Pages

Subscribe:

Ads 468x60px

समर लभ पढेपछि.......

एक दिन विहानै पत्रिका पढ्दै थिए । पत्रिकामा भर्खरै प्रकाशित भएको कितावको विज्ञापन छापिएको रहेछ, कितावको नाम थियो 'समर लभ' । नाममै लभ आएपछि यसभित्र मायाप्रेमका कुराहरु समेटिएकाछन भनेर सरसर्ती वझ्न मलाइ गाह्रो भएन । अनि साप्ताहिक पत्रिकाहका केही पानामा यस पुस्तकका अंशले पनि स्थान पायो । सरसर्ती पत्रिका अंशहरु पढेपछि मलाइ पनि पुस्तक पढ्न मन लागीरहेको थियो तर मेसोमेलो मिलिरहेको थिएन । यहीविचमा स्रष्टा अभियान धादिङले धादिङवेशीमा यसका लेखक र प्रकाशकसंगको साक्षात्कार कार्यक्रम राख्यो । म पनि सहभागी भए । कार्यक्रममा समर लभका कितावका वारेमा राम्रा र रमाइलाकुराहरु धेरै आए त्यसपछि भने मलाइ पुस्तक नपढिरहन सकिन ।
सवै पढिसकेपछि केही लेख्न मन लाग्यो । कथामा जसरी अतीतको इन्ट्री राखिएको छ त्यो भन्दा विपरीत रुपमा राखिएको सायाको इन्ट्रिले सुरुमा नै निकै रोमान्चित तुल्यायो मलाइ । कथामा सायाको सस्पेन्स इन्ट्रि साहै राम्रो लाग्यो । कथा काल्पनिक हो कि ययार्थ हो त्यो अहिलेसम्म मैले वुझन सकीरहेको छैन तर सवै कथा पढिसकेपछि भने मलाइ के लाग्यो भने, यो पुस्तक न अरु पुस्तकको सौता वन्न आयो र न अव कसैको सौता नै वन्नेछ ( भन्न खोजेको रोमान्चक प्रेम र दुःख दायी विछोडका कुरा समेटिएको पुस्तक यो नै हो र अव अर्को पनि आउने छैन ) । 
सभर लभ पढेर आधाआधी पुग्दा सायाले अतीतलाइ गरेको माया देखेर इष्र्या पनि भयो अनि मनमनै सोचेँ पनि, मेरी हुनेवाली प्रेमिकाको नाम जे भएपनि उसलाइ साया नामले सम्वोधन गरु किनकी साया शव्दमा नै मायोको भण्डार छ तर समर लभ पढिसकेपछि साया शव्दलाइ म मात्रै हैन मेरो सात पुस्ताले पनि 
प्रयोग गर्न नपरोस भन्ने लागीराछ । कारण अतीतको त्यती मधुर प्रेममा सायाको नमिठो घृणा ।
कथामा अतीतका साथीहरुसंग को भेटघाट, उनीहरुको गफगाफले साहै मन छोयो । उनीहरुवीचको भलाकुसारी पढदै गर्दा अतीत र सायाको साथीहरुको ग्याङमा म आफै पनि सहभागी छु जस्तै अनुभव भयो मलाइ । साया र अतीतका साथीहरुले एकले अर्कोलाइ गर्ने व्यवहार, उनीहरुको मित्रता र आपतमा गरेको सहयोग अनि वोलीचालीले मलाइ साह्रै नै प्रभावीत वनायो ।
कथा रमाइलो र कोतुहलपुर्ण हुदै जाँदा अचानक सायामा आएको परिवर्तनले भने मेरो मन पनि कुडियो । आखिर त्यती धेरै माया गर्ने अतीतलाइ सायाले किन छोडि त ?
त्यती लामो प्रेम कहानी कसरी एकै वाक्य ( वावाले भनेको मान अतीत, तिमी अर्कै खोज ) मा टुङिगयो त ?
आफ्नो वाउ आमाकै दवावमा होला त सायाले अतीतको प्रेमलाइ घृणा गरेकी ?
के साया अझै अतीतलाइ नै माया गर्छे त ?
यी प्रश्नहरु मनमा अनुत्तरीत रहे र यसको जिज्ञासा पनि नमेटिनुमा नै मजा आइरहेछ मलाइ ।
यस्तै यस्तै प्रश्नहरुको मनमा खेल्दै गर्दा मलाइ भने एक पटक सायाको वाउ आमालाइ भेट्न मन लाग्यो । जसरी लेखकलाइ पनि साया संग भेट्ने रहर छ ।

0 Comments:

Post a Comment