Pages

Subscribe:

Ads 468x60px

फेरी म्याद थपौला र खाउला भन्ने दाउ : सर्वोच्च अदालतको फैसला माथिको चुनौति र प्रतिगामी चलखेल :- विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमला

मंसिर १३, धादिङवेशी ।
Photo : Facebook
जनताको संघर्षबाट स्थापीत संविधान सभामाथि चुनौति दिनेगरि सर्वोच्च अदालतले फैसला गरेको भन्दै विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले अदालत प्रतिगामी चलखेलमा लागेको आरोप लगाउनुभएको छ । संविधान सभाको म्याद थप र सभाषद् वालकृष्ण ढुंगेलको आममाफीको फैसला प्रति लक्षित टिप्पणी गर्दै मन्त्री धमलाले सर्वोच्च अदालतको निर्णय प्रतिगामी सडयन्त्रको संकेत भएको बताउनुभएको हो । जुगेधारा जुरेथुम खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै मन्त्री धमलाले अहिलेकै सरकारको नेतृत्वमा नयाँ संविधान बन्ने र शान्ति प्रक्रिया टुंगीने पनि दावी गर्नुभएको छ । खानेपानीको निर्माण सम्पन्न धाराको टुटि खोलेर उद्घाटन गर्दै मन्त्री धमलाले जनताको प्रत्यक्ष सेवापुग्ने योजना सम्पन्न गर्न आफू सधैँ लागी पर्ने पनि बताउनुभएको छ। गत ६३ साल भदौ बाट शुरु भएको जुरेथुम जुगेधारा खानेपानी आयोजनाको कूल लागत करिब ४५ लाख रहेको र फण्डबोर्डबाट ३३ लाख तथा स्थानीय समुदाय र जनश्रमदानबाट करिब १४ लाखको लगानी गरिएको सो आयोजनाको उद्घाटन समारोहमा जानकारी दिइएको छ । सोहि कार्यक्रममा ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समति फण्डबोर्डका पूर्व अध्यक्ष भीमप्रसाद ढुंगानाले आफू अध्यक्ष रहेको बेला निकै मेहनत गरेर लागू गरेको योजना कागजी रुपमा पुरा नहुँदै हतारहतारमा मुख्य लगानी कर्तालाई जानकारीनै नदिई उद्घाटन गरिएकोमा

एकिकृत ने क पा माओवादीकी सभाषद देवी खड्कालाइ खुला पत्र

माननिय सभाषद देवी खडका ज्यु,
तपाइले हिजो संसद भवनमा गरेको भाषण प्रति मेरो गम्भिर असहमति छ ।
यदी नेपाल कानुनी राज्य हो भने सवैले न्याय पाउनुपर्दछ चाहे त्यो जनयुद्धमाकालमा मारिएका जो सुर्कै हुन । नेपालको अदालतले न्याय अन्याय छुट्याउन प्रमाणलाइ मह्त्व दिन्छ तर यदी तपाइसंग प्रशस्त प्रमाण छ भने तपाइ सभाषद जस्तो मान्छे भएर पनि किन चुप लागेर वस्नुभयो कि तपाइले पनि शशस्त्र द्वन्दमा कसैलाइ मार्नुभएको थियो वा अत्याचार गर्नुभएको थियो !!!!!!!!!
सम्मानित संसद भवनमा आफ्नो वाउलाइ घुकी लडाको जस्तो कसलाइ घुकी लडाको ?सभाषद जस्तो गरिमामाय पदमा वसेर पनि म जोसुकैलाइ पनि जाहेरी दिन सक्छु भनेर कसलाइ थर्काको ? यदी तपाइसंग प्रशस्त परमाण छन भने जाहेरी दिनुहोस म पनि समर्थन गर्दछु । संसद भवनमा ठुलो स्वर गरेर मात्रै वालकृष्ण ढुङगेलले माफी पाउछन भने त्यस्ता ठेलो स्वर कति आउदछन कति…… मैलै यती भन्दै गर्दा वालकुष्ण वाहेक अरु दोषी छैनन भन्न खोजको हैन दोषीजती चाहे राष्ट्रपति, प्रधानमन्त्री, पुर्वप्रधानमन्त्रीजोसुकै होस उसले सजाय पाउनुपर्दछ । संसद भवनमा ठुलो स्वर गरेर थर्काको भरमा कसैलाइ आममाफी दिनुपर्दछ भन्ने छैन । यदी तपाइले थर्काको नै हो भने आउनुस भिडौ हामी संग पनि छन त्यस्ता मुद्धाहरु……….