Pages

Subscribe:

Ads 468x60px

सफलतामा साट्न नपाएको 'अधुरो खुसी'

शिक्षक पुष्पराज दुवाडी र भाइ को साथमा अनुज कुमार तामाङ (वाँयातर्फ)
री गाउँ (धादिङ) : री गाउँ उच्च माद्यमिक विद्यालयबाट २०७१ सालको एस एल सी परीक्षामा सहभागी भएका थिए अनुज कुमार तामाङ । गत वैशाख १२ गतेको विनाशकारी भुकम्पले अनुजको जिन्दगी नै फेल बनाइदियो तर एस एल सी परीक्षाको नजितामा भने अनुज पास मात्र भएनन विद्यालय नै टप गरे । उनले विद्यालय टप गर्दा खुसी हुनुपर्ने विद्यालय र उनका परिवार यतिखेर अनुजको भौतिक शरिरको अनुपस्थितिमा छट्पट्टिरहेका छन ।
यसै त विनाशकारी भुकम्पले ४ जना विद्यार्थी गुमाउनुको पिडामा सम्हालिन नसकेको विद्यालय परिवार, त्यहीमाथी मुत्यु भएको विद्यार्थीले एस एल सीको नतिजामा विद्यालय नै टप गरेपछि यतिखेर चोकेमा रहेको री गाउँ उच्च माद्यमिक विद्यालय पुरै शोकमा डुवेको छ ।
गत वैशाख १२ गते आएको विनाशकारी भुकम्पका कारण री गाउँ उच्च माद्यमिक बिद्यालयका ४ जना विद्यार्थीले ज्यान गुमाउन पुगे । ती मध्ये एक थिए विद्यालयका मिहनती,
जेहेन्दार र पढाइमा तीक्ष्ण रहेका अनुजकुमार तामाङ । विद्यालयका शिक्षक पुष्पराज दुवाडीले भने, ‘अनुजलाइ हामीले भुकम्पमा गुमायौँ । उनको अनुपस्थितिमा विद्यालय यसैपनि शुन्य भइरहेको थियो तर परीक्षामा उसैको नतिजा राम्रो आएपछि हामीलाइ पनि सम्हालिन गाह्रो भएको छ ।’
गत जेठ १७ गतेबाट आँशिक रुपमा विद्यालय संचालनमा आएपनि राम्रोसंग पढाइ हुन नसकिरहेको अवस्थामा झन शोक थपिएपछि कक्षा समेत संचालन गर्न नसकिएको विद्यालयले जनाएको छ ।
१ कक्षा देखि अनुजलाइ पढाएका शिक्षक रामचन्द्र सिटौलाले अनुजलाइ सम्झिदै भने, ‘साह्रै नै मिहनती विद्यार्थी थियो अनुज, एकदमै अनुशासित पनि थियो, कक्षा ५ देखी नै सधै प्रथम हुदै गएको थियो । री गाउँ विकास समितिकै राम्रो विद्यार्थीलाइ गुमाउनु पर्दा हामीलाइ पनि एकदमै दुःख लागेको छ ।’
सधै आफुले ढुङगा फुटाएर छोरालाइ ठुलो बनाउने उद्येश्यका साथ हुर्काएको छोरालाइ गुमाउनु पर्दा अनुजका बाबु जसबहादुर तामाङपनि भावविह्वल छन । बुवा, आमा र बहिनीसंगै बस्ने अनुज भुकम्पमा परेर आफ्नै घरमा वितेपछि उनीहरु सम्हालिन सकेका छैनन । बल्ल बल्ल खाटो बस्न लागेको घाउमा छोरो फेरी विद्यालय प्रथम भएर पास भएर बल्झाइदिएपछि आमा दइचिङ तामाङ छिनछिनमा मुर्छा पर्ने गरेको शिक्षक सिटौलाले जानकारी दिए ।
अनुजका बहिनी मन्जु तामाङ पनि सोही विद्यालयमा कक्षा आठमा पढ्छिन । कक्षा आठकी प्रथम विद्यार्थी उनको पढाइ पनि राम्रो छ तर हिजोआज दाइलाइ सम्झिएर मन्जु पनि विद्यालय जान सकेकी छैनन ।
‘सवै विद्यार्थीहरु विद्यालय आएपछि साथीहरुलाइ सम्झेर रुन थाल्छन हामीले पढाउने भनेर मात्र के गर्ने हो र ? शिक्षक पुष्पराज दुवाडीले भने, ‘विद्यालयले अनुज र अरु ज्यान गमाएका कक्षा ६ का राजकुमार तामाङ, कक्षा ७ का विकाश तामाङ र कक्षा ३ की अनिशा तामाङको सम्झनामा शोक सभा समेत गर्न सकेको छैन ।’


0 Comments:

Post a Comment