Pages

Subscribe:

Ads 468x60px

सिंचाइ सुविधा प्राप्त भएपछि फेरीएको कुमाल वस्तीको मुहार

मैदी पिपलटारको कुमाल वस्ती Photo : Manish Duwadi
मैदी गा वि सको वडा नं ९ मा रहेको पिपलटार जहा १०५ घरधुरी कुमाल वस्ती वसोवास गर्दछन । यो टारमा वि सं २०३३ सालमा कुलो निर्माण गरि सिंचाइका लागी पानी ल्याइएको थियो र खेतीपाती पनि गरिदै आएको थियो । वि सं २०५२ सालसम्म त्यही पानीले सिंचित हुदै आएको पिपलटारमा खडेरी २०५२ पछि खडेरी पर्यो । खडेरी पर्नुको कारण कुनै दैवी प्रकोप नभइ टाठावाठाको चलखेल रहेछ । पिपलटार नजिकै रहेको मझुवाका केही टाठावाठा व्यक्तिहरुले कुमाल समुदायले उपभोग गरिरहेको पानीको मुहान नै वन्द गरी आफ्नो गाउमा लगेर मेल चलाउन थालेपछि पिपलटारमा पानीको हाहाकार पर्न थाल्यो । पानी आफुहरुले पनि पाउनुपर्ने भन्दै कुमाल समुदायहरु विभिन्न प्रशासनिक निकाय र गा वि स कार्यलय धाउन थाले तर अशिक्षित पिपलटारका कुमाल समुदायहरुको पहुचवाला र टाठावाठाको अगाडी केही सीप चलेन र एकलौटी रुपमा मझुवाका स्थानीहरुले पानीको उपभोग गरिरहे ।
सधै उपभोग गरिरहेको पानीको स्रोत अरुले नै खोसेर लगेपछि पिपलटारमा पानीको संकट त पर्यो नै त्यो संगै खाद्य संकट पनि सुरु भयो । परिव एक हजार रोपनी खेतमा सुख्खा खेतीहरुमा मात्र हुन थाल्यो । पिपलटारका कुमालहरु आफ्नो दैनिक रोजीरोटीको लागी अरुको काम ज्यालादारीका गर्न जान थाले । जमिन प्रसस्त भएका कुमालहरुपनि खेतीपाती गर्न नपाएर अरुका घरमा ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्न थाले । मैदीका एक व्यापारीका अनुसार १०५ घरधुरी कुमाल समुदायले पानीको अभावमा तरकारी लगाउन नपाएर.................
दैनिक ३० किलो मस्यौरा(सोयाविन) किनेर खाने गरेको वताए । यो क्रम वि सं २०६५ सालसम्म चलिरह्यो ।
सिंचाइको सुविधा प्राप्त भएपछि दैनिक
कामकाज गर्न सहिजो भएको सुनाउदै स्थानिय वुच्ची कुमाल

सिंचाइको अभावमा खाद्य संकटमा वेहोरिएका कुमाल समुदायको अवस्थाहरु विभिन्न मिडियाहरुमा आउन थालेपछि जिल्लामा क्रियाशिल २ वटा गैर सरकारी संस्था( जगतज्योती सामुदायिक विकास समाज जेड्स नेपाल मैदी र खाद्य अधिकार जिल्ला संजाल धादिङ) को पहलमा कुमालसमुदायको पक्षमा पैरवी सुरु भयो । जस अनुसार २०६५ साल कात्तिक २५ गते अधिकारकर्मीहरुको संयुक्त अनुगमन टोलीले पिपलटारका कुमाल समुदायको मुख्य समस्या भनेको सिंचाइ सुविधा नपाउनु नै हो भन्ने निष्कर्ष निकाली सिंचाइ सुविधा उपलव्ध गराउन पहल सुरु भयो । त्यसपछि विभिन्न समयमा भएका १० पटकको छलफल पछि २ गाउ विचको पानीको विवाद सहमती नजिक आयो । वि सं २०६७ असोज २६ गते तात्कालीन प्रमुख जिल्ला अधिकारी भरत पौडेलको संयोजकत्वमा दुवै गाउ(पिपलटार र मजुवा) मा पानी वरावर वाड्ने सहमती भयो । 

त्यसपछि पिपलटारको कुमाल समुदायमा पहिलेको खुसी र सहज जिवनयापन फेरी फर्कियो । अहिले सिंचाइ सुविधा प्राप्त गरेपछि उनीहरु कृषि पेशा गर्न थालेका छन । खेतवारीमा सिंचाइको सुविधा प्राप्त भएपछि माटोका भाँडाकुडा बनाउने आफ्नो पुर्खाहरुले गदै आएको कामलाई छाडी पिपलटरका कुमालहरुले कृषि पेसा गर्न सुरु गरेका छन् । पुख्र्यौली पेसा भन्दा कृषि पेसाबाट घरखर्च चलाउन सजिलो हुने भएका कारण उनिहरुले पेसा नै परिवर्तन गरेका हुन् । माटोका भाडा कुडा बिक्रीका लागी बजारटाढा र बजारमा रहेका प्लाष्टिक भाडाका कारण आफ्नो आम्दानी नै हुन छाडेका कारण उनिहरुले पुख्यौली पेशा छाडेका हुन । पेसा परिवर्तन पछी लामो समय सिंचाईको अभावका कारण खेतबारी बाँझो nराख्दै आएका कुमाल समुदायका किसानहरुले अहिले आफ्नो खेत बारीमा मौसम अनुसारको तरकारी खेती गरी राम्रो आम्दानी गर्न समेत थालको स्थानिय कृषक गुन्जमान कुमालले वताउनुभयो ।
गुन्जमान कुमाल Photo : Manish Duwadi
आफुले उपभोग गरेर बाँकी रहेका तरकारी बिक्रीबाट घरचलाउन समेत सजीलो भएको त्यहाँका किसानहरुले वताएका छन । जिविका चलाउनका लागी अर्काको ज्याला मजदुरी गर्नु पर्ने बाध्यता नै बनी सकेको त्यहाँकाकिसानहरुले अहिले मासिक सात आठहजार त तरकारी बिक्रीबाट नै लिने गरेका छन । कुमाल समुदायका मानिसहरुले आम्दानीको श्रोत बढउनका लागी जडीबुट्टी खेती पनी सुरु गरेका छन् ।  सिंचाइ सुविधा प्राप्त भएपछि त्यहाका किसानहरुको दैनिक जिवनमा नै परिवर्तन आएको र मौषम अनुसारको तरकारी खेती लगाएर आम्दानी समेत गर्न सफल भएको स्थानिय सामुदायिक सहजकर्ता टोप वहादुर श्रेष्ठले वताउनुभयो । कुमाल जातीको मात्र बसोबास रहेको सो स्थानमा सरकारले कृषि सम्वन्धी विशेष कार्यक्रम दिनु पर्ने माग समेत त्यहाँका स्थानीय कुमालहरुको रहेको छ ।

0 Comments:

Post a Comment