Pages

Subscribe:

Ads 468x60px

त्रिपुरासुन्दरीमाइ : भगवती एक-मन्दिर अनेक

मंसिर २०, धादिङ ।
अघि/अघि पञ्चेबाजा सँगै नाङ्गो खुडा, खुकुरी र तरबार बाकेका युवाहरु, त्यसपछि दियो, कलश, शंख, घण्ट सहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेरा भित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पुजापाठ र अविर जात्रा गर्दै थिए । प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नु पर्छ । तर यहाँ बाटोमै बसेर भक्तजनहरु त्रिपुरा सुन्दरी भगवतीको दर्शन गर्दै थिए । एकवर्ष भित्र विभिन्न मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा बाकेको धादिङको त्रिपुरा सुन्दरी मन्दिरको त्रिपुरासुन्दरीमाई बुधबार विहान जिल्लाको उत्तरी क्षेत्र सल्यानकोट गाविस–५ बाट आगिन्चोक गाविस–१ सारिएको दृथ्य हो यो ।
रातभर पुजा पाठ गरेर बुधबार बिहानै पुजारीहरुले बोकेर सुन्दरीको मूर्तिलाई गाँउको मन्दिरबाट बेशीको मन्दिर झारेका हुन् । देवीको दर्शन गर्न करिब सात हजार भक्तजनले मध्यराती देखि नै बाटो ढुके । उनीहरुले मुर्ति देख्न र छुन नपाएपनि टाढैबाट दर्शन गरि रहेका थिए । वडा दसैँको चतुर्थीको दिन पूर्व तर्फ दसैँ घरबाट मुल मन्दिर सल्यानकोट सारिएको मुर्तिलाई बुधबार विहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा........
सारिएको हो । रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीहरुले त्रिपुरा सुन्दरी भगवतीको मूर्तिलाई आफ्नो पिठ्युमा बोकेका थिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने पुजा समितिका सदस्य बासु तिमिल्सिनाले वताउनुभयो । त्रिपुरा सुन्दरीको मुर्तीलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने प्रचलन रहिआएको छ । यी तीन थरीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुल ढोका बाटै भगवतीलाई पुजा–आजा गर्नुपर्ने नियम छ । विवाहित नेपाली नारीले धेरैजसो समय आफनो कर्मघरमा विताउनुपर्ने, दशैंतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकोले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईलाई तुलना गरिएको पाइन्छ । सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ । मंसिर देखि चैत्रसम्म भगवतीलाई आगिन्चोक गाविस स्थित बेसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीको रुपमा चिनिन्छ । सल्यानकोट गाविसकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिना भन्दा बढी समय भगवतीलाई त्यही पुजाआजा गरिने स्थानियबासीले जानकारी वताउछन । हरेक वर्ष मंसीर महिनाको विशेष तिथिमा भगवतीलाई गाउँको मन्दिरबाट बेसीको मन्दिरमा पु¥याइने गरिन्छ । भगवतीलाइ वेशीको मन्दिरमा पुर्याइसकेपछि भगवतीको गुठीमा उत्पादित चामलको न्वागी भगवतीलाई खुवाउने र भक्तजनलाई प्रसादका रुपमा वितरण गर्ने परम्परा रही आएको छ । नेपालमा राजतन्त्र हुन्जेलसम्म हरेक वर्ष राजपरिवारको नाममा मुल पुजा गरिदै आएको र राजतन्त्रको अन्त्य पश्चात नेपाल सरकार र र नेपालीको नाममा पुजा गर्न थालिएको मन्दिरका पुजारी अर्जुन प्रसाद सापकोटाले वताउनुभयो ।
धादिङ जिल्लाका सल्यानकोट, त्रिपुरेश्वर, कटुञ्जे, सल्यानटार ज्यामरुङ, चैनपूर, मुरलीभन्ज्याङ नीलकण्ठ, फुलखर्क, गुम्दी, बसेरी, बुढाथुम लगायतका गाविस र छिमेकी जिल्ला गोरखा र नुवाकोटका भक्तजनहरुले बाटोमा नै भगवतीको दर्शन र पुजापाठ गरेका थिए । नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राती सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । राजधानी काठमाण्डौंबाट सडकमार्ग हुँदै झण्डै ७ घण्टामै यो मन्दिर पुगिने भएपनि त्यो मन्दिर र यहाँको रोचक प्रचलनको बारेमा उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको छ । सरकारी तवरवाट नै यसको प्रचार प्रसारमा सहयोग पु¥याउने हो भने ऐतिहाँसिक र सास्कृतिक महत्व वोकेको त्रिपुरा सुन्दरीमाइ एउटा पर्यटकिय गन्तव्य वन्ने निश्चित छ ।

0 Comments:

Post a Comment