Pages

Subscribe:

Ads 468x60px

चितवनको वन्द र मेरो अनुभूती

हुन त म वन्दको सधै विरोध गर्छु चाहै त्यो वन्द जो सुकैले गरोस । १७ गते चितवन प्रवेश गर्ने वित्तिकै YCL को वन्दको मारमा परे । प्रहरीले जवरजस्ती चन्दा उठाउदै गर्दा पक्राउ गरेको आफ्ना कार्यकर्ताहरु छुटाउन एनेकपा माओवादीले गरेको चितवन वन्दका कारण १७ गते नै दासढुङगा देखि चार घण्टा लगाएर पसिना राजमार्ग चुहाउदै म भरतपुर पुगेको थिए ।
मेरो चितवन वसाइ यो पटक लामै रहेकाले वसाइको क्रममा फेरी अर्को वन्दको सामना गरे चितवनमा मैले । त्यो वन्द थियो आफुलाइ निकै प्रजातान्त्रिक र लोकतन्त्रवादी भनेर चिनाउन रुचाउने पार्टी नेपाली काङग्रेसको । उसले पनि आफ्ना कार्यकर्ता छुटाउन YCL कै शैलीलाइ पछ्याएको थियो । तर यहा यो व्लग कुनै वन्द विशेषमा भन्दा पनि कुनै पार्टी विशेषको वन्दको विरोधमा लेखेको छु ।
एनेकपा माओवादी सानो सानो कुरालाइ पनि ठुलो वनाएर सडकमा आफ्नो उपस्थिति देखाउन भनेपनि सानातिना विषयमा पनि सडकमै आइहाल्छ YCL लाइ अगाडी लाएर तर नेपाली काङग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले पनि आफ्ना कार्यकर्ता छुटाउन वन्दलाइ नै हतियार वनाएको मा चाही मेरो विमती रह्यो । हुन त YCL ले गरको वन्द चाही ठीक थियो भनेको हैन मैले । वन्द गलत नै हो चाहै त्यो जो सुकैले गरोस तर YCL को वन्द भन्दा तरुण दलको वन्दको निकै हिसात्मक र असभ्य लागेकोले यो व्लग मा यति शव्द जन्मिएको हो ।
नेपाली काङग्रेसले आव्हान गरेको वन्दको दिनमा 25 गते मेरो पनि काम केही नभएर दिनभर पुल्चोकमा वसेर तमासे वनेको थिए वन्दको । आफ्ना २ कार्यकर्ता छुटाउन प्रजातान्त्रिक र लोकतान्त्रिक भनिएको पार्टी नेपाली.......................