।
गुगलले यसका लागि आफ्ना प्रयोगकर्ताहरुसँग यो जानकारी माग्न सुरु गरेको छ की उनीहरु आफ्ना डिजिटल फोटो, डकुमेन्ट तथा अन्य इन्टरनेट सामाग्रीहरुलाई आफ्नो मृत्युपछि कस्तो प्रकारले राख्न चाहन्छन् ? गुगलको यो सेवामा निस्कृय गुगल एकाउण्ट व्यवस्थापकले गुगलबाट जिमेल, यु टοुब तथा गुगल प्लस लगायतका एकाउण्टमा रहेका प्रयोगकर्ताका डाटा माग्न सक्छ । अकाउण्ट डिलिट गरिसकिएका वा धेरै समयदेखि निस्कृय रहेका प्रयोगकर्ताका सामाग्रीहरु मात्र यसमा पर्नेछन् ।

समर लभ पढेपछि.......

सवै पढिसकेपछि केही लेख्न मन लाग्यो । कथामा जसरी अतीतको इन्ट्री राखिएको छ त्यो भन्दा विपरीत रुपमा राखिएको सायाको इन्ट्रिले सुरुमा नै निकै रोमान्चित तुल्यायो मलाइ । कथामा सायाको सस्पेन्स इन्ट्रि साहै राम्रो लाग्यो । कथा काल्पनिक हो कि ययार्थ हो त्यो अहिलेसम्म मैले वुझन सकीरहेको छैन तर सवै कथा पढिसकेपछि भने मलाइ के लाग्यो भने, यो पुस्तक न अरु पुस्तकको सौता वन्न आयो र न अव कसैको सौता नै वन्नेछ ( भन्न खोजेको रोमान्चक प्रेम र दुःख दायी विछोडका कुरा समेटिएको पुस्तक यो नै हो र अव अर्को पनि आउने छैन ) ।
सभर लभ पढेर आधाआधी पुग्दा सायाले अतीतलाइ गरेको माया देखेर इष्र्या पनि भयो अनि मनमनै सोचेँ पनि, मेरी हुनेवाली प्रेमिकाको नाम जे भएपनि उसलाइ साया नामले सम्वोधन गरु किनकी साया शव्दमा नै मायोको भण्डार छ तर समर लभ पढिसकेपछि साया शव्दलाइ म मात्रै हैन मेरो सात पुस्ताले पनि
राहत दरवन्दीमा नाम निकाल्दा वि. नि. लाइ भत्ता !!!

प्रसङ्ग हो धादिङ जिल्लाको मुरली भन्ज्याङ गाउ विकास समिति वडा नं ३ मा रहेको गायत्रिदेवी प्रा वि मा खाली रहेको राहत शिक्षकको लागी शिक्षक नियुक्ती प्रक्रिया । राहत दरवन्दीमा कार्यरत शिक्षकले जागीर छाडेपछि त्यो ठाउमा नया शिक्षक नियुक्ती गर्नुपर्ने जिम्मा थियो विद्यालय व्यवस्थापन समितिलाइ । विद्यालयले सुचना मार्फत आवेदन माग्यो । मैले पनि शिक्षाशास्त्र संकाय लिइ अध्ययन गरेको र आवेदनमा माग गरिएको योग्यता, आवश्यक कागजपत्र म संग पनि रहेकाले मैले पनि आवेदन दिए । आवेदन पर्यो २ जनाको । अर्का आवेदक थिए मैरे सहपाठी जो सोही विद्यालयमा निजि श्रोतवाट विगत ५ वर्षदेखि शिक्षण गरिरहेको थियो । कार्यरत रहेकै................................
मेरो भ्यालेन्टाइन डे

फोन गरेर वोलाउनलाइ, सय रुपैया हाले
टाढै जाने सल्लाह भो, वाइक लानै पर्यो
पेट्रोल हाल्न भनेर, पानसय खेर पाले
कुन वज्याले धराप थापेछ, फुस्स हावा गयो
पचास रुपैया तिरेर, पन्चर पनि टाले
वल्ल वल्ल वाइक वन्यो, उनले जाउ भनिन
उनलाइ पछाडी राखेर, वाइक कुदाउन थाले
अघि वढ्दै थियौ हामी, फेरी अवरोध भयो
उनको अगाडी हिरो वन्न, २/४ जना ढाले
कुकुर घुकघुक करायो, झल्यास्स पो भएछु
रातको १ वजेछ, फेरी निदाउन थाले
२०६९/११/०३
महिला अधिकारकर्मीहरु नै विवाह गराउने लमी वनेपछि…….
● मनिष दुवाडी / धादिङ
हिजोआज
नेपालका हरेक जसो पत्रपत्रिकाहरु बिद्दुतिय सञ्चार माध्यम अनि
टेलिभिजनहरुमा महिला हिंसा संवन्धि समाचारहरु आइरहेका हुन्छन । यो भन्दा
अगाडी यस्ता समाचार त्यति धेरै आउँथेनन् । सायद सार्वजनिक हुन सक्दैन थियो
होला । मिडियाले पनि मंहिला हिंसाको विरुद्धमा राम्रै साथ दिएको छ । महिला
हिंसाका घटनामा संलग्न भएकाहरुलाइ कारवाही गराउनको लागी केहि महिला
अधिकारकर्मीहरु दिन रात घामपानी र भोक तिर्खा नभनी खटिरहेका पनि छन । तर
महिलाअधिकार कर्मीको खोलमा अधिकारकर्मीहरु विवाह गराउने लमी वन्न थालेपछि
भने मलाइ पनि केही लेख्न मन लाग्यो ।
कुरा हो धनकुटाको । रोजगारीको शिलशिलामा कतार पुगेका धनकुटा मौनावुधुक गाविस–८ का हेमकर्ण कोइराला फेसवुक र महिलाअधिकारकर्मी भनाउँदाहरुको शिकारमा एकैचोटी परेछन । विदेशमा रहँदा उनको काठमाण्डौकी सविता अधिकारी नाम गरेकी केटीसंग फेसवुकमा गफगाफ भएको रहेछ । उनीहरुको गफगाफ कहाँसम्मको भयो र गफगाफमा कतिसम्मको कुराकानी भयो उनीहरु नै जान्दछन । तर फेसवुकमा गफगाफ भएकै नामले एक महिना अघिदेखि फेसवुकका साथीको घरमा उसको श्रीमती वनेर वस्न जानु हर्कत त्यो केटीको हद भन्दा माथी लाग्यो मलाइ ।
हो, महिलाहरु हरेक कुरामा पछी परेका छन । उनीहरुपनि पुरुष वरावर हुन । महिला र पुरुष एक रथका दुइ पाङग्रा हुन । पछि परेका महिलाहरुको अवश्था उकास्न र महिला हक अधिकार प्राप्तीका लागी भएको आन्दोलनमा मेरोपनि समर्थन छ । म अधिकारको क्षेत्रमा दिनरात खटिएका महिलाहरुलाइ सम्मान गर्दछु । तर यस्ता वकम्फुसे कुराहरु गरेर अर्काको जीवनमाथी नै खेलवाड गर्ने केही महिला अधिकार कर्मीहरु देख्दा सायद उनीहरुलाइ अहिले दिइएको अधिकार वढि भएको त होइन ?
हाम्रो हजुरवुवाको पालामा हाम्रो हजुरआमाहरले धेरे हिंसा सहे । ती हजुरआमाहरुले सहेका हिंसा यहाँ उल्लेख गरेर साध्य छैन । अहिलेका महिलाहरु धेरै सचेत र शिक्षित भएका छन । महिलाहरुको पहिलेको त्यस्तो दर्दनाक अवश्थालाइ लडेर र भिडेर यहाँसम्म ल्याउन सफल भएका छन । त्या खुसीको कुरा पनि हो । तर चार .......................................

दुर्घटना कसको कारण : चालक कि यात्रु ?
दिनहुजसो नेपालको राजमार्गमा र सडकहरुमा दुर्घटनाको भएको समाचार सुनिन्छ । भौगोलिक वनावटले पनि नेपालका राजमार्गहरु वढि जोखिमयुक्त छन । नेपालका राजमार्ग र ग्रामिण सडकहरुमा दिनहुजसो हुने दुर्घटनाले मानिसहरुको ज्यान गइरहेकै छ तर दुर्घटनाको दोष कसलाइ त ? यसको सहज र सजिलै उत्तर आउछ चालक अथवा सहचालक । के सवै दुर्घटना
![]() |
Photo : Shiva Silwal |
चालक गल्ती ले हुन्छन त ? कुन चाही चालकलाइगाडी पल्टाएर मान्छे मारौ जस्तोलाग्दो होला र । चालक पनि मान्छे हो । उसमा पनि सँवेदना आवेग, रिस, माया हुन्छ । मैले यहा चालकको प्रशंशा गर्न खोजेको होइन । तर हरेक जसो दुर्घटनामा चालकलाइ दोष दिएर दुर्घटनालाइ त्यत्तिकै छोडेको पाइन्छ । के कारणले घट्यो किन घट्यो तेतातिर कसैको ध्यान गएको पाइन्न । मापसे गरेर चलाउनु वढी गतिमा कुदाउनु ट्राफिक नियमको उल्लघन गर्नु जस्ता कुराहरु चालकको लापरवाही अन्तरगत पर्दछन । तर गत माघ आठ गते धादिङको ज्यामरुङमा भएको वस दुर्घटना चाही यात्रुको व्यवहार र नमिठो व्यवहारले भएको पाइएको छ ।
गत माघ ८ गते खचाखच यात्र वोकेर काठमाण्डौ का लागी आरुघाटवाट छुटेका ना २ ख ४९८५ नं को यात्रुवाहक वस धादिङको ज्यामरुङ गाविस वडा नं सात भकारे नजिक दुर्घटनाग्रस्त भयो र ५ जनाले अकालमै ज्यान गुमाए । घटना हुनेवित्तिकै समाचार वाहिर आयो गाडी सहचालकले चलाएका थिए । सूरुमा त मलाइ पनि रिस उठेको थियो किन चालकले यस्तो लापवाही गरेर यात्रुको जीवनमा खेलवाड गर्दछन ? तर घटनाको वास्तविकता भने अर्कै रहेको थाहा भयो ।
एकजना यात्रु जसले तोकिएको गाडी भाडा दिन किचकिच गरिरहेका रहेछन । कण्डक्टरले भाडा माग्दा उक्त कम भाडा दिएछन । जवकी त्यो भाडा धादिङ यातायात व्यवसायी संघले निर्धारण गरैकै वरावर थियो र अन्य यात्रुले सोही वरावर भाडा तिरिरहेका थिए । एकजना यात्रुले उक्त भाड दिन नमानेपछि सोही यात्रुसंग सहचालकको झगडा परेको रहेछ । भाडाको विषयमा किचलो पर्दै गाडी हनुमानडाँडावाट पनि......................

नराम्रो सपना...........
सुनसान रात
जुन र ताराको चम्किलो छाँया
अनि कुकुरहरुको भुकाइमा मेरो निन्द्रा
यो रातलाइ सदुपयोग गर्ने धेरै छन
तर म,
म निन्द्रा मै मस्त
चोर आइ धन सम्पती लुट्यो कि
वाउको टाउको फुट्यो कि
मलाइ मतलव छैन
अपराधी, चोर, डाँका र वलात्कारीहरु यही रातमा डाँडा तर्दैछन
देशद्रोही र भ्रष्टाचारीहरु यही रातमा आफ्नो ढुकुटी भदैछन
तर म मस्त निन्द्रामा
मलाइ मतलव छैन
कोही यो रातको पनि मध्यरात कुर्दैछन
म चाही खाटमा घुदैछु
यही यउटा रातले मेरो देशलाइ कङगाल वनाउदैछ
यही एउटा रातले मेरो देशलाइ र मलाइ खाडीको वङगाल वनाउदैछ
यही रातमा नेपालको सत्ता फेरिदैछ
देश डुवाउने योजना यही रातमा केरिदैछ
अकस्मात भालेको कुखरी काँ.................

आरुघाट पुगेर फर्किदा.............
"आर्थिक उन्नयनको आधार मनासलु पर्यटन विकासको पुर्वाधार" भन्ने मुल नाराको साथ यही पुस यहि पौष २७ गतेदेखि माघ २ गतेसम्म प्रथम आरुघाट महोत्सवको आयोजना भयो । निकै तामझाम र महत्वाकाँक्षी लक्ष्यका साथ आयोजना गरिएको उक्त महोत्सवको हावा धादिङमा पनि नचल्ने कुरा नै भएन किनकी गोर्खा जिल्ला नै भएपनि राजधानीसम्म पुग्ने सजिलो र छोटो वाटो भनेको नै धादिङवेशीको रुट हो । धादिङवेशीमा पनि निकै पचारप्रसार गरिएको उक्त महोत्सव हेर्न जाने मलाइ पनि रहर चल्यो र साथी महिन्दो वाइवालाइ आफ्नो योजना सुनाए । उसले मेरो प्रस्तावमा सहमती जनाएपछि महोत्सवको तेस्रो दिन २९ गते हामी आरुघाट जाने योजना वनायौ ।
२९ गते विहान सात वजेतिरवाट हाम्रो आरुघाट यात्रा सुरु भयो । विहानको समय यो जाडो मौसम अनि वाइकको यात्रा चिसो को त के कुरा तर वाटामा गरिरहेका रमाइला गफले भने हामीलाइ अलिअलि तताइरहेको थियो । साथी महिन्दो वाइवाको आगामी योजनाका कुराहरु सुनाउदै गफिदै हामीले यात्रालाइ अगाडी वढाउदै गयौ । वाटामा रमाइलो रमाइला गफहरु गर्दै ज्यामिरेभन्ज्याङ पुग्यौं । मेरो घर पनि त्यतै रहेको र साथीलाइ मेरो घरको लोकेसन वताएर, फर्कदा समय मिलेमा मेरो घरमा पसेर
खाजा खाएर जाने सल्लाह गरेर हामीले वाटो ततायो । कच्ची वाटो खाल्डाखुल्डी र धुलो प्रसस्तै अनि वाइक पनि अलि पुरानो, कहिले कुना कहिले छेउ गर्दै हामी निगालपानी डाँडा पनि पुग्यौ । डाँडामा रहेकाले घाम लागीसकेको थियो । त्यो घामको स्पर्शले हामीलाइ अलिअलि तताए पनि खासै न्यानोको अनुभुती त भएको थिएन तर हामीले टारीवेशमा गएर खाजा खाएर ज्यान तताउने सल्लाह वमोजिम अघी वढ्दै गयौ ।

स्थानियको महोत्सव हुन नसकेको प्रथम आरुघाट महोत्सव
–मनिष दुवाडी/धादिङ–
धादिङ र गोर्खाको सीमानामा रहेको आरुघाट वजार एउटा पुरानो व्यापारिक केन्द्र हो र अहिले पनि यो उस्तै व्यापारिक केन्द्र नै रहेको छ । धादिङ र गोर्खाको उत्तरी क्षेत्रका वासिन्दाहरुको व्यापार व्यवसाय गर्ने थलो र किनमेल गर्ने स्थानको रुपमा परिचित छ आरुघाटवजार । सल्यानटारको माथी डाँडावाट यो पुरानो वजारलाइ नियाल्दा निकै रमणिय र सुन्दर देखिन्छ । यो वजारको माथिल्लो भागमा रहेको आरुटार पनि कम रमाइलो देखिन्न सल्यानटारको डाँडावाट । र्दुइ जिल्लाको सीमानालाइ मात्र नभइ सिङ्गो आरुघाटवजारलाइ नै २ जिल्लामा वाँडेर वुढिगण्डकी नदि विचैवाट वगेकी छिन निलो र कन्चन पानी सहित आरुघाटका नराम्रा कुराहरुलाइ पखाल्दै । पुरानो व्यापारिक केन्द्र,नेवारी वस्ती, रहनसहन र त्यहाको चालचलन, रितीरिवाज र सस्कारले आरुघाटलाइ अझ सुन्दर र रमणीय वनाएको छ । यिनै विषेषताहरुका वीच आर्थिक उन्नयनको आधार, मनास्लु पर्यटनको विकासको पुर्वाधार भन्ने मुल नाराको साथ आरुघाटका ऐतिहासिक, पुरातात्विक महत्व र रहनसहनलाइ देशव्यापी वनाउने उध्येश्यले यही पौष २७ गतेदेखि माघ २ गतेसम्म आरुघाट महोत्सवको आयोजनाका भयो । निकै पुरानो वजार भएको र निकै नै तामझामका साथ प्रचारप्रसार गरिएको आरुघाट महोसव हेर्न जाने मेरो प्रस्तावलाइ साथी महिन्दो वाइवाले पनि साथ दिएपछि हामीले पनि प्रथम आरुघाट महोत्सव हेर्न जाने निर्णय गर्यौ । र हामी पुस २९ गते उक्त महोत्सव हेर्न आरुघाट लाग्यौ । महोत्सवको पहिलो गाँसमा नै आयोजकलाइ ढुङगा लागीसकेको थियो । उद्घाटनको अवसरमा शीर्ष तिन दलका नेतालाइ उपस्थित गराउने भनेर निकै हल्ला खल्ला गरिएको महोत्सवलाइ नेकपा माओवादी र नेकपा एमालेका नेताहरुले लप्पु ख्वाइदिएछन । अनि शेरवहादुर देउवालाइ चिठ्ठा परेको रहेछ प्रमुख अतिथि वन्ने । वहुप्रतिक्षित आरुघाट महोत्सवको वास्तविकता त्यतिखेर थाहा भयो जतिखेर हामी महोत्सव स्थल प्रवेश ग¥यौ । महोत्सवमा नौला र विषेष भनेको केही थिएन मात्र त्यहा थिए विदेशी खेलौना । स्टलहरुको नाममा खानेकुराको स्टल भन्दा अरु केही देखिएन । महोत्सवमा राखिएका ५० भन्दा वढि स्टलमध्ये एउटा अलि नौलो भनेको गोलो आकारको दराइ
आरुघाट महोत्सवमा नै राखिएको पिङवाट देखिएको महोत्सव स्थल |
सत्र वर्षपछि खुलेको आयोग र धादिङको आवश्यक संङ्ख्या
सामुदायिक विद्यायालयमा रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूतिका लागि सरकारले विज्ञापन खुला गरेको छ । १७ वर्षपछि रिक्त शिक्षकको दरबन्दी मध्ये देशैभरिका १२ हजार ८ सय ९० पद पूर्तीका लागि सरकारले विज्ञापन खुलाएको हो । २०६३ वैशाख १० गतेसम्म अस्थायी शिक्षक कार्यरत पदमा भने विज्ञापन नगरिएको शिक्षक सेवा आयोगले जनाएको छ । खुलाइएका विज्ञापन अन्र्तगत माध्यामिक तहमा २ हजार २ सय ४६, निम्न माध्यामिक तहमा २ हजार ७ सय ६७ र प्राथमिक तहमा ७ हजार ८ सय ७७ पदका लागि विज्ञापन गरेको छ । आयोगकाअनुसार हाल मुलुकमा एक लाख ८ हजार शिक्षक दरबन्दी रहेको छ । शिक्षक सेवा आयोग स्थापनापछि पहिलो पटक शिक्षकको पदपूर्तीका लागि आवेदन मागिएको हो । सत्र वर्षपछि खुलेको आयोगले धादिङ जिल्लाका लागी भने १४८ जनाको लागी आवेदन मागेको छ । आयोगले धादिङ जिल्लामा प्राथमिक तहका लागी ९० जना, नि मा वि तहको लागी ३८ जना र माद्यमिक तहको लागी २० जनाको आवेदन मागेको हो ।
प्राथमिक तह अन्तरगत खुलावाट ५०, महिलावाट १२, दलित महिलावाट १ आदीवासी जनजातीवाट ११, मधेशीवाट ९, दलितवाट ४, अपाङगवाट २ र पिछडिएको क्षेत्रवाट १ जनाको आवेदन मागेको छ । त्यसैगरि निमावि तहको नेपाली विषयका लागी खुलावाट ४, महिलावाट १, आदीवासी जनजातीवाट १, मधेशीवाट १ र दलितवाट १ जनाको आवेदन मागेको छ । अङ्ग्रेजी विषयमा खुलावाट ६, महिलावाट २, आदीवासी जनजातीवाट १, मधेशीवाट १ र दलितवाट १ जनाको आवेदन माग गरेको हो । नि मा वि तहकै गणित र विज्ञान छुट्टा छुट्टै विषयमा आवेदन मागिएको छैन भने विज्ञान र गणित दुवै विषयका लागी खुलावाट ९,

Subscribe to:
Posts (Atom)