Pages

Subscribe:

Ads 468x60px

आमा, माफ गर !

तिम्रो कोखवाट
यस धर्तीमा पाइला राखेर च्याहाँ गर्दा
प्रसव वेदनाको छट्पटाहटमा पनि
उज्यालो मुहार लाएर खुसी भएका थियौ
मेरो आगमनमा
तर माफ गर आमा
मैले तिम्रो त्यो खुसीलाइ कायम राख्न सकिन

भविष्यको आडिलो भरोसाका लागि
तातो घाम र तेलमा खराएर
दरिलो वनाउदै अरुका साभु उभिन सिकायौ
तर माफ गर आमा
कामको वोझले तिमि ठाडो उभिन नसक्दा पनि
तिम्रो सहारा वन्न सकिन ।

अजङगको घाँसको भारी माथी
असारको चिप्लोवाटो र चर्को घाममा
तर तरी पसिना चुहाउदै हिडेको वेला पनि
तिम्रो मायामा पुलपुलिएर
मैले हिड्न नसकेको नाटक गर्दा
पछिको सुख सम्झेर

गजल नं १४ : माया लाउन सिकायौ

नाई हुन्न भन्दा भन्दै माया लाउन सिकायौ
सुख मात्र थाहा थियो दुःख पाउन सिकायौ

साझ विहान झम्के साझमा हिड्ने वानी थिएन
तिम्लाइ भेट्ने वहानामा पार्क धाउन सिकायौ

सोझो मान्छे सोझै कुरा लप्पनछप्पन जान्दिनथे
हुदा हुदै आइ लभ यु का भाका गाउन सिकायौ

सुख्खा याममा लाइयो माया, हरीयाली पार्नलाइ
हिउदमा पनि हिलो आली गोरु साउन सिकायौ

हिजोसम्म एक्लै थिए, लठावज्रे चाला थियो
तिमि आयौ मायाको धुरी छाउन सिकायौ
_________________________२०७१/०१/०५

धादिङ जिल्लाकै पहिलो होम स्टे : खाल्टेको गुरुङ गाउ (भिडियो सहित)

गाउँमा आउने पाहुनालाई स्वागत र सत्कार गर्दै आफ्नो संस्कृति, भेषभूषा र चालचलनबाट आनन्दित तुल्याउनु होम स्टेको एउटा सुन्दर पक्ष हो । यही पक्षलाइ अनुसरण गर्दे धादिङ जिल्लाको नमूना गाउँ विकास समिति मध्येमा पर्ने खाल्टेको होमस्टे व्यवसायिक रुपमा सूरुवात भएको पनि अहिले सात वर्ष पुगिसकेको छ तर उचित प्रचार प्रशार र भौतिक पुर्वाधारहरु पर्याप्त नहुदा यो ओझेलमा परेको छ ।
समुद्री सतहवाट १३५० मिटरको उचाइमा रहेको यो गुरुङ गाउमा सन २००७ देखि होम स्टे सन्चालनमा आएको हो । होम स्टेका लागि नेपालकै चर्चित लमजुङ्गको घले गाउँसँग पनि तुलना गरिने यस गाउँमा होमस्टे व्यावसाय सुरु भएको यत्तिका समयसम्म पनि होमस्टे व्यवसायले खासै गति लिन सकेको छैन । सातवर्षको अवधिलाई हेर्ने हो भने सरदर वार्षिक १ सय देखि १ सय ५० सम्म विदेशी पर्यटक र १ सयको हाराहारीमा स्वदेशी पर्यटक आउने गरेको होमस्टे सञ्चालक शेर वहादुर गुरुङ वताउनुहुन्छ ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट ९ किलोमिटर मात्र टाढा रहेको यस गाउँमा सातवटा तला भएको चमेरे गुफा, प्राचिन मुद्रा र मल्लकालिन हातहतियारहरु पाइने नारनडाँडा, प्राचिन महिला वौद्धगुरु (झुमा) हरुले नुहाउने गरेको कुमारीधारा, लामाभाषाका गुरु पद्यसम्भवको आकृति र भोटे भाषामा लेखिएको मन्त्रहरु रहेको ......