Pages

Subscribe:

Ads 468x60px

गजल नं १३ : दुलही चाहिएन !

अहिलेसम्म कोहीको लागि, कसम खाइएन
मनले खाको जस्तो केटी, कही पाइएन

आफनी मान्छे वनाउन, लभ पार्नुपर्नै
आइ लभ युका भाकाहरु, केही गाइएन

घरमा चाहिने वाउआमालाइ, कुल घरान की
इमान इज्जत भाको खोज्न, कही धाइएन

न कसैलाइ मन पराए, न कसैले मन परायो
अहिलेसम्म कोही केटीको, मनमा छाइएन ।

एक्लो जीवन विन्दास जीवन, किन दुख भोग्ने
दुनिया कष्ट भोग्नुभन्दा, दुलही चाहिएन
________________________२०७००८१९

त्रिपुरासुन्दरीमाइ : भगवती एक-मन्दिर अनेक

मंसिर २०, धादिङ ।
अघि/अघि पञ्चेबाजा सँगै नाङ्गो खुडा, खुकुरी र तरबार बाकेका युवाहरु, त्यसपछि दियो, कलश, शंख, घण्ट सहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेरा भित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पुजापाठ र अविर जात्रा गर्दै थिए । प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नु पर्छ । तर यहाँ बाटोमै बसेर भक्तजनहरु त्रिपुरा सुन्दरी भगवतीको दर्शन गर्दै थिए । एकवर्ष भित्र विभिन्न मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा बाकेको धादिङको त्रिपुरा सुन्दरी मन्दिरको त्रिपुरासुन्दरीमाई बुधबार विहान जिल्लाको उत्तरी क्षेत्र सल्यानकोट गाविस–५ बाट आगिन्चोक गाविस–१ सारिएको दृथ्य हो यो ।
रातभर पुजा पाठ गरेर बुधबार बिहानै पुजारीहरुले बोकेर सुन्दरीको मूर्तिलाई गाँउको मन्दिरबाट बेशीको मन्दिर झारेका हुन् । देवीको दर्शन गर्न करिब सात हजार भक्तजनले मध्यराती देखि नै बाटो ढुके । उनीहरुले मुर्ति देख्न र छुन नपाएपनि टाढैबाट दर्शन गरि रहेका थिए । वडा दसैँको चतुर्थीको दिन पूर्व तर्फ दसैँ घरबाट मुल मन्दिर सल्यानकोट सारिएको मुर्तिलाई बुधबार विहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा........