Pages

Subscribe:

Ads 468x60px

एउटा फरक जन्मदिन

किरान्चोक २ सल्लेडाँडावाट देखिएको हिमशृङखला ।
असोज २ गते मेरो जन्मदिन । बिहान आमाको हातवाट टिका लगाएर कोठामा आएपछि खाना खादै थिए । कान्तिपुर दैनिकका उपसम्पादक हरिहरसिंह राठौरको फोन आयो, फोनमा आवाज यस्तो थियो – ‘भाइ गजुरीमा प्रहरीले गाँजा नष्ट गर्दै छ रे, जाउँ त्यता ।’ मैले सोचे राजमार्गको कतै बरामद गरेर ल्याएको गाँजा गजुरी प्रहरीले नष्ट गर्न लागेको होला ।

भर्खर खाना खान थालेको थिए, हतार हतार खाइसकेर अघिल्लो दिन टेवलमा राखेको झोला टिपेर निक्लिहाले । बाहिर निक्लनुअघि मलाइ थाहा पनि थियो झोलाभित्रको क्यामेरामा अघिल्लो दिन राख्दा वाँकी रहेको ३० प्रतिशत मात्र चार्ज छ । गजुरी पुगेर आउने न हो किन अर्को व्याट्री लैजाने भनेर चार्जमा राखिरहेको व्याट्री पनि नवोकी निक्ले ।
गजुरी पुगेपछि थाहा भयो, गाँजा फडानी गर्नको लागि २ दिन हिडेर पुगिने किरान्चोकको विकट गाउँमा जानुपर्ने रहेछ । डिएसपी सापले मेरो ड्रेसअप देखेर गाँउमा हिड्न गाह्रो होला, भएदेखि अर्को फिल्ड हिड्न सजिलो हुने कपडा लगाउनुहोला भनेपछि म अचम्मित भए । मलाइ फसाद पर्यो, गाउँ जाने कि नजाने, एक त मेरो ड्रेसअप २÷३ दिनसम्म गाउँमा हिड्न मिल्ने खालको थिएन त्यहीमाथी मैले त्यो दिन साथीहरुलाइ जन्मदिनको खुसी वाँड्न निम्ता गरेको पनि थिए । फोनवाट शुभकामना दिने साथीहरुलाइ साँझपख कोठामा वोलाएको थिए । केही घण्टाको लागि भनेर इलाका प्रहरी कार्यलय गजुरी पुगेको म त्यहा पुगेपछि केही दिनको लागि यात्रा थाल्नुपर्ने भयो ।
मेरो जाने तयारी नै नभएको गुनासो हरिहर दाइलाइ सुनाएपछि आज जहा पुगिन्छ त्यहीवाट आजै फर्कउला भन्नुभयो । थोरै मात्र भएपनि सोही दिन फर्कने आशा राख्दै पिडा गाविस हुदै किरान्चोक लागियो । जव ७० जना प्रहरीको टोली सहित गाडीमा कच्ची सडकको यात्रा थालियो तेतीखेर आज फर्किइदैन भनेर ढुक्क भइसकेको थिए तर मनमा भने निकै उकुसमुकस लागिरह्यो । चार घण्टाको गाडी यात्रा पछि किरान्चोक २ को.....................

"साया" 'समर लभ'को हत्यारा !

‘समर लभ’ उपन्यास लेखेर युवाहरुमाझ निकै चर्चित भएका युवा लेखक सुविन भट्टराइले ‘समर लभ’को सिक्वेल लेख्दैछन भनेर एक वर्ष अगाडीदेखि नै सामाजिक सञ्जालहरुमा हल्ला हुदै आएको थियो । ‘समर लभ’ पढेपछि यसको सिक्वेल नआओस भन्ने चाहेको थिए मैले किनभने मलाइ ‘समर लभ’को दुःखद अन्त्य मन परेको थियो । ‘समर लभ’ पढेर केही त्यस्ता प्रश्नहरु मनमा आएको थियो जसको उत्तर नपाएरै मेरो मन आनन्दित भइरहेको थियो ।
तर ‘समर लभ’को सिक्वेल ‘साया’ को विमोचन हुदैछ भन्ने सुनेर अचम्मित भए किनकी मैले यसभन्दा अगाडी ‘साया’ वारे केही जानकारी पाएको थिइन । विमोचन समारोहमा उपस्थित हुन सायोको निम्तो सहित एउटा राष्ट्रिय दैनिकमा कितावको कभर पेजको डिजाइन पनि छापिएपछि मलाइ पनि पढ्न मन लाग्यो ।
किताव विमोचन हुनु एक दिन अघि नै धादिङ स्टेशनरीमा किताव पनि आइपुग्यो तर आफ्नो अगाडी किताव हुदा पनि किन्न पाइन । किताव विमोचन हुनु अगाडी व्यवसायिक रुपमा कितावको विक्री वितरण गर्न नपाउने व्यवसायिक धर्मका कारण कितावको बाहिरी आवरण हेरेर त्यो दिन फर्के । किताव विमोचनको भोलीपल्ट एक राष्ट्रिय दैनिकमा विमोचन समारोहमा उपस्थितिको सङ्ख्या हेर्दा पनि म अचम्मित भए त्यसो त विमोचन समारोहको भिडियो फुटेज सामाजिक सञ्जालहरुमा पनि आइसकेको थियो ।
मैले पनि किताव पढे । किताव पढ्न सुरु गरेपछि उपन्यासका पात्रहरुवीचको अनेक सम्वाद, व्यङग्य, भावुकता र मायाप्रेमको शव्दले गर्दा छुटटै मजा आयो तर मैले ‘समर लभ’ पढेर जे चाहेको थिइन त्यसको सवै उत्तर ‘साया’मा भेटेपछि मन खिन्न भयो । एक हिसावले भन्ने हो भने मेरो लागि ‘साया’ समर लभको हत्यारा बनेर आयो ।
‘समर लभ’को अत्याधिक चर्चा भएपछि सुविन भट्टराइले फेसवुक पेजमा ‘समर लभ’को सिक्वेल लेखु कि नलेखु भनेर स्टाटस राखेका थिए । त्यहा मेरो कमेन्ट थियो – “नलेख्नु, किनकी सिक्वेल आयो भने ‘समर लभ’ मर्छ ।” ठीक त्यस्तै लाग्यो मलाइ मलाइ ‘साया’ पढेपछि ।
‘समर लभ’ र ‘साया’ दुवैलाइ एकै साथ जोडेर तुलना गर्ने हो भने हिजोआज बन्ने गरेको नेपाली फिल्मसंग ठ्याक्कै मेल खान्छ । नेपाली फिल्मको कथा जुन कोणवाट लेखेपनि पनि सुरुमा हिरो हिरोइन देखा पर्दछ, उनीहरु एउटै कलेजमा पढ्छन, लभ पर्छ तर उनीहरुवीचको प्रेम परिवारलाइ स्वीकार्य हुदैन । अनि उनीहरु

पाँच गजलहरु

गजल नं १६ : कस्तो कस्तो जिन्दगी
रवर टास्न प्रयोग भाको ग्लू जस्तो जिन्दगी
सुगुँर खोरमा फैलीइको फ्लु जस्तो जिन्दगी

मर्नु भन्दा जिन्दगीका विकल्पहरु धेरै नै छन
सामान्यज्ञानमा दिइएको, क्लु जस्तो जिन्दगी

धेरै ठाउ भौतारिए जिन्दगीका रंग खोज्न
फिका रहेछ रङग, आकाशे व्लु जस्तो जिन्दगी

सारा संसार शुन्य लाग्छ मरुभुमी जस्तो
कपाल झर्या हजुरवाको तक्लु जस्तो जिन्दगी
२०७०/०४/२३


गजल नं १७ : सपनामा तिमी
यो मनमा खै के को, तलतल भैरा'छ
तिमिलाइ नै सम्झीएर, हलचल भैरा'छ

सपनीमा तिमिसंगै लडिवुढि खेलेको देख्दा
विपनीमा त्यही सम्झी, खलखल भैराछ