Pages

Subscribe:

Ads 468x60px

कविता : 'अर्धाङगीनी'

सुहागरातको भोलिपल्टै
अर्धाङगिनीको कुमारित्व चोखै राखेर
अनुहारको भावभङ्गिमा समेत प्रष्ट नदेखिने
झिसमिसे उज्यालोमै
आँखामा गहभरि आसु पारेर
विदेशिएको ऊ,
अचेल डिउटीबाटै स्काइपी मा आफ्नी अर्धाङगीनी संग चुम्वन साट्छ
र भन्छ मिस यु बुढी
अर्धाङगीनीसंगको साँझको स्काइप च्याट सम्झिएर
५३ डिग्रीको चर्को घामले निचोरेको पसिना
घाँटीबाट तल झरेको पत्तो नपाउने ऊ
अर्धाङगीनीकै खुसीका लागि विदेशीएको सायद उसकै अर्धाङगीनलाइ
थाहा होला कि नहोला ?
आँखीझ्याल जस्तै प्वालैप्वाल भएको
गुन्यो चोलीमा लेकवेशी गर्दै रहेकी उसकी आमा
विहान बेलुकाको प्रत्येक गाँसमा
छोराको याद गर्दै
त्यही याद भित्र न्यास्रो मेटाउदै
सपना देखिरहेकी छिन
छोराको कमाइ आउला र
हरमै विलाउन आँटेको

झुल जस्तै गुन्युमा एकसरो पर्दा हालौँला भनेर ।
आजकाल ऊ
बालुवामा पसिना मुछेर एक महिनामा पलाएको तनाखाको
आधा हिस्सामा
आमाको गुन्यु फेर्ने सपनामाथी
तुषारापात गराउदै
आफ्नी अर्धाङगीनीको नाम लेखेर आएमइ गर्छ
र स्काइपमा नम्वर टिपाउछ
98765..........!
लिखुरे र दुब्ली अवस्थामा छोडेर गएको
अर्धाङगीनीको सम्झना र प्यासी माया, परदेशको कामले
आधा दुब्लाएको ऊ,
आफुले आएमइ गरेको पैसाले अर्धाङगीनी मोटाएको
सपना देखेर
बालुवाघारीबाट आकाससम्मै पुग्ने गरि चिच्याउदै भन्छ,
अर्धाङगीनी
तिम्रो र मेरो आधा आधा ज्यानलाइ एउटै बनाउन फर्किदैछु अव
आफ्नै गाउँ र आफ्नै घर
तर विडम्वना, उ अझै वेखवर छ सायद
उसकी अर्धाङगीनी यहाँ अर्कै अर्कैसंग
पटक पटक अर्धाङगीनी बन्दै
आफुलाइ चौथाइमै पुर्याइसकि भनेर ।

0 Comments:

Post a Comment