Pages

Subscribe:

Ads 468x60px

सर्वसाधारणले सिंहदरवार छिर्न नपाउने ?

सिंहदरवारको मुख्य भवन । Photo साभार : विकिपिडिया
देशकै ठुलो प्रशाशनिक निकाय सिंहदरवार । जहाँवाट सिङगो देश सन्चालन भइरहेको छ । सिंहदरवार राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफ्नो निजी निवासको रुपमा इ. सं. १९०३ मा वनाउन लगाएका थिए । २००७ सालमा राणा शाशनको अन्त्य भएपछि सिंह दरवारमा नेपाल सरकारको कार्यलय राखियो । त्यतीवेला देखि यो दरवारमा प्रधानमन्त्रीको कार्यलय देखि लिएर अधिकांश मन्त्रालयहरु रहेका छन ।
सिङगो देशलाइ नै नियन्त्रण गर्ने तेत्रो प्रशाशनिक भवनमा अहिलेसम्म जाने अवसर मिलेको थिएन तर केही दिन अघि नगइ नहुने काम पर्यो । सुरुमा त कसरी जाने भन्ने नै अन्योलमा परे । सिंहदरवार दक्षिण गेट अगाडी भएर हिड्दा नै त्यहा भित्र पस्नेको ताती र चेकिङ प्रक्रिया त देखेको थिए तर केही साथीको सल्लाह अनुसार नागरिकता साथमा लिएर म पनि पहिलोपटक सिंहदरवार छिर्न भनेर लागे । तर नागरिकताले मात्र छिर्न नपाइदो रहेछ । नागरिकता पासपोर्ट या सवारी चालक अनुमतीपत्र धरौटी राखेर गेटपास लिनुपर्दो रहेछ । नागरिकता पासपोर्ट वा परिचय पत्र भएर मात्र नपुग्ने रहेछ सोर्सफोर्स पनि चाहिदो रहेछ सिंहदरवार छिर्न त ।
सरकारी मिडियामा काम गर्ने पत्रकार, सुचना विभागको परिचयपत्र वनाएका पत्रकार र सिंहदरवार भित्रका कर्मचारीलाइ चाही सजिलै भित्र जान अनुमती पाइने रहेछ । म पनि काम गरेर तलव नपाएको एक वर्षै भएपनि.....
एउटा राष्ट्रिय मिडियाको त पत्रकार नै थिए तर म संग पत्रकार भनेर चिनाउने सरकारी परिचय पत्र थिएन अनि म पनि सोर्सफोर्स पट्टि नै लागे ।
वेलैमा मेरो आफन्तले सिंहदरवार भित्र जागिर खाएका रहेछन र मलाइ पनि सहज भयो सिंहदरवार छिर्न । कुरा के भने भित्र भएका (सिंहदरवार भित्रका कर्मचारी) ले प्रहरी चेकिङको पहिलो खुड्किलोमा वस्ने प्रहरीलाइ फलानो नाम गरेको मान्छे मेरो मान्छे हो उसलाइ भित्र छिर्न गेटपास देउ भनेर आदेश आएपछि मात्र आफ्नो नागरिकता, पासपोर्ट वा लाइसेन्स धरौटीमा वुझाएर मात्र गेटपास पाइदो रहेछ एकदिनको लागी । मलाइ सिंहदरवार छिर्नु थ्यो मैले पनि सोर्सफोर्स लगाइहाले एक जना दाइको । यही प्रक्रिया अनुसार गेटपास लिएर भित्र छिरे । सुचना तथा संचार मन्त्रालयमा काम थियो गए सिधै त्यहा । काम पुरा नभएर दिनभर वसे । त्यो दिन काम नसकिएर भोलीपल्ट पनि जानुपर्ने भयो मन्त्रालयमा । साझको सवा पाँच वजे सिंहदरवार छोडेर वाहिर निक्ले अनि अघि वुझेको गेटपास फिर्ता गरेर आफ्नो नागरिकता फिर्ता लिनु थियो मलाइ तर फसाद पर्यो नागरिकता फिर्ता गर्ने अफिस वन्द भइसकेको रहेछ । मैले जुन वेला गएपनि नागकिता फिर्ता हुने सोचेको थिए तर मेरो नागरिकता सुरक्षा जाच कोठामै थुनियो । भोलीपल्ट फेरी त्यही कार्यलय आउनु नै थ्यो म नागरिकता फिर्ता नलिइ फर्किए ।
भोलीपल्ट ठीक १० वजे नै आउनु भनेका थिए मन्त्रालयका हाकिमले तर भोलीपल्टको लागी गेटपास थिएन । नागरिकता धरौटी राखेर फेरी गेटपास लिऔ भने अघिल्लो दिन थुनिएको नागरिता फिर्ता लिन सकेको थिइन । सवै कुरा सिंहदरवार भित्र काम गर्ने दाइलाइ सुनाए तर मेरो नागरिकता विना उहाँको पनि सोर्सफोर्स चलेन । अनि नागरिकताफिर्ता गर्नै कोठाको झ्यालको छेउमै उभिइरहे । त्यहावाट निकै रोचक दृष्यहरु अवलोकन गर्ने अवसर मिल्यो ।
एकजना व्यक्ति गेटपास लिनको लागी आइपुगे । उसको आफन्त प्रधानमन्त्रीको कार्यलयमा काम गर्ने रहेछन । उनलाइ भित्र छिर्न दिनको लागी प्रधानमन्त्रीको कार्यलयवाट अनुमती (सोर्सफोर्स) त आएको रहेछ तर गेटपास लिनको लागी धरौटी राख्न उनीसंग कुनै कागपत्र रहेनछ अनि वाहिरै अलपत्र परे । धन्न नेपाल टेलिकमको नेटवर्क ले त्यही वेलैमा काम दिएको रहेछ र उनले गुहारे भित्रको आफन्तलाइ । केहीवेरमा प्रधानमन्त्रीको कार्यलय लेखिएको विल्ला भिरेर एकजना मान्छे झुल्किए गेटपास लिने ठाउमा । त्यहा उनले प्रधानमन्त्रीको कार्यलयको रवाफ देखाउदै गेटपास दिन अनुरोध गरे तर ती पं्रहरीले आफ्नो हाकिमको आदेश विना कुनै कागजपत्र (नागरिकता, पासपोर्ट वा लाइसेन्स) धरौटी नराखी गेटपास नदिने अडान राखेपछि उनी त्यहावाट ठुला ठुला आँखा वनाउदै अए । अलि ठुला ओहदामा रहेका प्रहरीसंग के के कुरामा सहमती गरेछन कुनि अघिभर्खर गेटपास नदिएका प्रहरीले चुपचाप २ वटा गेटपास ती प्रधानमन्त्रीको कार्यलयका कर्मचारीको हातमा थमाए ।
यो दृष्य निकै राचेक मानेर हेर्दै थिएँ नागरिकता फिर्ता गर्ने कोठाका कर्मचारी झयालमा झुल्किए । घडि हेरे वाह्र वजेको रहेछ । झ्याल नं १ जहा नेपाल प्रहरीका जवानहरु गेटपास वनाउने काम गर्थे उनीहरु ठीक १० वजेदेखि नै हाजिर भएका थिए ड्युटीमा तर त्यही नजिकै झ्याल नं ५ मा काम गर्ने निजामती कर्मचारी १२ वजेसम्म पनि वेखवर थिए । निजामति कर्मचारीको सरकारी काममा कत्तिको लापरवाही र हेलचेक्राइ छ भन्ने गतिलो उदाहरण फेला पारे मैले । आफुलाइ सिंहदरवार छिर्नु थियो कामका लागी केही नवोलि  अघिल्लो दिन लिएको गेटपास वुझाएर नागरिकता फिर्ता लिइ फेरी झ्याल नं १ मा त्यो दिनको लागी गेटपास लिन लाइन लागे ।
एउटा कुरा चाही के गजव लाग्यो भने गेटपास वितरण गर्ने कक्षमा वस्ने प्रहरीलाइ चाही प्रधानमन्त्रीकै दवाव आएपनि धरौटी राख्ने कागजपत्र नभए गेटपास दिन नमिल्ने अधिकार हुदो रहेछ तर प्रहरीका ठुला हाकिमको अगाडी उनको पनि के तागद चल्थ्यो र गलिहाल्नु पर्ने हाकिमका अगाडी तातो घामले साग आइलाएको जस्तो गरि ।
यत्तिका विधि आफनै गनगनका कुरा लेखे तर मलाइ खड्किरहेको कुरा के हो भने सिंहदरवारभित्र पस्न भित्र आफन्त नभएका मान्छेले चाही कसरी पाउनछन त अनुमती । सिंहदरवार भित्र आफन्त नातागोता वा साथीभाइ कोही पनि नभएका मान्छेले त्यहा भित्रको सरकारी सेवा कसरी उपभोग गर्ने त ।
सिंहदरवार भित्र काम गर्नै मान्छे जमानी वसेर सिंह दरवार छिर्न पाउने परम्पराले त्यहाको सुरक्षा संयन्त्र वलियो नै भएको छ त ? देशकै प्रशासनिक केन्द्रमा एक सर्वसाधारण नेपालीको सहज पहुच पुग्दैन भने आफु नेपाली हु भनेर किन नाक फुलाइरहन पर्यो ?  सुुरक्षाको नाममा देशकै राज्य सन्चालन केन्दमा एक सर्वसाधारण नेपालीलाइ छिर्न नदिने नियम कस्तो नियम हो ?
यो प्रश्न आफैलाइ तेस्र्याउदै म वाहिरिए सिंहदरवारवाट ।

0 Comments:

Post a Comment