Pages

Subscribe:

Ads 468x60px

महोत्सवमा मुक्तक र गजल : नुन कर्णाली पुर्याइयोस

संविधानवाट ‘संवि’ झिकेर बाँकी रहेको धान सुदुरमा खुवाइयोस
कानुनबाट ‘का’ झिकेर बाँकी रहेको नुन कर्णाली पु¥याइयोस

बरिष्ठ साहित्यकार एवं गीतकार राजेन्द्र थापाले संविधान आउने–नआउने अनिश्चित भइरहको वेला देशको पछिल्लो अवस्थालाइ चित्रण गर्दे धादिङ महोत्सवको चलिरहेको मञ्चबाट यी पंक्तिहरु वाचन गरिरहदा संगै रहेका अन्य अतिथिहरुसंगै दर्शकदिर्घावाट तालीको गडगडाहट आयो । उनी थप्दै थिए : 
नयाँ संविधान कस्तो बन्छ थाछैन, त्यसैले संविधान बन्नुअघि नै
नेपालको ‘ने’ झिकेर बाँकी रहेको पालले सुकुम्वासीको छाना छाइयोस

जनता पुस्तकालय धादिङ र धादिङ सिर्जना प्रतिष्ठानको संयुक्त आयोजनामा धादिङवेशीमा जारी चौथो धादिङ महोत्सवस्थलमा गरिएको विषेश साहित्यिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याइएका थापाले महोत्सव स्थलमा सहभागी दर्शकहरुमाझ लगातार आफ्ना मुक्तक मार्फत नेपालको दुरावस्थालाइ व्यङग्य गरिरहे । अहिलेको समयमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाइ गरिवीसंग जोड्दै उनले व्यङग्य गरे :
दिशामुक्त घोषणा, खान पाए पो दिशा आउने हो
रगत बेचेर रेमिट्यास आए पो दिशा आउने हो
धान ल्याउन गएकाहरु संविधान नै लुटेर भागे
धान फल्ने संविधान ल्याए पो दिशा आउने हो

करिव २० मिनेटमा एक दर्जन भन्दा वढि गजल र मुक्तक सुनाएका थापाले अधिकांश मुक्तकमा देशको शासन....

अल्छी डाँडामा गजल गुन्जिदा...

घाम पश्चिम डाँडामा अस्ताउदै गर्दा पुर्वपट्टिको डाँडावाट जुन एक जुवा माथि आइसकेको थियो । सुखद साँझको कामना गर्दे जव केही युवाहरुको नीलकण्ठ ३ को अल्छीडाँडामा जमघट हुन सुरु भयो तव साँझको चिसो सिरेटोपनि गजल गोधुलीमा घुलेर माहोल तताउन थाल्यो । युवा गजलकार राजकुमार उदासले हलमा गजलको पहिलो शेर छोडे :
गजल गोधुलीमा सहभागीहरु गजलकारहरु
कुरैकुराले आकाश छुने मेरो देश
नारै नाराले विकास हुने मेरो देश

उदासको यो उदासी गजलसंगै धादिङ सिर्जना प्रतिष्ठानले हरेक महिना आयोजना गर्ने गरेको गजल गोधुलीको सुरुवात भयो । हलवाट तालीको पर्रा छुट्न थाल्यो उदास अघि वढ्दै थिए :
समस्याको स्याल देख्दै हात खुट्टा छाडी
सीमा पारी गुहार माग्दै रुने मेरो देश
प्रकृतिको सागरमा पौडी खेल्न छोडी
नालीको पानीले इमान हुने मेरो देश

जव उदासले आफ्नो गजलको अन्तिम शेर सहभागीहरु माझ छोडे लगत्तै नीलकण्ड क्याम्पसका प्राध्यापक एवं गजलकार रामशरण सापकोटाले पनि देशप्रेम भावयुक्त गजल भन्न थाले । गजलमार्फत उनी भन्दै थिए :
म मरेर शान्ति दिप बल्छ भने आमा
मरिदिन्छु शान्तिले देस चल्छ भने आमा
मरुभूमि भैसकेका मयुर नाच्ने डांडा
रगत दिन्छु मलिलो भै गल्छ भने आमा 
अचानोमा मेरो छाती माथि तरबार
गाडीदिनुस अशान्ति चै ढल्छ भने आमा  भन्दै देशप्रेमले ओतप्रोत गजल सापकोटाले टुङयाउदै गर्दा सहभागी सवैको छात्ती ढक्क फुलेको आभास भयो । पछिल्लो समय धादिङको साहित्यिक गतिविधिहरुमा आफ्ना......

घर माइती गर्ने 'देउता'

त्रिपुरा सुन्दरी भगवतीलाइ वेशीको मन्दिरमा लैजादै गर्दाको दृष्य
अघिअघि खैँजडी भजनसँगै नाङ्गो खुडा, खुकुरी र तरबार बोकेका युवाहरु, त्यसपछि दियो, कलश, शंख, घण्ट सहितका भक्तजनहरु, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेरा भित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पुजापाठ र अविर जात्रा गर्दै थिए । एकवर्ष भित्र विभिन्न तीनवटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा बोकेको धादिङको त्रिपुरा सुन्दरी मन्दिरको त्रिपुरासुन्दरीमाईलाइ विहीवार विहान आगिन्चोक गाविस वडा नं १ मा सार्दै गर्दाको दृष्य हो यो ।
 प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नु पर्छ तर सल्यानकोट गाउ विकास समितिको वडा नं ५ मा रहेको त्रिपुरासुन्दरी माइ भगवतीको दर्शन गर्न भक्तजनहरु वाटोमा नै कुरेर वसेका हुन्छन । एकवर्ष भित्र विभिन्न तीनवटा मन्दिरमा लगेर राख्ने र त्यहीँ पुजाआजा गर्ने अनौठो र रोचक परम्परा बोकेको धादिङको त्रिपुरा सुन्दरी मन्दिरको त्रिपुरासुन्दरीमाई विहीवार विहान आगिन्चोक गाविस वडा नं १ मा सारिएको छ ।
वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने परम्परा रहेको यस भगवतीसंग ऐतिहाँसिक किम्वदन्ती जोडिएको पाइन्छ । पृथ्वीनारायण शाहले नुवाकोट एकिकरण गर्न आउदा यही भगवतीको पुजाआजा गरि नुवाकोट विजयको कामना गदै आशिष मागेको र त्यहीवेलादेखि शाहवंशको कुलदेवताको रुपमा मान्दै आएको किवदन्ती छ ।
त्रिपुरा भगवतीको मुल मन्दिर । यो मन्दिरमा त्रिपुरासुन्दरी माइ
भगवतीलाइ वर्षका आठ महिना राखेर पुजा गरिन्छ ।
सल्यानकोटकै स्थानियवासी एवं समाजसेवी गोविन्द कुमार श्रेष्ठले भने, ‘पृथ्वीनारायण शाहको पालादेखि नै यहा मन्दिर स्थापना भएर पुजाआजा चलिआएको हो । यस मन्दिरमा नुवाकोटको विजय पाउनुपुर्व पृथ्वीनारायण शाहले यही पुजाआजा गरेर गएको त्यसपछि राजपरिवारको कुलदेवताको रुपमा पुजा गरिदै आएको छ । राजतन्त्र समाप्तहुनुभन्दा अगाडी हरेक वर्ष राजपरिवारका सदस्यहरु यहाँको मन्दिरमा आउने गरेका थिए ।’
रातभर पुजापाठ गरेर विहीवार बिहानै पुजारीहरुले बोकेर भगवतीकोे मूर्तिलाई गाँउको मन्दिरबाट बेशीको मन्दिर झारेका हुन । देवीको दर्शन गर्न हजारौ भक्तजनले मध्यराती देखि नै बाटो ढुकेर वसेका थिए । उनीहरुले मुर्ति देख्न र छुन नपाएपनि टाढैबाट दर्शन गरि रहेका थिए । वडा दसैँको चतुर्र्थीको दिन दसैँ घरबाट

ओढारमा वस्नेसंग एक घण्टा

भएको वेला स्कुललाइ दान, अहिले ओढारमा वास
वरिपरी थोत्रा लुगा । सम्पतिको नाउमा त्यही थोत्रा लुगा, एउटा छाता र तीन ठाउमा गाँसेका केही जोर पुराना चप्पलहरु अनि अलिअलि घामपानी छेक्ने ओढार । यी थोत्राथात्रीलाइ कपडा र ओढारलाइ नै आफ्ना संसार ठानेर सलाङ गाउ विकास समिति वडा नं ६ को निवुवाटारमा रहेको ओढारमा विगत ५ वर्षदेखि वसिरहेका छन ५७ वर्षिय गोपाल परियार ।
सानै हुदा आफ्ना वावुआमा गुमाएका उनलाइ आफ्नै काकाले अंश नदिएपछि काकासंग अंशमुद्धा जितेर पाएको २ रोपनी जमिनमध्ये १ रोपनी जग्गा सलाङ गाउ विकास समिति वडा नं ५ मैदानमा रहेको पन्चमुखी माद्यमिक विद्यालयलाइ दिएका थिए ।
पछि आफ्नो बावुले लिएको क्रृणका लागि वाँकी रहेको १ रोपनी जमिन पनि साहुले खाइदिएपछि आफ्नो उठीवास लागेको परियारले वताए । तर पन्चमुखी माद्यमिक विद्यालयका शिक्षक डिल्ली प्रसाद पाठकले भने २०३७ साल तिरै उनले विद्यालयलाइ जग्गा दिएको भएपनि त्यसको सट्टा उनलाइ अर्के ठाउमा विद्यालयको जग्गा दिएको वताए ।
साहुले भएको जग्गा पनि खाइदिएपछि गाउँ छोडेर हिडेका परियारले राजधानीमा सेनाको घरमा काम गर्ने वेलामा चितवनकी एउटी केटीसंग विवाह पनि गरेका थिए । तर १ वर्षको काखे छोरो लिएर माइत गएकी श्रीमती फिर्ता नआएपछि भने उनी गाउँ फर्किए । चितवनकी केटी विहे गरेपनि ससुराली एकपटक पनि नगएका उनले
श्रीमती र छोराको त खोजी गरेनन नै, गाउ फर्किएर पनि वस्ने ठाउ नभएपछि निवुवाटारको ओढारलाइ नै घर वनाए । उक्त ओढारमा तीनवर्षसम्म एक्लै वसेका परियारलाइ सलाङकै मगरहरुले आफनै घरमा वस्न आग्रह गरेपछि स्थानिय नेत्र मगरको घरमा १ वर्ष वसे । तर अरुको घरमा वस्नेलाइ आफुले भनेजस्तो सधै कहाँ हुन्थ्यो र । निधार खुम्च्याउदै परियारले भने, ‘घरको काममा सघाएवापत खान लाउन न पाएकै थिएँ तर खेतवारी जोतेको,.....

पाँच गजलहरु

गजल नं २१ : मजा आयो
ओठमाथी ओठ, जोडेपछि मजा आयो
भरोसा र विश्वास, तोडेपछि मजा आयो

स्त्रीगन्धले पुरुष मनलाइ, सर्लक्कै पगाल्दा
अलिsssकति धर्म, छोडेपछि मजा आयो

कोमल यो मेरो हात, डुल्न थाल्यो वगैचामा
फुल टिप्न छेक्ने काँडा, फोडेपछि मजा आयो

उत्तेजनाको आँधी र वेगलाइ, थाम्न नसक्दा
वाँझो वारी मलजल गरी, गोडेपछि मजा आयो

आँखा जुधाउनै सकिन, केहीवेरको युद्धपश्चात
कर्के आँखा तर्दै मुन्टो, मोडेपछि मजा आयो
२०७१/०७/०५

गजल नं २२ : रक्सीको करामत
भट्टीभित्र दिउसै पसी, खाइयो वेसरी
रक्सी पिउनुको आनन्द, पाइयो वेसरी

रक्सी खाएसी गीत फुर्छ, भन्थे साथीभाइ
नशा चढेको मातमा, गाइयो वेसरीे

नपिउदा पटक्कै, गीत गाउन जानियन
झ्याउरे गीतमा जिव्रोलाइ, दाइयो वेसरी

श्रीमान खोज्न जाँदा अरुको वच्चा आइलागेपछि...

असोज २९

झार्लाङ १ का सिर्जना तामाङ पेटमा वच्चा वोकेर आफ्नो श्रीमान खोज्न हिडिन तर आफुलाइ गर्भवती वनाएर हराएका श्रीमान फेला पर्नु त परको कुरा अझ अर्को वालक आफ्नो काँधमा आइलागेपछि उनी समस्यामा परेकी छिन ।
अहिलेसम्म श्रीमानको घर नगएका उनी श्रीमानले घर धादिङकै मैदीमा रहेको मात्र वताएको र अरु केही थाहा नभएको वताइन । पहिलेको श्रीमानले छोडेपछि दोस्रो विहे गरेर दुवैजना मलेसिया गएको वताइन । २ वर्षअघि वैदेशिक रोजगारीको लागि मलेसिया गएका सिर्जना तामाङ गर्भवती भएपछि दुवैजनालाइ कम्पनीले निकालिदिएको सिर्जनाले वताइन । त्यसपछि उनीहरु गृहजिल्ला धादिङ आएका थिए तर धादिङ नआइपुग्दै सिर्जनालाइ गाडीमै छाडेर वेपत्ता भएका उनका श्रीमान सम्पर्कमा आएका छैनन ।
त्यसपछि श्रीमानको खोजीमा राजधानी गएकी सिर्जना तामाङसंग उनीजस्तै श्रीमानले छाडेका एक अधवैशेको संयोगवस भेट भयो । अन्दाजी १२÷१३ महिनाको वच्चा भएकी करिव २० वर्षिय महिलासंग उनीपनि काठमाण्डौको एक होटलमा वसिन तर उनलाइ होटलको नाम र संगै वसेको महिलाको नाम पनि सोधिनन । ‘हामी दुवैको पिडा उस्तै भएकोले संगै वसियो, उनको नाम पनि थाहा छैन र वसेको होटलपनि कुन हो थाहा छैन ।’ नेपाली भाषा राम्रोसंग वोल्न नजान्ने सिर्जनाले तामाङ लवजमा भनिन ।
त्यसपछि ३ दिनसम्म उनीहरु सोही होटलमा संगै वसेको सिर्जनाले वताइन । चौथो दिन मेरो श्रीमानको खवर आफन्तहरुले दिएका छन म पैसा मागेर ल्याउछु होटलको पैसा पनि तिर्नु छ भनेर १ वर्षको छोरो सिर्जनालाइ जिम्मा लगाएर गएकी महिला फर्केर नआएपछि सिर्जनालइ थप समस्या पर्यो ।
त्यसपछि उनी काखमा अरुको बच्चा र गर्भवती शरिर लिएर महिला तथा वालवालिका कार्यलय धादिङको

एउटा फरक जन्मदिन

किरान्चोक २ सल्लेडाँडावाट देखिएको हिमशृङखला ।
असोज २ गते मेरो जन्मदिन । बिहान आमाको हातवाट टिका लगाएर कोठामा आएपछि खाना खादै थिए । कान्तिपुर दैनिकका उपसम्पादक हरिहरसिंह राठौरको फोन आयो, फोनमा आवाज यस्तो थियो – ‘भाइ गजुरीमा प्रहरीले गाँजा नष्ट गर्दै छ रे, जाउँ त्यता ।’ मैले सोचे राजमार्गको कतै बरामद गरेर ल्याएको गाँजा गजुरी प्रहरीले नष्ट गर्न लागेको होला ।

भर्खर खाना खान थालेको थिए, हतार हतार खाइसकेर अघिल्लो दिन टेवलमा राखेको झोला टिपेर निक्लिहाले । बाहिर निक्लनुअघि मलाइ थाहा पनि थियो झोलाभित्रको क्यामेरामा अघिल्लो दिन राख्दा वाँकी रहेको ३० प्रतिशत मात्र चार्ज छ । गजुरी पुगेर आउने न हो किन अर्को व्याट्री लैजाने भनेर चार्जमा राखिरहेको व्याट्री पनि नवोकी निक्ले ।
गजुरी पुगेपछि थाहा भयो, गाँजा फडानी गर्नको लागि २ दिन हिडेर पुगिने किरान्चोकको विकट गाउँमा जानुपर्ने रहेछ । डिएसपी सापले मेरो ड्रेसअप देखेर गाँउमा हिड्न गाह्रो होला, भएदेखि अर्को फिल्ड हिड्न सजिलो हुने कपडा लगाउनुहोला भनेपछि म अचम्मित भए । मलाइ फसाद पर्यो, गाउँ जाने कि नजाने, एक त मेरो ड्रेसअप २÷३ दिनसम्म गाउँमा हिड्न मिल्ने खालको थिएन त्यहीमाथी मैले त्यो दिन साथीहरुलाइ जन्मदिनको खुसी वाँड्न निम्ता गरेको पनि थिए । फोनवाट शुभकामना दिने साथीहरुलाइ साँझपख कोठामा वोलाएको थिए । केही घण्टाको लागि भनेर इलाका प्रहरी कार्यलय गजुरी पुगेको म त्यहा पुगेपछि केही दिनको लागि यात्रा थाल्नुपर्ने भयो ।
मेरो जाने तयारी नै नभएको गुनासो हरिहर दाइलाइ सुनाएपछि आज जहा पुगिन्छ त्यहीवाट आजै फर्कउला भन्नुभयो । थोरै मात्र भएपनि सोही दिन फर्कने आशा राख्दै पिडा गाविस हुदै किरान्चोक लागियो । जव ७० जना प्रहरीको टोली सहित गाडीमा कच्ची सडकको यात्रा थालियो तेतीखेर आज फर्किइदैन भनेर ढुक्क भइसकेको थिए तर मनमा भने निकै उकुसमुकस लागिरह्यो । चार घण्टाको गाडी यात्रा पछि किरान्चोक २ को.....................

"साया" 'समर लभ'को हत्यारा !

‘समर लभ’ उपन्यास लेखेर युवाहरुमाझ निकै चर्चित भएका युवा लेखक सुविन भट्टराइले ‘समर लभ’को सिक्वेल लेख्दैछन भनेर एक वर्ष अगाडीदेखि नै सामाजिक सञ्जालहरुमा हल्ला हुदै आएको थियो । ‘समर लभ’ पढेपछि यसको सिक्वेल नआओस भन्ने चाहेको थिए मैले किनभने मलाइ ‘समर लभ’को दुःखद अन्त्य मन परेको थियो । ‘समर लभ’ पढेर केही त्यस्ता प्रश्नहरु मनमा आएको थियो जसको उत्तर नपाएरै मेरो मन आनन्दित भइरहेको थियो ।
तर ‘समर लभ’को सिक्वेल ‘साया’ को विमोचन हुदैछ भन्ने सुनेर अचम्मित भए किनकी मैले यसभन्दा अगाडी ‘साया’ वारे केही जानकारी पाएको थिइन । विमोचन समारोहमा उपस्थित हुन सायोको निम्तो सहित एउटा राष्ट्रिय दैनिकमा कितावको कभर पेजको डिजाइन पनि छापिएपछि मलाइ पनि पढ्न मन लाग्यो ।
किताव विमोचन हुनु एक दिन अघि नै धादिङ स्टेशनरीमा किताव पनि आइपुग्यो तर आफ्नो अगाडी किताव हुदा पनि किन्न पाइन । किताव विमोचन हुनु अगाडी व्यवसायिक रुपमा कितावको विक्री वितरण गर्न नपाउने व्यवसायिक धर्मका कारण कितावको बाहिरी आवरण हेरेर त्यो दिन फर्के । किताव विमोचनको भोलीपल्ट एक राष्ट्रिय दैनिकमा विमोचन समारोहमा उपस्थितिको सङ्ख्या हेर्दा पनि म अचम्मित भए त्यसो त विमोचन समारोहको भिडियो फुटेज सामाजिक सञ्जालहरुमा पनि आइसकेको थियो ।
मैले पनि किताव पढे । किताव पढ्न सुरु गरेपछि उपन्यासका पात्रहरुवीचको अनेक सम्वाद, व्यङग्य, भावुकता र मायाप्रेमको शव्दले गर्दा छुटटै मजा आयो तर मैले ‘समर लभ’ पढेर जे चाहेको थिइन त्यसको सवै उत्तर ‘साया’मा भेटेपछि मन खिन्न भयो । एक हिसावले भन्ने हो भने मेरो लागि ‘साया’ समर लभको हत्यारा बनेर आयो ।
‘समर लभ’को अत्याधिक चर्चा भएपछि सुविन भट्टराइले फेसवुक पेजमा ‘समर लभ’को सिक्वेल लेखु कि नलेखु भनेर स्टाटस राखेका थिए । त्यहा मेरो कमेन्ट थियो – “नलेख्नु, किनकी सिक्वेल आयो भने ‘समर लभ’ मर्छ ।” ठीक त्यस्तै लाग्यो मलाइ मलाइ ‘साया’ पढेपछि ।
‘समर लभ’ र ‘साया’ दुवैलाइ एकै साथ जोडेर तुलना गर्ने हो भने हिजोआज बन्ने गरेको नेपाली फिल्मसंग ठ्याक्कै मेल खान्छ । नेपाली फिल्मको कथा जुन कोणवाट लेखेपनि पनि सुरुमा हिरो हिरोइन देखा पर्दछ, उनीहरु एउटै कलेजमा पढ्छन, लभ पर्छ तर उनीहरुवीचको प्रेम परिवारलाइ स्वीकार्य हुदैन । अनि उनीहरु

पाँच गजलहरु

गजल नं १६ : कस्तो कस्तो जिन्दगी
रवर टास्न प्रयोग भाको ग्लू जस्तो जिन्दगी
सुगुँर खोरमा फैलीइको फ्लु जस्तो जिन्दगी

मर्नु भन्दा जिन्दगीका विकल्पहरु धेरै नै छन
सामान्यज्ञानमा दिइएको, क्लु जस्तो जिन्दगी

धेरै ठाउ भौतारिए जिन्दगीका रंग खोज्न
फिका रहेछ रङग, आकाशे व्लु जस्तो जिन्दगी

सारा संसार शुन्य लाग्छ मरुभुमी जस्तो
कपाल झर्या हजुरवाको तक्लु जस्तो जिन्दगी
२०७०/०४/२३


गजल नं १७ : सपनामा तिमी
यो मनमा खै के को, तलतल भैरा'छ
तिमिलाइ नै सम्झीएर, हलचल भैरा'छ

सपनीमा तिमिसंगै लडिवुढि खेलेको देख्दा
विपनीमा त्यही सम्झी, खलखल भैराछ

कटवालको आत्मकथा : केही सत्य र केही भ्रम

साउनको सुरुवाती दिनहरुमा नै विभिन्न सामाजिक संन्जालमार्फत पुर्व प्रधान सेनापति रुक्माङगत कटवालको आत्मकथा आउदै छ भन्ने चर्चा सुनियो । तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग टकराव भएकै कारण प्रचण्ड सत्ता नै छा्ड्न वाध्य भएकाले पनि उनको आत्मकथामा केही त्यस्ता रोचक कुराहरु नै छन होला भन्ने लाग्यो र समय मिलाएर पढ्ने विचार गरे । यस विचमा विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकामा छापिएका पुस्तकअंशले पनि आत्मकथा पढ्नको लागि प्रेरित गरायो ।
ट्वीटर लगायत समाजिक संन्जालमा आत्मकथा प्रकाशित भएकै दिनदेखि उनले आत्मकथामा आफ्नो अहमपनाको वढि व्याख्या गरेका छन भनेर आलोचना सूरु भइसकेको थियो । कतिले नेपाली सेना भनेको कटवाल र कटवाल भनैकै नेपाली सेना हो भन्ने जस्ता अर्थ पनि लगाए । यस वीचमा मैले पनि उनको आत्मकथाको पहिलो अध्याय १६ दिने लडाँइ पढ्न भ्याइसकेको थिए । मलाइ पनि लाग्यो उनले आत्मकथाभरि आफ्नो मपाइत्वको खुवै बखान गरेका रहेछन । पुस्तक प्रकाशित भएको साता त ट्वीटर खोल्यो, कटवालकै अहमताको आलोचना गरिएको ट्वीटहरु मात्र देखिन्थे । मलाइ पनि पहिलो अध्याय पढिसक्दा उनको अहमता अलि वढी नै भएजस्तो लाग्यो तर सवै पुस्तक पढिसक्दा भने त्यस्तो लागेन ।
९ वर्षको उमेरमा राजा महेन्द्रको हात समातेर काठमाण्डौ छिरेको ओखलढुङगाको एउटा फुच्चे सारा विश्वले प्रशंसा गरेको नेपालीे सेनाको प्रधानसेनापति वन्न सफल भएको घटनाक्रम कम रोचक छैन, भलै उनले आफ्नै आत्मकथामा आफ्नै गुणगान वढि नै गाएका किन नहुन ।
अमेरिकाको रेन्जर तालिममा हवाइजहाजवाट प्याराजम्प हान्दा पुर्नजीवन पाएको कुरा देखि, हङकङमा शाही नेपाली सम्पर्क अधिकारीको रुपमा काम गर्न गएको वेला हङकङलाइ रिझाएर आफ्नो कार्यलयलाइ कुटनितिक नियोगको मान्यता दिलाउन सफल कटवालको खुवीलाइ पनि मान्नै पर्छ ।
उनले आत्मकथामा घुमाउरो पारामा गणतन्त्र ल्याउनमा मेरो ठुलो हात छ भनेपनि राजाको गुणगान गाएर र........

गजल नं १५ : उसैलाइ सोध

विहेपछि अन्तै नाता जोड्नेलाइ नै सोध
१ महिना मै आफ्नै श्रीमान छोड्नेलाइ नै सोध

सात जुनीको कसम खाथे सात फेरा जग्गे घुमी
महिना दिनमै वाचा कसम तोड्नेलाइ नै सोध

अग्नी सुर्य साक्षी राख्या पवित्र त्यो लगनगाँठो
अर्कै छानी त्यै गाठोलाइ फोड्नेलाइ नै सोध

कुल घरानको फुर्ती लाउथी विहे अघिसम्म
इज्जत वेची पाइला अन्तै मोड्नेलाइ नै सोध

हराभरा पार्छु भन्थ्यो वाँझो भयो हेर्दा हेर्दै
यता वझाँइ उता वाली गोड्नेलाइ नै सोध

____________________2071/01/31

आमा, माफ गर !

तिम्रो कोखवाट
यस धर्तीमा पाइला राखेर च्याहाँ गर्दा
प्रसव वेदनाको छट्पटाहटमा पनि
उज्यालो मुहार लाएर खुसी भएका थियौ
मेरो आगमनमा
तर माफ गर आमा
मैले तिम्रो त्यो खुसीलाइ कायम राख्न सकिन

भविष्यको आडिलो भरोसाका लागि
तातो घाम र तेलमा खराएर
दरिलो वनाउदै अरुका साभु उभिन सिकायौ
तर माफ गर आमा
कामको वोझले तिमि ठाडो उभिन नसक्दा पनि
तिम्रो सहारा वन्न सकिन ।

अजङगको घाँसको भारी माथी
असारको चिप्लोवाटो र चर्को घाममा
तर तरी पसिना चुहाउदै हिडेको वेला पनि
तिम्रो मायामा पुलपुलिएर
मैले हिड्न नसकेको नाटक गर्दा
पछिको सुख सम्झेर

गजल नं १४ : माया लाउन सिकायौ

नाई हुन्न भन्दा भन्दै माया लाउन सिकायौ
सुख मात्र थाहा थियो दुःख पाउन सिकायौ

साझ विहान झम्के साझमा हिड्ने वानी थिएन
तिम्लाइ भेट्ने वहानामा पार्क धाउन सिकायौ

सोझो मान्छे सोझै कुरा लप्पनछप्पन जान्दिनथे
हुदा हुदै आइ लभ यु का भाका गाउन सिकायौ

सुख्खा याममा लाइयो माया, हरीयाली पार्नलाइ
हिउदमा पनि हिलो आली गोरु साउन सिकायौ

हिजोसम्म एक्लै थिए, लठावज्रे चाला थियो
तिमि आयौ मायाको धुरी छाउन सिकायौ
_________________________२०७१/०१/०५

धादिङ जिल्लाकै पहिलो होम स्टे : खाल्टेको गुरुङ गाउ (भिडियो सहित)

गाउँमा आउने पाहुनालाई स्वागत र सत्कार गर्दै आफ्नो संस्कृति, भेषभूषा र चालचलनबाट आनन्दित तुल्याउनु होम स्टेको एउटा सुन्दर पक्ष हो । यही पक्षलाइ अनुसरण गर्दे धादिङ जिल्लाको नमूना गाउँ विकास समिति मध्येमा पर्ने खाल्टेको होमस्टे व्यवसायिक रुपमा सूरुवात भएको पनि अहिले सात वर्ष पुगिसकेको छ तर उचित प्रचार प्रशार र भौतिक पुर्वाधारहरु पर्याप्त नहुदा यो ओझेलमा परेको छ ।
समुद्री सतहवाट १३५० मिटरको उचाइमा रहेको यो गुरुङ गाउमा सन २००७ देखि होम स्टे सन्चालनमा आएको हो । होम स्टेका लागि नेपालकै चर्चित लमजुङ्गको घले गाउँसँग पनि तुलना गरिने यस गाउँमा होमस्टे व्यावसाय सुरु भएको यत्तिका समयसम्म पनि होमस्टे व्यवसायले खासै गति लिन सकेको छैन । सातवर्षको अवधिलाई हेर्ने हो भने सरदर वार्षिक १ सय देखि १ सय ५० सम्म विदेशी पर्यटक र १ सयको हाराहारीमा स्वदेशी पर्यटक आउने गरेको होमस्टे सञ्चालक शेर वहादुर गुरुङ वताउनुहुन्छ ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट ९ किलोमिटर मात्र टाढा रहेको यस गाउँमा सातवटा तला भएको चमेरे गुफा, प्राचिन मुद्रा र मल्लकालिन हातहतियारहरु पाइने नारनडाँडा, प्राचिन महिला वौद्धगुरु (झुमा) हरुले नुहाउने गरेको कुमारीधारा, लामाभाषाका गुरु पद्यसम्भवको आकृति र भोटे भाषामा लेखिएको मन्त्रहरु रहेको ......

परदेशीलाइ पत्र

किरण वावु भट्टराइ

परदेशैमा वसे हुन्छ नफर्कनु गाउँ
बिर्से हुन्छ अब तिम्ले जन्मिएको ठाउँ

धन् कमाउँछु भन्दै तिम्ले आफ्नै माटो छोड्यौ
भन्देउ आज घर त्यागेर पैसा कती जोड्यौ

गाउँमै छँदा भन्थ्यौ मलाई खुशी छैन याहाँ
बताउ आज कुन भाउमा हाँसो किन्छौ त्याहा

गाउँका झुत्रे साथीसंगी के को याद आउँथ्यो
पेप्सी पाउँदा मुलपानीको के को झल्को लाउँथ्यो

फेर्नु अब नेपालीपन बोक्ने आफ्नै नाउँ
बिर्से हुन्छ अब तिम्ले जन्मिएको ठाउ

दशैँ आउँदा टिका लाउने बाबा उतै होलान्
आशिष दिने पुज्य बुढी आमा उतै होलान्..........

गाउ घरको सम्झना

कसलाइ मन लाग्दो होला जन्म ठाउ छोडन
वाध्यतामा परेपछि पर्दो रैछ पाइला मोड्न

कोप्या, भीरखेत, चौँडिला, वाझो भाको धेरै भयो
डुम्रिवोटे र तिलिङगेले पानी नपाइ वर्खा गयो

पारीपटि र मासवारीमा गन्दे फुलेर ढाक्या छरे
टिप्ने मान्छे कोही छैनन कोदो वोटमै पाक्या छरे

घरमा पनि आमा सधै मेरै वाटो हेर्ने
उनको पनि धोको थियो नयाँ चोली फेर्ने 

गाइवाख्रा नि नास्रिसके हवाँ म्या गर्छन अरे
मेरो गोठालो कता गयो भन्दै आँखा तर्छन अरे

धेरै आसु वगिसक्यो गाउ घरको सम्झनामा
अव त गाउ फर्कि आउ भनिराछिन आमा

कति वस्नु गाउ घर सम्झी जान्छु वरु उतै
खनी खोस्री पाखोवारी सुन फलाउछु जताततै

हामीले नगरे कसले गर्ने ?

गत विहीवार धादिङवेशी पुछारवजार चोकमा एक नौलो दृष्य देखियो । सेतो गन्जी र सेतो हाफ पाइन्ट लगाएका, मास्क, टोपी, पन्जा, कालो चश्मा अनि जुत्ता लगाएका एक अधवैशे व्यक्ति पुछारवजार चोकका घर आगन र सडक वढारिरहेका थिए । उनको लवाइ हेर्दा लाग्थ्यो उनी वर्डफ्लु नियन्त्रण अभियान का सदस्य हुन तर हातमा कुचो वोकेर उनी पुछारवजार चोकको घरअगाडी वढारिरहेका थिए । आफ्नो गन्तव्यमा हिडिरहेका व्यक्तीहरु पनि एकछिन टक्क उभिएर उनको गतिविधि नियालीरहेका थिए । उनको गतिविधि हेर्दा जो कोही पनि उनलाइ मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन भनेर सहजै अनुमान लगाउन सक्थे किनभने उनी एकसुरले सडकमा भएका फोहोरमैला र घर आगनका पेटी वढारिरहेका थिए । मैले पनि उनको गतिविधि एकछिन सडकमै उभिएर हेरीरहे । उनको लुगा लगाएको तरिका, वढार्ने शैली हेर्दा पक्केै पनि उनी पागल होइनन भन्ने लाग्यो र उनीनजिकै गएर कुरा गर्न खोजे तर पनि अप्ठ्यारो लाग्यो र साथी शंकर श्रेष्ठलाइ वोलाएर उनीसंग कुरा गर्न थाले । उनी रहेछन किर्तिपुर १ ठामवहाल काठमाण्डौका होेटल व्यवसायी राजमान महर्जन । 
काठमाण्डौको किर्तिपुरमा रहेको नेवाः लहना रेष्टुरेण्टका म्यानेजिङ डिरेक्टर राजमानले यसरी नै घुमेर देशभरका मुख्य शहरका चोकचोकमा पुगेर वढारिसकेका रहेछन । उनीहरु टोलवासी मिलेर किर्तिपुर १...............

कतै पानीपानी, कतै तीनघण्टा लगाएर लिन जानी !

देशभर लोडसेडिङले जनतालाइ पिरोलीरहेको अवस्थामा धादिङको महादेवस्थानमा संचालन गरिएको लघु जलविद्युत परियोजनाले भने दोहोरो खुसी ल्याइदिएको छ । लघु जलविद्युत परियोजनावाट विद्युत सेवा त उपभोग गर्न पाएका छन नै त्यसावाट सिंचाइको सुविधा पनि प्राप्त भएपछि कष्टकर जीवनयापन गर्दै आएका महादेवस्थान गाविस वडा नं १ को कलाङ्गाका बासिन्दाहरुको दैनिक जीवनशैलीमा परिवर्तन ल्याइदिएको छ ।
गाउँमा लघु जलविद्युतमार्फत विजुली बत्ती र सिँचाइको सुविधा पुगेपछि महादेवस्थान गाविस वडा नं १ को कलाङ्गाका बासिन्दाहरुको जीवनस्तरमा सुधार भएको छ । न्यु इनर्जी ग्रुपको प्राविधिक र ग्रामिण जिविकोपार्जनका लागि उर्जा तथा वातावरण कार्यक्रमको आर्थिक सहयोगमा यो सुविधा पुगेपछि कलाङ्गाबासीको जीवनस्तर उकासिँएको हो । गाउँमा सिञ्चाइ सुविधा पुगेपछि पहिले कोदो मकै मात्र लगाउने किसानहरुले तरकारी खेती गर्न थालेका छन् । तरकारी खेती सुरु गरेपछि दैनिक गुजारा चलाउन समेत उनीहरुलाई सजिलो भएको छ ।
सिंचाइ सुविधा प्राप्त हुनु अगाडि मकै र कोदो गरी दुइ बाली लाग्ने यहाँको जमिनमा अहिले जताततै तरकारी खेती गरिएको छ । सिञ्चाइ सुविधा नहुँदा ६ महिना भन्दा खान नपुग्ने जमिनमा सिञ्चाइ सुविधा पुगेपछि तरकारी खेतीमार्फत  राम्रो आम्दानी गरेको उनीहरुको भनाई छ ।
करिब १२ लाख रुपैँयाको लगानीमा गत जेष्ठ देखी सुरु भएको थोपा सिञ्चाइ र लघुजलविद्युत परियोजनाले यहाँका बासिन्दाहरुको जीवनस्तर उकास्न सहयोग पु¥याएको छ । 
२३ घरधुरी रहेको यस गाउँका १ सय ५९ जनाले प्रत्यक्ष रुपमा यस परियोजनाबाट लाभ लिइरहेका छन । गाउँ भन्दा तल रहेको पानीको मुहानबाट १ सय २० मिटर माथि पानी तानेर यहाँको १ सय ४ रोपनी जमिनलाई सिञ्चित गरिएको छ । चेपाङ्गहरुको बाहुल्यता रहेको यस गाउ“मा परियोजना सञ्चाल....................

रामवहादुर भण्डारी भर्सेस रविन्द्र प्रताप शाह

तात्कालिन जनयुद्धको क्रममा जनसेनाहरु सगै राम बहादुर भण्डारी । संगै तस्बिरको
दाँयामा सैनिकपोसाक लगाउने भण्डारी का  जेठा छोरा सुभाश भण्डारी हुन र बाँया मा
सैनिक पोसाक लगाउने महिला सरस्वती पाण्डे हुन । दुबै जना जनयुद्द का क्रममा शहीद
भैसकेका छन । तस्विर : Subas Thapaliya को फेसवुकवाट साभार

















































 
 

गत मंसिर चार गते भएको संविधान सभाको चुनावको चर्चा अझैपनि सेलाएको छैन । त्यसैमाथी राजनितिक
दलहरुले पाएको मतको आधारमा छानिने समानुपातिका सभाषद यसैसाता मात्र छानिएपछि त झन राजनितिले देश तातेको छ यतिखेर । विभिन्न दलहरुले देशभरिवाट पाएको जम्मा मतको आधारमा निर्वाचन आयोगले तोकेअनुसारको समानुपातिक सभाषद छान्न ९१ सिट जितेको नेपाली काङग्रेस देखि १ सिट जितेको पार्टीलाइ पनि हम्मे हम्मे पर्यो । विभिन्न विरोध र असन्तुष्टिका स्वरहरुका वावजुत दलहरुले समानुपातिक सभाषदका सुचि त वुझाए लगत्तै विरोधका समाचारहरु आउन थाले । कतिले आफ्नै पार्टी कार्यलयमा तालावन्दी गरे, कतिले केन्द्रिय नेतालाइ जिल्लामा प्रवेश निषेध देखि कतिपय ठाउमा आफ्नै पार्टी कायर्लय समेत जलाए । समानुपातिक सभाषद चयनको असर अन्य जिल्लामा भन्दा धादिङको एमाओवादीमा देखियो । २०६४ सालको निर्वाचनमा धादिङवाट तिन क्षेत्र मै विजय हासिल गरेको एमाओवादीले यसपालीको निर्वाचनमा तिन वटै क्षेत्रमा पराजय वेहोर्यो । यद्यपी धादिङवाट समानुपातिकको वन्द सुचिमा परेका जिल्ला सहइन्चार्ज रामवहादुर भण्डारी र नेपालका पत्रकार महासंघ केन्द्रिय समितिका महासचिव ओम शर्मा मध्ये.....