Pages

Subscribe:

Ads 468x60px

"साया" 'समर लभ'को हत्यारा !

‘समर लभ’ उपन्यास लेखेर युवाहरुमाझ निकै चर्चित भएका युवा लेखक सुविन भट्टराइले ‘समर लभ’को सिक्वेल लेख्दैछन भनेर एक वर्ष अगाडीदेखि नै सामाजिक सञ्जालहरुमा हल्ला हुदै आएको थियो । ‘समर लभ’ पढेपछि यसको सिक्वेल नआओस भन्ने चाहेको थिए मैले किनभने मलाइ ‘समर लभ’को दुःखद अन्त्य मन परेको थियो । ‘समर लभ’ पढेर केही त्यस्ता प्रश्नहरु मनमा आएको थियो जसको उत्तर नपाएरै मेरो मन आनन्दित भइरहेको थियो ।
तर ‘समर लभ’को सिक्वेल ‘साया’ को विमोचन हुदैछ भन्ने सुनेर अचम्मित भए किनकी मैले यसभन्दा अगाडी ‘साया’ वारे केही जानकारी पाएको थिइन । विमोचन समारोहमा उपस्थित हुन सायोको निम्तो सहित एउटा राष्ट्रिय दैनिकमा कितावको कभर पेजको डिजाइन पनि छापिएपछि मलाइ पनि पढ्न मन लाग्यो ।
किताव विमोचन हुनु एक दिन अघि नै धादिङ स्टेशनरीमा किताव पनि आइपुग्यो तर आफ्नो अगाडी किताव हुदा पनि किन्न पाइन । किताव विमोचन हुनु अगाडी व्यवसायिक रुपमा कितावको विक्री वितरण गर्न नपाउने व्यवसायिक धर्मका कारण कितावको बाहिरी आवरण हेरेर त्यो दिन फर्के । किताव विमोचनको भोलीपल्ट एक राष्ट्रिय दैनिकमा विमोचन समारोहमा उपस्थितिको सङ्ख्या हेर्दा पनि म अचम्मित भए त्यसो त विमोचन समारोहको भिडियो फुटेज सामाजिक सञ्जालहरुमा पनि आइसकेको थियो ।
मैले पनि किताव पढे । किताव पढ्न सुरु गरेपछि उपन्यासका पात्रहरुवीचको अनेक सम्वाद, व्यङग्य, भावुकता र मायाप्रेमको शव्दले गर्दा छुटटै मजा आयो तर मैले ‘समर लभ’ पढेर जे चाहेको थिइन त्यसको सवै उत्तर ‘साया’मा भेटेपछि मन खिन्न भयो । एक हिसावले भन्ने हो भने मेरो लागि ‘साया’ समर लभको हत्यारा बनेर आयो ।
‘समर लभ’को अत्याधिक चर्चा भएपछि सुविन भट्टराइले फेसवुक पेजमा ‘समर लभ’को सिक्वेल लेखु कि नलेखु भनेर स्टाटस राखेका थिए । त्यहा मेरो कमेन्ट थियो – “नलेख्नु, किनकी सिक्वेल आयो भने ‘समर लभ’ मर्छ ।” ठीक त्यस्तै लाग्यो मलाइ मलाइ ‘साया’ पढेपछि ।
‘समर लभ’ र ‘साया’ दुवैलाइ एकै साथ जोडेर तुलना गर्ने हो भने हिजोआज बन्ने गरेको नेपाली फिल्मसंग ठ्याक्कै मेल खान्छ । नेपाली फिल्मको कथा जुन कोणवाट लेखेपनि पनि सुरुमा हिरो हिरोइन देखा पर्दछ, उनीहरु एउटै कलेजमा पढ्छन, लभ पर्छ तर उनीहरुवीचको प्रेम परिवारलाइ स्वीकार्य हुदैन । अनि उनीहरु
भागेर विहे गर्छन यसवीचमा हिरो हिराइनलाइ खलनायकले पनि दुःख दिन्छ । अन्त्यमा हिरोले खलनायक पनि पाखा लगाउछ । वाउआमाको मन पनि फर्किएर उनीहरुको प्रेम स्वीकार गर्दछन । सवै मिल्छन अनि फिल्म सकिन्छ । ठ्याक्यै यस्तो कथा बन्यो ‘समर लभ’ र ‘साया’ जोड्दा । फरक यत्ति छ की फिल्ममा हिरोइन भागेर विहे गरेपछि साहै दुख पाएको देखाउछ कितावले चाही अतीत र साया नर्वेमा पढ्न वहानामा मोजमस्ती गरेको देखाएको छ । अनि लेखकले कितावमा सुरुमा सुस्मिता र सुजनलाइ भिलेनको रुपमा ल्याएपनि सुखद अत्यको लागि उनीहरुको अस्तित्व नै समाप्त पारेका छन ।
एक हिसावले भन्ने हो भने साया किताव कुनै प्रेम जोडी पार्कमा वसेर माया प्रेमको कुरा गरेरै जिन्दगी काटिरहेको बेला उनीहरुको वार्तालापलाइ अर्को व्यक्ति (सुविन भट्टराइ) ले केही आफ्ना तर्क र भावनाहर समावेश गरेर कलात्मक शव्दहरुरु भरी युवाहरुको मन आकर्षित हुने तरिकाले निकै मिहनतका साथ किताबको रुप दिएको जस्तो लाग्छ ।
हुन त ‘साया’ उपन्यास प्रेम गर्ने सवैलाइ समर्पित गरिएको छ र कितावको पछाडीको कभरमा पनि प्रेम गर्ने सवैले उपन्यास भित्र आफैलाइ पाउछन भनिएको छ तर सायामा न मैले आफुलाइ पाए न उनलाइ । पाए त केवल, मनोरन्जन ।

समर लभ मलाइ यस्तो लागेको थियो । यहा क्लिक गरी समर लभ वारेको मेरो प्रतिक्रिया हेर्नुहोस ।

0 Comments:

Post a Comment