Pages

Subscribe:

Ads 468x60px

सिंचाइ सुविधा प्राप्त भएपछि फेरीएको कुमाल वस्तीको मुहार

मैदी पिपलटारको कुमाल वस्ती Photo : Manish Duwadi
मैदी गा वि सको वडा नं ९ मा रहेको पिपलटार जहा १०५ घरधुरी कुमाल वस्ती वसोवास गर्दछन । यो टारमा वि सं २०३३ सालमा कुलो निर्माण गरि सिंचाइका लागी पानी ल्याइएको थियो र खेतीपाती पनि गरिदै आएको थियो । वि सं २०५२ सालसम्म त्यही पानीले सिंचित हुदै आएको पिपलटारमा खडेरी २०५२ पछि खडेरी पर्यो । खडेरी पर्नुको कारण कुनै दैवी प्रकोप नभइ टाठावाठाको चलखेल रहेछ । पिपलटार नजिकै रहेको मझुवाका केही टाठावाठा व्यक्तिहरुले कुमाल समुदायले उपभोग गरिरहेको पानीको मुहान नै वन्द गरी आफ्नो गाउमा लगेर मेल चलाउन थालेपछि पिपलटारमा पानीको हाहाकार पर्न थाल्यो । पानी आफुहरुले पनि पाउनुपर्ने भन्दै कुमाल समुदायहरु विभिन्न प्रशासनिक निकाय र गा वि स कार्यलय धाउन थाले तर अशिक्षित पिपलटारका कुमाल समुदायहरुको पहुचवाला र टाठावाठाको अगाडी केही सीप चलेन र एकलौटी रुपमा मझुवाका स्थानीहरुले पानीको उपभोग गरिरहे ।
सधै उपभोग गरिरहेको पानीको स्रोत अरुले नै खोसेर लगेपछि पिपलटारमा पानीको संकट त पर्यो नै त्यो संगै खाद्य संकट पनि सुरु भयो । परिव एक हजार रोपनी खेतमा सुख्खा खेतीहरुमा मात्र हुन थाल्यो । पिपलटारका कुमालहरु आफ्नो दैनिक रोजीरोटीको लागी अरुको काम ज्यालादारीका गर्न जान थाले । जमिन प्रसस्त भएका कुमालहरुपनि खेतीपाती गर्न नपाएर अरुका घरमा ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्न थाले । मैदीका एक व्यापारीका अनुसार १०५ घरधुरी कुमाल समुदायले पानीको अभावमा तरकारी लगाउन नपाएर.................

सर्वसाधारणले सिंहदरवार छिर्न नपाउने ?

सिंहदरवारको मुख्य भवन । Photo साभार : विकिपिडिया
देशकै ठुलो प्रशाशनिक निकाय सिंहदरवार । जहाँवाट सिङगो देश सन्चालन भइरहेको छ । सिंहदरवार राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफ्नो निजी निवासको रुपमा इ. सं. १९०३ मा वनाउन लगाएका थिए । २००७ सालमा राणा शाशनको अन्त्य भएपछि सिंह दरवारमा नेपाल सरकारको कार्यलय राखियो । त्यतीवेला देखि यो दरवारमा प्रधानमन्त्रीको कार्यलय देखि लिएर अधिकांश मन्त्रालयहरु रहेका छन ।
सिङगो देशलाइ नै नियन्त्रण गर्ने तेत्रो प्रशाशनिक भवनमा अहिलेसम्म जाने अवसर मिलेको थिएन तर केही दिन अघि नगइ नहुने काम पर्यो । सुरुमा त कसरी जाने भन्ने नै अन्योलमा परे । सिंहदरवार दक्षिण गेट अगाडी भएर हिड्दा नै त्यहा भित्र पस्नेको ताती र चेकिङ प्रक्रिया त देखेको थिए तर केही साथीको सल्लाह अनुसार नागरिकता साथमा लिएर म पनि पहिलोपटक सिंहदरवार छिर्न भनेर लागे । तर नागरिकताले मात्र छिर्न नपाइदो रहेछ । नागरिकता पासपोर्ट या सवारी चालक अनुमतीपत्र धरौटी राखेर गेटपास लिनुपर्दो रहेछ । नागरिकता पासपोर्ट वा परिचय पत्र भएर मात्र नपुग्ने रहेछ सोर्सफोर्स पनि चाहिदो रहेछ सिंहदरवार छिर्न त ।
सरकारी मिडियामा काम गर्ने पत्रकार, सुचना विभागको परिचयपत्र वनाएका पत्रकार र सिंहदरवार भित्रका कर्मचारीलाइ चाही सजिलै भित्र जान अनुमती पाइने रहेछ । म पनि काम गरेर तलव नपाएको एक वर्षै भएपनि.....

विरेन्द्रको सम्झनामा

वि सं २०५८ साल जेठ १९ गते राती दरवार हत्याकाण्डमा तात्कालिन राजा विरेन्द्रको वंश नाश भएपछि त्यो वेलाको घटनाक्रम, शवयात्रा अनि समाचारहरु सुनेर र हेरेर मेरी हजुरआमाले रचना गर्नुभएको श्लोकको । लेख्न र पढ्न नजान्ने हजुरआमाले भनेका श्लोकहरुलाइ त्यतिखेरै मेले लेखेर राखेको थिए । त्यतिखेरको समयमा पनि मेरी हजुरआमाले दावीका साथ ज्ञानेन्द्रलाइ नै हत्याकाण्डको दोष लगाउनुभएको थियो तर त्यतिखेरको समय र परिस्थिति अनुसार मलाइ डर लागेर यो अंश चाहि वाहिर गएर नसुनाउनु भनेको थिए हजुरआमालाइ । आज मैले त्यो श्लोकलाइ अलिअलि यताउती पारेर(सम्पादन गरेर) राखेको छु । लोक लयमा आधारित छ यो श्लोक

के यहि हो त वास्तविक गणतन्त्र ???

के के न हुन्छ भन्दै ल्याएको गणतन्त्र
गणतन्त्र प्राप्तीका लागी गरिएको वलिदानी
तर खै त गणतन्त्रको अनुभूति
खै गणतन्त्रको आभाष !

गणतन्त्र त केवल,
देश लुट्नेहरुका लागी,
जनता भुट्नेहरुका लागी,
आफैमा फु्ट्नेहरुका लागी पो आएको रहेछ !!!
.....................................