Pages

Subscribe:

Ads 468x60px

गेट कलेज पहिलो पटक पुग्दा

अमेरिकामा रहनुभएकी कल्पना दिदीको इमेल आयो त्यहाँ लेखिएको थियो यहाँवाट डाक्टर मिना सिं खड्का नेपाल आउदै हुनुहुन्छ एकपटक भेट । अनि उहाँले त्यहाँ प्रष्टै संग लेख्नुभएको थियो, उहाँको सम्पर्क हुने कुनै नम्वर अहिले छैन, इमेलमा कुराकानी गरेर भेट है ।
काठमाण्डौ जस्तो गन्जागोल ठाउँमा अहिलेसम्म नदेखेको ब्यक्ति, फेरी फोन सम्पर्क हुने कुनै माध्यम समेत छैन । अव कसरी भेट्ने होला भनेर एकछिन त अलमल मा नै परे । अनि कल्पना दिदीले नै दिएको इमेल ठेगानामा सुरुमै ‘दिदी’ सम्वोधन गरेर भेट्ने मनसाय सहितको इमेल लेखे । इमेल पठाइसकेपछि लाग्यो अहिलेसम्म नदेखेको ब्यक्ति, को होला कस्तो होला । कुन उमेरको होला, दिदी सम्वोधन गरेर लेखे पछि भेटेपछि गाली पो गर्ने हुन कि भन्ने लाग्यो । फेरी पछि सोचे आफ्नै दिदिले दिदी सम्वोधन गरेपछि मैले दिदी भन्दा के अप्ठ्यारो पर्ला र ?
भोलीपल्ट इमेल आयो । मिना दिदी कै रहेछ । उहाँले काठमाण्डोको ठेगाना दिएर भेट्न आउनु भन्ने सन्देश पठाउनुभएको रहेछ । एक सातापछि भेट्न गते, समय स्थान नै इमलेमार्फत कन्र्फम गरेर काठमाण्डौ हानिए । मण्डिखाटारमा रहेको गेट कलेजमा थियो भेट्ने स्थान । अहिलेसम्म नसुनेको नाम थियो मेरा लागि गेट कलेज तर कलेज हो सोध्दै गएपनि भेटिएला नी त भन्ने लाग्यो ।
सुरुमा त गेट कलेज खोज्नैको तनाव । धुम्वारी चोकबाट सोध्दै सोध्दै कलेजको गेटमा पुगे र त्यहाँको सेक्युरेटी..............................
गार्डलाइ आफु यहाँ आउनुको उध्येश्य बताएर लग बुकमा नाम लेखाएर रिसेप्सन तिर गए । मनमा अनेक कुरा खेल्न थाले, कलेजमा भेट्ने भनेपछि विद्यार्थीहरु पढ्दै गरेको होलान । मिना दिदी पनि पढाउन  लाग्नुभएको छ कि, कतिवेर कुर्नुपर्ने हो जस्ता कुरा खेलाउदै रिसेप्सनमा गए । रिसेप्सनमा नपुग्दै नाकले थरि थरि बास्नाहरु आइरहेका पत्ता लगायो । म कलेज भित्रै छिर्दे थिए तर यति मिठा मिठा खानेकुराहरुको बास्ना आएपछि म होटलमा छिर्दे छु कि भनेर भुक्किए पनि । रिसेप्सनमा पुगेर सवै कुरा बताएपछि हाम्रो कफि सपमा वेटिङ गर्नु भनेर रिसप्सनिष्टले त्यतातिर पठाए । फेरी झड्का लाग्यो मलाइ कलेजमा कफी सप ? धादिङवेशीको नीलकण्ठ क्याम्पस बाहेक अहिलेसम्म अरु कलेज नगएको मलाइ गेट कलेजमा के पढाइ हुन्छ र कस्तो कलेज हो भनेर पुर्वज्ञान नभएकाले त्यहाँको बाताबरण अनौठो लाग्दै थियो । धेरैबेर कुर्नुपरेन मिना दिदीलाइ भेट्न एकैछिनमा आइपुग्नुभयो । यो भन्दा पहिले एकपटक पनि भेट नभएको मान्छेसंग पहिलै पनि भेट भएको जस्तै गरि गफ भयो । करिव १ घण्टा गफ गरेपछि खाजा खाने सल्लाह गरेर खाजा खान गयौँ ।
खाजा खाने ठाउतर्फ जादै गर्दा अघि कलेज प्रवेश गर्ने वित्तिकै आएका अनेक परिकारको बास्ना आउनुको रहस्य जान्दै थिए । बल्ल पो थाहा भयो गेट कलेजको बारेमा ।
गेट कलेज एउटा यस्तो कलेज रहेछ जुन स्वीजरल्याण्डको होटल एसोसियनबाट सम्वन्धन लिएर होटल म्यानेजमेन्ट र टुरिजम विषय पढाउने एकमात्र कलेज रहेछ । यहाँ पढेका विद्यार्थीहरु इन्टर्नसिप गर्नको लागि विश्वकै प्रतिष्ठत होटलहरुमा जाने रहेछन । एकछिन कलेज प्राङगणको अवलोकन गरे । विद्यार्थीहरु कोही पकाउन ब्यस्त थिए । कोही बनाउन ब्यस्त थिए । सवै विद्यार्थीहरु पालैपालो ग्राहक बनेर खाने पनि, कुक बनेर पकाउने पनि । अचम्मै लाग्यो ।
त्यसपछि कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाइ, मिना दिदी र त्रिसला मिस संगै खाजा खान बसियो । त्यहाँ पढ्न आएका विद्यार्थीहरुले नै बनाएका खाजा खाइयो । खाजा खाएर उठ्ने बेलामा मिना दिदीले भन्नुभयो, ‘अघि खाजा खाने बेलामा तिमिलाइ सर्भिस गरिरहेका विद्यार्थीहरुको अहिले उ त्यो सरले मुल्याङकन गरिरहनुभएको उनीहरुको प्राक्टिकल परीक्षा चलिरहेको छ ।’ हामीले खाजा त विद्यार्थीहरको प्राक्टिकल परीक्षामा पो भित्रै पो खाएका रहेछौ ।
ब्यबहारिक र प्रयोगात्मक शिक्षण सिकाइ हुने गेट कलेज (ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन) फेरी आउने बाचा गर्दे खेम सर त्रिसला मिस र मिना दिदीसंग विदा भएर फर्किए ।

0 Comments:

Post a Comment