Pages

Subscribe:

Ads 468x60px

के यहि हो त वास्तविक गणतन्त्र ???

के के न हुन्छ भन्दै ल्याएको गणतन्त्र
गणतन्त्र प्राप्तीका लागी गरिएको वलिदानी
तर खै त गणतन्त्रको अनुभूति
खै गणतन्त्रको आभाष !

गणतन्त्र त केवल,
देश लुट्नेहरुका लागी,
जनता भुट्नेहरुका लागी,
आफैमा फु्ट्नेहरुका लागी पो आएको रहेछ !!!
.....................................

गणतन्त्र त केवल,
राजावादीहरुको लागी,
गाँजावादीहरुका लागी,
शहरीयाहरुका लागी,
दरवारीयाहरुका लागी मात्र आएको रहेछ !!!

गणतन्त्र त केवल,
जनता भुलाउनेहरुका लागी,
घोक्रो फुलाउनेहरुका लागी,
समय झुलाउनेहरुका लागी मात्र आएको रहेछ !!!
तर
शहिद परिवार जहाँको त्यही !
वेपत्ताको परिवार जहाँको त्यही !
गरिवको गरिवी जहाँको त्यही !
दीनदुःखीहरुको दुःख जहाँको त्यही !
के यही हो त वास्तविक गणतन्त्र ???

_________________२०७० जेठ १४

0 Comments:

Post a Comment