Pages

Subscribe:

Ads 468x60px

मरेपछि के होला तपाइँको इमेल अकाउण्ट ?

तपाइँले कहिल्यै सोँच्नुभएको छ मृत्युपछि के होला भनेर ? आफु मरेपछि आफ्नो याद कसले गर्ला र ? भन्ने चिन्ता पनि लाग्छ होला । तर अब चिन्ता नगरे हुन्छ किनकी अरु कसैले तपाइँ हाम्रो मृत्युपछिको विषयमा चिन्ता नगरेपनि गुगलले गर्नेछ । गुगलले यस्तो चमत्कारी सेवा सुर गरेको छ जसले गुगल प्रयोगकर्ताका सबैखाले सामाग्री प्रयोगकर्ताको निधनपछि पनि जतन गरेर राखिदिनेछ । गुगलको डिजिटल आफ्टर लाइफ नामको यो सेवाले तपाइँका इमेल, पर्सनल च्याट जस्ता सबै चिजलाई सुरक्षित राख्नेछ जसलाई पछि तपाइँको डिजिटल इच्छाको आधारमा प्रयोग गरिनेछ ।

गुगलले यसका लागि आफ्ना प्रयोगकर्ताहरुसँग यो जानकारी माग्न सुरु गरेको छ की उनीहरु आफ्ना डिजिटल फोटो, डकुमेन्ट तथा अन्य इन्टरनेट सामाग्रीहरुलाई आफ्नो मृत्युपछि कस्तो प्रकारले राख्न चाहन्छन् ? गुगलको यो सेवामा निस्कृय गुगल एकाउण्ट व्यवस्थापकले गुगलबाट जिमेल, यु टοुब तथा गुगल प्लस लगायतका एकाउण्टमा रहेका प्रयोगकर्ताका डाटा माग्न सक्छ । अकाउण्ट डिलिट गरिसकिएका वा धेरै समयदेखि निस्कृय रहेका प्रयोगकर्ताका सामाग्रीहरु मात्र यसमा पर्नेछन् ।

अब गुगल प्रयोगकर्ताको अकाउण्ट सेटिङ पेजमा एक अप्सन रहनेछ । जसमा प्रयोगकर्ताले आफ्नो कुनै पारिवारिक सदस्य वा साथीको डाटा शेयर गर्ने अनुमति दिनेछन् । प्रयोगकर्ताले आफ्नो अकाउण्ट डिलिट गर्न तथा कुनै अरु व्यक्तिसँग शेयर नगर्ने मौका पनि पाउनेछन् । गुगलले आफ्ना प्रयोगकर्तालाई यो पनि स्पष्ट पार्न भनेको छ की कति समयपछि गुगलले प्रयोगकर्ताका इन्टरनेट डाटामाथि डिजिटल आफ्टर लाइफ सेवा प्रयोग गर्नेछ – कति दिनपछि आफ्नो अकाउण्टमा डिजिटल विल सम्बन्धि अलर्ट आउन बन्द हुने भन्ने विषय प्रयोगकर्ताको इच्छामा निर्भर रहन्छ । त्यस पश्चात् प्रयोगकर्तले दिएका अधिकतम १० जना व्यक्तिको अकाउण्टमा मृत्यु भएको मानिएको प्रयोगकर्ताका डाटाहरु पठाइनेछ । ती डाटालाई उनीहरुले आफ्नो इच्छा अनुसार प्रयोग गर्न सक्नेछन् ।

गुगल प्रयोगकर्ताका लागि अर्को बर्न नामक अप्सन पनि रहनेछ । यसको अर्थ यो अप्सन छान्नेको डिजिटल इन्टरनेट सामाग्री उनीहरु मृत्युपछि गुगलले डिलिट गर्नेछ ।
_______________________________________________* स्रोत फेसवुक तथा इन्टरनेट अनलाइन हरु *

0 Comments:

Post a Comment