Pages

Subscribe:

Ads 468x60px

रामवहादुर भण्डारी भर्सेस रविन्द्र प्रताप शाह

तात्कालिन जनयुद्धको क्रममा जनसेनाहरु सगै राम बहादुर भण्डारी । संगै तस्बिरको
दाँयामा सैनिकपोसाक लगाउने भण्डारी का  जेठा छोरा सुभाश भण्डारी हुन र बाँया मा
सैनिक पोसाक लगाउने महिला सरस्वती पाण्डे हुन । दुबै जना जनयुद्द का क्रममा शहीद
भैसकेका छन । तस्विर : Subas Thapaliya को फेसवुकवाट साभार

















































 
 

गत मंसिर चार गते भएको संविधान सभाको चुनावको चर्चा अझैपनि सेलाएको छैन । त्यसैमाथी राजनितिक
दलहरुले पाएको मतको आधारमा छानिने समानुपातिका सभाषद यसैसाता मात्र छानिएपछि त झन राजनितिले देश तातेको छ यतिखेर । विभिन्न दलहरुले देशभरिवाट पाएको जम्मा मतको आधारमा निर्वाचन आयोगले तोकेअनुसारको समानुपातिक सभाषद छान्न ९१ सिट जितेको नेपाली काङग्रेस देखि १ सिट जितेको पार्टीलाइ पनि हम्मे हम्मे पर्यो । विभिन्न विरोध र असन्तुष्टिका स्वरहरुका वावजुत दलहरुले समानुपातिक सभाषदका सुचि त वुझाए लगत्तै विरोधका समाचारहरु आउन थाले । कतिले आफ्नै पार्टी कार्यलयमा तालावन्दी गरे, कतिले केन्द्रिय नेतालाइ जिल्लामा प्रवेश निषेध देखि कतिपय ठाउमा आफ्नै पार्टी कायर्लय समेत जलाए । समानुपातिक सभाषद चयनको असर अन्य जिल्लामा भन्दा धादिङको एमाओवादीमा देखियो । २०६४ सालको निर्वाचनमा धादिङवाट तिन क्षेत्र मै विजय हासिल गरेको एमाओवादीले यसपालीको निर्वाचनमा तिन वटै क्षेत्रमा पराजय वेहोर्यो । यद्यपी धादिङवाट समानुपातिकको वन्द सुचिमा परेका जिल्ला सहइन्चार्ज रामवहादुर भण्डारी र नेपालका पत्रकार महासंघ केन्द्रिय समितिका महासचिव ओम शर्मा मध्ये.....
रामवहादुर भण्डारी चाहि सभाषदमा पर्नेमा एमाओवादीका कार्यकर्ताहरु ढुक्क थिए किनकी पार्टीमा उनको त्याग र वलिदानको देशभर चर्चा थियो । तर विडम्वना एमाओवादी पार्टी भित्र नवप्रवेशीहरुको चलखेल र आन्तरिक गुटवन्दीले रामवहादुर भण्डारी जस्ता जिउदा शहिदको योगदानलाइ चिनेन । धादिङवाट समानुपातिमा २८ हजार भन्दा वढि मत संकलन गरेको एमाओवादीले एकजना पनि समानुपातिक सभाषद पाउन सकेन । वरु धादिङ नै घर भएका पुर्व आइजीपी रविन्द्र प्रताप शाह एमाओवादीको कोटावाट सभाषद वनेपछि भने रामवहादुर भण्डारी सभाषद नवनेको भन्दामा पनि रविन्द्र प्रताप शाह सभाषद वनेको मा विरोध वढि भयो । जनयुद्ध लडेर आएका एमाओवादीका कार्यकर्ताहरु रविन्दं प्रताप शाहलाइ जनयुद्ध दवाउन सक्रिय भुमिका खेल्ने व्यक्तिको रुपमा चिन्छन त्यसकारण पनि विरोधका स्वरहरु ठुलो भएको होला ।
राम वहादुर भण्डारी त्यस्ता व्यक्ति थिए जसले जनयुद्धको क्रममा आफ्ना दुवै छोरा गुमाएका थिए भने उनी पनि मरेर वाँचेको थिए । एमाओवादी को समानुपातिक सभाषद चयनको मापदण्डमा उनी हरप्रकारले सभाषद हुन योग्य थिए किनकी निर्वाचन आयोगले दिएको कोटा भन्दा अन्य कोटा थपेर शहिद परिवार, वेपत्ता परिवार जस्ता कोटाहरु पनि सिर्जना गरेको थियो एमाओवादीले । शहिद परिवारमा पनि धेरै जना नै शहिद भएका परिवार पर्नुपथ्र्यो कि के हो ? अनि वेपत्ता परिवारमा पनि ७÷८ जना नै वेपत्ता भएको परिवार हुनुपर्दथ्यो कि के हो ? जनयुद्धमा २÷२ जना छोरा वेपत्ता भएका रामवहादुर भण्डारी यस कोटामा पनि परेनन । उनी भन्दा वढि योगदान दिएका नेताहरु थिए होलान एमाओवादीमा । देशभरमा पराजय वेहोरेको एमाओवादीका कायकर्ताहरुलाइ चित्त वुझाउने वाटो थियो तर तात्कालिन जनयुद्धको क्रममा जनयुद्ध दवाउनका लागि भुमिका खेलेको भनेर आरोप लागेका व्यक्ती चाही सभाषद वन,े संयोग वस उनको घर पनि धादिङ नै थियो । रामवहादुर जस्ता नेता सभाषद वन्न नसकेपछि कार्यकर्ताहरु मनमा वलेको आगोमा रविन्द्र प्रताप शाह सभाषद चयन भएर घिउ थप्ने काम ग¥र्यो । र त्यो आगोले पार्टी कार्यलयलाइ जलाउन पुग्यो । पार्टी कार्यलयमा गरिएको आगजनी रावहादुर भण्डारीलाइ सभाषद नवनाएको विरोधमा भन्दा पनि पुर्व आइजीपी रविन्द्र प्रताप शाहलाइ सभाषद वनाएको विरोधमा थियो । रविन्द्र प्रताप शाह धादिङवाट सिफारिस भएर माओावदीको समानुपातिक कोटामा सभाषद भएका होइनन, उनलाइ एमाओावदी  हेडक्वाटरले नै सभाषद हुन योथ्य देखेको थियो । यसको विरोधमा आफु वस्ने घर नै जलाउनुलाइ पनि धेरैले नकारात्क रुपमा लिएका छन । राम वहादुर भण्डारी सभाष्द नवन्नुमाको मुख्य कारण रविन्द्र प्रताप शाह हुदै होइनन ।
Rabindra Pratap Shah : Photo From thehimayetimes.com
रामहादुरलाइ पार्टी हेडक्वाटरले त पत्याएन पत्याएन, जिल्लाकै नेतृत्वले पनि उनीमाथी घात गरे । जिल्ला इन्चार्ज पुष्पविक्रम मल्लले आफुले क्षेत्र नं १ वाट हार्न त हारे तर आफुले हार्नुमा रामवहादुर भण्डारीको मुख्य हात थियो भन्ने आरोप केन्द्रिय समितिमा लगाएर धादिङवाट समानुपातिकको वन्द सुचिमा पर्ने वित्तिकै सभाषद हुने पक्का जस्तै भएका भण्डारीलाइ पनि हराइदिए । वेला वेलामा पार्टीको आन्तरिक गुटवन्दीको शिकारमा जिल्लाका नेताहरु परिरहे पनि यो पटक भने रामवहादुर भण्डारी नराम्रोसंग आन्तरिक गुटवन्दीमा फसे । एउटा हात भाचिएर पनि पुष्पविक्रम मल्लको चुनाव प्रचारमा हिडेका भण्डारीलाइ अन्तरघातको आरोप लगाएर सभाषद नवनाउनुमा उनलाइ अघि वढ्न नदिनेहरुको चलखेल रहेको माओवादी वृत्तमा चर्चा छ । जिल्लाको नेतृत्वले त उनलाइ पत्याएन पत्याएन तर पार्टी हेडक्वाटरले पनि उनले पार्टीमा गरेको योगदानलाइ लत्याइदियो । एमाओवादीवाट समानुपातिकमा चयन भएका ५४ जना मध्ये अरुको कत्ति योगदान थियो त्यो त थाहा छैन तर चुनावको एकसाताअघि एमाओवादी प्रवेश गरेका रविन्द्र प्रताप शाहको भन्दा वढि नै योग्यता थियो राम वहादुर भण्डारीमा । यदि संविधान सभामा एमाओवादीले रविन्द्र प्रताप शाहको आवश्यकमता महशुस गरेको थियो नै भनेपनि उनी नेपाल प्रहरीको आइजीपी जस्तो भर राष्ट्रिय चर्चा कमाएको मान्छेलाइ मन्त्रिपरिषदवाट मनोनित गराउन सक्नुपर्दथ्यो एमाओवादीले तर त्यसो भएन । फलस्वरुप राम वहादुर भण्डारी जस्ता नेता वलिको वोको वन्नुपर्यो । आफुलाइ निकै गौरवशाली र महान ठान्ने पार्टी अनि अरुपार्टी भन्दा समावेशी दावी गर्ने एमाओवादीको यो निणर्यले अवसरवादी एमाओवादीहरुलाइ त फाइदा पुगेकै होला तर जनयुद्धमा रगत र पसिना वगाएर आएका रामवहादुर भण्डारीजस्ता नेताहरुको भने पक्कै पनि मनोवल गिराएको छ ।

0 Comments:

Post a Comment