Pages

Subscribe:

Ads 468x60px

धादिङ जिल्लाकै पहिलो होम स्टे : खाल्टेको गुरुङ गाउ (भिडियो सहित)

गाउँमा आउने पाहुनालाई स्वागत र सत्कार गर्दै आफ्नो संस्कृति, भेषभूषा र चालचलनबाट आनन्दित तुल्याउनु होम स्टेको एउटा सुन्दर पक्ष हो । यही पक्षलाइ अनुसरण गर्दे धादिङ जिल्लाको नमूना गाउँ विकास समिति मध्येमा पर्ने खाल्टेको होमस्टे व्यवसायिक रुपमा सूरुवात भएको पनि अहिले सात वर्ष पुगिसकेको छ तर उचित प्रचार प्रशार र भौतिक पुर्वाधारहरु पर्याप्त नहुदा यो ओझेलमा परेको छ ।
समुद्री सतहवाट १३५० मिटरको उचाइमा रहेको यो गुरुङ गाउमा सन २००७ देखि होम स्टे सन्चालनमा आएको हो । होम स्टेका लागि नेपालकै चर्चित लमजुङ्गको घले गाउँसँग पनि तुलना गरिने यस गाउँमा होमस्टे व्यावसाय सुरु भएको यत्तिका समयसम्म पनि होमस्टे व्यवसायले खासै गति लिन सकेको छैन । सातवर्षको अवधिलाई हेर्ने हो भने सरदर वार्षिक १ सय देखि १ सय ५० सम्म विदेशी पर्यटक र १ सयको हाराहारीमा स्वदेशी पर्यटक आउने गरेको होमस्टे सञ्चालक शेर वहादुर गुरुङ वताउनुहुन्छ ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट ९ किलोमिटर मात्र टाढा रहेको यस गाउँमा सातवटा तला भएको चमेरे गुफा, प्राचिन मुद्रा र मल्लकालिन हातहतियारहरु पाइने नारनडाँडा, प्राचिन महिला वौद्धगुरु (झुमा) हरुले नुहाउने गरेको कुमारीधारा, लामाभाषाका गुरु पद्यसम्भवको आकृति र भोटे भाषामा लेखिएको मन्त्रहरु रहेको ......
लामागुरु, टोड्के चुली, चमेरे ओडार, बौद्ध गुम्बा, शंखादेवी मन्दिर रहेको छन । यी सवै स्थानको भ्रमण दुइ दिनमा नै गर्न सकिने भएपनि सदरमुकाम धादिङवेशीवाट सहज रुपमा त्यहा पुग्नको लागि यातायातको असुविधा भएकाले पर्यटकको आकर्षणमा कमि आएको पात्ले होमस्टे व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर गुरुङ बताउँछन ।
प्लाष्टिक मुक्त र विशादी रहित अर्गानिक खेती हुने यस गाउमा आएका पाहुनाहरुलाइ स्वागत सत्कार पश्चात स्थानीय रहनसहन र सस्कृति देखाउन सास्कृतिक टोलीनै तयार गरिएको छ । उनीहरु सवै मिलेर गाउमा आउने पाहुनालाइ मनोरन्जन प्रदान गर्न हरेक दिन गुरुङसस्कृतिको माझ पात्ले साझ नामक रोधीघर पनि सन्चालन गर्ने गर्दछन । गुरुङ भेषभुषा, सँस्कृति र रोधीघर मार्फत पर्यटकहरु आकर्षित गराइ होमस्टे व्यावसायलाई प्रवद्र्धन गर्ने प्रयास गरिरहेको भएपनि सरोकारवाला निकायहरुको ध्यान त्यसतर्फ खासै नगएकाले पनि व्यवसाय प्रवद्र्धनमा कठिनाइ उत्पन्न भएको स्थानीउ दील वहादुर गुरुङले वताए ।

होमस्टे प्रबद्र्धन कै लागि स्थानीयहरु पार्क निर्माण गर्ने तथा व्यवस्थित रोधी घर निर्माणमा जुटेका छन । एकै पटकमा सय जनासम्म पाहुनालाई होमस्टे गराउन सक्ने क्षमता भएपनि अहिले हिउदमा मात्र सन्चालन हुने यातायात लगायत भौतिक पुर्वाधार यहाँका स्थानीयको टाउको दुखाइ बनेको छ । वाहै्र महिना यातायात सन्चालन हुने गरि सडकको स्तरउन्नोती गर्न सके पात्ले गाउँको मात्र हैन समग्र जिल्ला कै आर्थिक विकास तथा पहिचानमा होमस्टे व्यावसाय कोसेढुङ्गा सावित हुनसक्ने छ ।

0 Comments:

Post a Comment