Pages

Subscribe:

Ads 468x60px

नेताको भाषण र मेरो अनुभव

मिति : २०६९ साल भाद्र २३ गते शनिवार
समय : वेलुका ५ वजेर २० मिनेट
कार्यक्रम : अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस

मन्चको कार्यक्रम भइरहेको थियो । वोल्ने वक्ताहरु पनि धरै नै थिए । अलि ठुलावडा नेताहरु वोल्ने समय नभएको भन्दै मर्यादाक्रम नै भङग गरि आफ्नो भनाइ राख्दै कार्यक्रमस्थलवाट वाहिरीरहेका थिए यत्तिकैमा भरखरै गठन भएको ने क पा माओवादी पाटी नेताको वोल्ने पालो आयो । साँझ परिसकेकाले कार्यक्रममा उपस्थित भएकाहरु पनि पातलिने क्रम वढ्दै थियो । उनले वोल्नुभन्दा अगाडी जिल्ला शिक्षा अधिकारीले जिल्लाको समग्र शिक्षा अवस्थालाइ सुधार्नेवारे २७ वुदै घोषणापत्र सार्ववनिक गनुभएको थियो । तर ती नेताले कार्यक्रममको कुनैपनि विषयवस्तुमा आफ्नो पार्टीको धारणा नराखी आफ्नो पुर्वपार्टी एकिकृत नेकपा माओवादीका जिल्ला नेता र केन्द्रका नेतालाइ गाली गरिरहे । विचरा ती नेताले के के कुरामा असन्तुष्टी भएर हो कुनि अर्को पार्टी मा गएछन तर अहिलेसम्म असन्तुष्टी पोख्ने ठाउ कहि पाएनछन र त्यही कार्यक्रममा पोखे । उनले भाषण गुर्नभन्दा अगाडी जिल्लाको समग्र शिक्षाको अवश्था सुधारका लागी ने क पा माओवादीले रामै्र सल्लाह दिन्छ होला र सुधारमा ने क पा माओवादीले सहयोग र प्रतिवद्धता व्यक्त गर्छ होला भन्ने मैले सोचेको थिए तर अवश्था यस्तो आयो कि म शिक्षा दिवस मनाउने कार्यक्रममा छु कि एकिकृत ने क पा माओवादी विरुद्ध ने क पा माओवादीको भण्डाफोर कार्यक्रममा छु । विषयवस्तु र कार्यक्रमको प्रकृति हेरेर पनि वोल्न