Pages

Subscribe:

Ads 468x60px

पाँच गजलहरु

गजल नं : २२
आकार कत्रो थाहा छैन भित्र एउटा दिल छ
त्यसैभित्र तिम्रा याद गडिएको खिल छ

बाहिर हेर्दा सद्धे छु भित्र भित्रै गलिसके
दुख्छ मुटु, कोक्याउछ मन, कुन्नी केले चिल छ

विर्सन खोज्छु सम्झना बनी आँखामा आइहाल्छ
भरिन्छन गह, रोकिन्नन आँसु डिलमै टिलपिल छ

एकोरिन्छ मन, टोलाउछु एक्लै कता कता हराउँछु
दिमागको औषधी ग¥या बाउको हातमा विल छ

धेरै प्रयास गरेको थेँ तिम्लाइ आफ्नो बनाउन
लाखौ प्रयास खेर जाँदा यो मन आफै जिल छ ।
२०७२/१०/०२

गजल नं : २३
न मर्ने दिन तोक्न सकियो
न मर्ने दिन रोक्न सकियो

यो कस्तो जिन्दगी दियौ भगवान
न अजम्वरी अमृत धोक्न सकियो

कुन दिन अस्ताउने केही थाहा छैन
न रिस फेरेर यमराजलाइ ठोक्न सकियो

जताजाउ अस्तब्यस्त उस्तै दैनिकि
न आनन्दको जिन्दगी बोक्न सकियो
२०७२/०८/१०

गजल नं : २४
बाख्राको अघि मकै छोडाएसी यस्तै हुन्छ
बादरको अघि नरिवल तोडाएसी यस्तै हुन्छ

चोरलाइ चौतारो भो, साधुलाइ सुली
बलात्कारीलाइ दोसल्ला ओढाएसी यस्तै हुन्छ

आफु पनि नरोप्ने रोपेको नी उखेल्ने....
सुंगुरलाइ आलुवारी गोडाएसी यस्तै हुन्छ

एउटाले बनायो अर्को हिड्छ भत्काउन
दुइ ध्रुवका चुम्वकलाइ जोडाएसी यस्तै हुन्छ
२०७२/९/३०

गजल नं : २५
न मायामा डुवेर रुन जानियो
न आँखाका परेली धुन जानियो

भित्र कतै गाँठो पारी लुकाएको माया
न मन भित्रै पसेर फुन जानियो

मनको कुरा नबुझ्नेले क्यारी लाउनु माया
न मुटुले मुटुलाइ छुन जानियो

न आफुले भन्न सके न त उन्ले भन्या सुने
न त उन्ले खोज्या श्रीमान हुन जानियो
२०७२/०९/२०

गजल नं : २६
यसै त औसीको रात अझै झन कालो भएछ
हात हालाहालको घम्साघम्सी आलो पालो भएछ

बलजफ्ती नै गरिएछ, जोशमा होस गुमाउँदा
अघिसम्म सद्धे कपडा च्यातिएर टालो भएछ

केहीवेर अघिसम्म सिल्कि उनको कपाल
हेर्दाहेदै उत्निखेरै माकुराको जालो भएछ

हिजोसम्म कान्छा भन्थे उनको आफ्नै भाइलाइ
फेरियो नाता एकै रातमा अहिले सालो भएछ ।
२०७२/१०/१२

0 Comments:

Post a Comment