Pages

Subscribe:

Ads 468x60px

पाँच गजलहरु

गजल नं १६ : कस्तो कस्तो जिन्दगी
रवर टास्न प्रयोग भाको ग्लू जस्तो जिन्दगी
सुगुँर खोरमा फैलीइको फ्लु जस्तो जिन्दगी

मर्नु भन्दा जिन्दगीका विकल्पहरु धेरै नै छन
सामान्यज्ञानमा दिइएको, क्लु जस्तो जिन्दगी

धेरै ठाउ भौतारिए जिन्दगीका रंग खोज्न
फिका रहेछ रङग, आकाशे व्लु जस्तो जिन्दगी

सारा संसार शुन्य लाग्छ मरुभुमी जस्तो
कपाल झर्या हजुरवाको तक्लु जस्तो जिन्दगी
२०७०/०४/२३


गजल नं १७ : सपनामा तिमी
यो मनमा खै के को, तलतल भैरा'छ
तिमिलाइ नै सम्झीएर, हलचल भैरा'छ

सपनीमा तिमिसंगै लडिवुढि खेलेको देख्दा
विपनीमा त्यही सम्झी, खलखल भैराछ


तिम्रो हात च्याप्प समाइ ज्यान थाम्न खोज्छु
नारायणी झै वगीहाल्छु, सलसल भैरा'छ

तिमिसंगै रसरङ गर्ने कत्ति चाह थियो
झल्यास्स हुन्छु तिम्रो याद पलपल भैरा'छ
२०७०/०४/२५


गजल नं १८ : माया गर्ने तरिका
हात काटेर हुदैन प्रेम
ज्यान साटेर हुदैन प्रेम

प्रेम त मन्मा हुन्छ अरे
गाला चाटेर हुदैन प्रेम

विश्वास गर्न जान्नुपर्छ
आफैलाइ ढाँटेर हुदैन प्रेम

गाँठो फुकाउनु सिक्नुपर्छ
डोरी वाटेर हुदैन प्रेम
२०७०/०५/०२


गजल नं १८ : रुप र चरित्र
कोइला आखिर कोइलानै हो, कमेरोमा दलेपनि
चरित्र त खत्तम रैछ, सुन्दरताले वलेपनि

सव्का सामु रेट तोक्छौ, इज्जतको कुनै वाल छैन
तिम्रो भाउ वढ्नेछैन, सुनकै वोटमा फलेपनि

वाउआमालाइ मर्नु हुन्छ, तिम्रो हर्कत थाहा पाउदा
एकदिन पर्दा खस्छ नानी, अहिले आँखा छलेपनि

भित्रभित्रै सडिसक्यौ, वाहिर अत्तर छरी हिड्छौ
तिमलाइ सवले ...... भन्छन, त्यही अत्तरले ढलेपनि
२०७१/३/५


गजल नं २० : तिम्रो र मेरो चौतारी
साँझ परेसी हामी भेट हुन्थ्यौँ त्यही चौतारीमा
भविष्यका मिठा योजना वुन्थ्यौँ त्यही चौतारीमा

घरमा गाली गर्ने गर्थे, उनी र म संंगै हिड्दा
भोलीपल्ट भेट भइ रुन्थ्यौँ त्यही चौतारीमा

कहिले म गाउने गर्थे कहिले उनी गाउथिन
पिरतीका गीतहरु सुन्थ्यौँ त्यही चौतारीमा

उनलाइ मलाइ छुटाउन आफन्तैले बार हाल्दा
अवरोध र गाँठोहरुलाइ फुन्थ्याँै त्यही चौतारीमा

कहिलेकाँही ठाकठुक पथ्र्यो सानातिना कुरामा
मनभित्रका कैलौमैलौ धुन्थ्यौँ त्यही चौतारीमा

रात परेको ख्याल हुन्नथ्यो चौतारीमा संगै वस्दा
एकर्काको मनले मनलाइ छुन्थ्याँ त्यही चौतारीमा
२०७१/०४/१६

0 Comments:

Post a Comment