Pages

Subscribe:

Ads 468x60px

गजल लेख्ने रहर

गजल लेख्ने रहरहरु धेरै वर्ष पाले
त्यसैले त आजवाट गजल लेख्न थाले

एकान्त ठाउ चाहिन्छरे गजल लेख्नलाइ
आवाज आउने दुलाहरु खोजी खाजी टाले

दिन रातै प्रयास गरे प्राधिकरण वाधक वन्यो
लोडसेडिङले लेख्नै देन मैनवत्ति नि वाले

मधुरो त्यो मैन वत्तीको उज्यालोमा पनि
महङगेका शब्दलाइ सुन सरि गाले

भलादमी नै वन्नुपर्छ भन्थे गजल फुर्न
हिपप ड्रेस कानका मुन्द्रा मैले पनि फाले
                    Thursday, March 22, 2012

शंकास्पद मान्छेसित हिसिलाको विशेष संवन्ध

जयन्ति लुइँटेल
हिसिला म्यामले मलाई फ्रेण्ड रिक्वेष्ट पठाएकी रहिछन् । म सोचमग्न भएँ । निकै वेरसम्म दिमाग खराव भयो । धुमील हुन लागिसकेका अतितका पानाहरु एकपछि अर्को तँछाड मछाड गर्दै आँखा अगाडि सल्वलाउन थाले । ०६२ / ०६३ को आन्दोलन अगाडि अर्थात “ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अन्तर्गत” भन्दै कसैलाई एक तह झार्दै त कसैलाई एक तह उकाल्दै थिए । कसैलाई भने विशेष अवस्था भन्दै उही तहमा विराजमान गराउँदै पुष्पकमलले वर्षमान पुनलाई उपत्यका र ताम्सालिङ्गलाई विशेष कमाण्ड भनेर यहाँको प्रमुख वनाएर पठाउदा म चार आर्कमा विभाजित उपत्यकाको उत्तरी आर्कको इन्चार्ज थिएँ । कार्यालयको पनि जिम्मा थियो । अनन्तको प्रवेश पश्चात उपत्यकाको कार्यालय सचिवको मात्र जिम्मेवारी दिइयो । “प्रत्याक्रमणको चरण, उपत्यकामा अन्तिम लडाइँ लड्ने तयारी , ढाडमा टेकेर टाउकोमा हान्ने के के हो के के भनियो ।

कविता : जुकाको बस्ति

कपिल अधिकारी / ताइपेइ,ताइवान

यो गजब बस्ति, जहाँ
जुकाहरूको मान गरिन्छ, गर्छन
सम्मान गरिन्छ, गर्छन
ध्यान, ढोग र सत्कार
चौबाटोमा दुइ भेटे की उसकै महिमा गाइन्छ
०००००००००००००००
यो अनौठो बस्ति
पोटिलो, सुकेनाशे जुकाहरू, जुके भ्रूणहरू
लाइन लागेर धनुष टन्कार गर्छन
पैताला, पिडुला, तिघ्रा
जताततै उक्लन खोज्छन
धर्मभिरू भने, जुकाको दर्शनमा दङ्ग पर्छन
“गला लगाउँछन्”
दण्डबत गर्छन
यो अचम्मको बस्ति
जुकाको बस्ति