Pages

Subscribe:

Ads 468x60px

जितवहादुरले नहारेको जनयुद्ध : "मलाया एक्सप्रेस !"

पछिल्लो समय नेपाली साहित्यको वजारमा आख्यान क्षेत्रले दह्रो उपस्थिति जनाएको छ । पत्रकारदेखि व्यापारी र शिक्षकहरुले पनि आख्यानको क्षेत्रमा हात हालेका छन । यसैविचमा कान्तिपुर दैनिकका समाचार डेस्क सम्पादक अखण्ड भण्डारीले पनि “मलाया एक्सप्रेस”को गाडी छुटाए साहित्यको वजारमा । त्यसो त उनीभन्दा केही दिनपछि उनकै पत्रिकाका सम्पादक सुधीर शर्माले पनि खोजमुलक कृति "प्रयोगशाला" सार्वजनिक गरेका थिए ।
हुन त वजारमा आएका कितावहरु पढ्ने वानी मेरो त्यति धेरै छैन । अलि नाम चलेका र ख्याती कमाएका व्यक्तिहरुले लेखेका कितावहरुचाही पढौँपढौँ लाग्छ । यही विचमा कान्तिपुरका दुइ ठुला पत्रकारको किताव वजारमा आयो । दुवै पढौँपढौँ लाग्यो । पुस्तक पसलमा गए, खल्तीमा भएको पैसाले पहिला मलाया एक्सप्रेस चाही प्राथमिकतामा पर्यो ।
कान्तिपुर दैनिकमा हरेक आइतवार भ्वाइस अफ द भ्वाइसलेस स्तम्भ लेख्ने अखण्ड भण्डारीको कितावको गाता हेर्ने वित्तिकै विदेशिएको नेपालीको कथा छ भनेर अनुमान लगाउन गाह्रो परेन । मैले सोचे, भण्डारीले कुनै एक भ्वाइसलेस नेपालीको भ्वाइसलाइ किताव वनाएर ल्याएका छन होला । पुरै पुस्तक पढिसक्दा मेरो अनुमान पनि फरक खाएन ।  “मलाया एक्सप्रेस” तत्कालिन जनयुद्धमा होमीएर अहिले भ्वाइसलेस भएका जनसेनाहरु जो माओवदीवाट नै उपेक्षित भएका छन तिनिहरुको भ्वाइस भएर आएको छ ।
वास्तवमा पछिल्लो समयमा अधिकांश नेपालीहरुको रोजगारको गतव्य खाडी मुलुक नै पर्दछ । नेपालीहरुले त्यहा दुःख, कष्ट र पिडा धेरै नै सहेर काम गर्दै आएका छन । यस्तै पिडालाइ कथामा उनेर सर्लक कितावको रुप दिएका रहेछन भण्डारीले । हुन त यो भन्दा अगाडी पनि नेपालीहरुको दुःख, पिडा र कष्टहरुको वारेमा समाचार र फिचरहरु नआएका होइनन् । तर उनको कितावले विदेशमा काम गर्न जाँदा आफन्तहरुवाटै ठगिनुपरेको देखि विदेशमा पनि नेपालीहरुवाटै ठगिनुपरेको उदाहरणलाइ प्रस्ट रुपमा दर्शाएको छ । वैदेशिक रोजगारीमा.........................
जान लागेका नेपालीहरुले एकपटक यो किताव पढे भने अवश्य झस्कनेछन :- “कतै मैले पनि जितवहादुरकै हालत त भोग्नुपर्नेछैन ।”
मानिस विदेश पठाउने नाममा च्याउसरी खुलेका म्यानपावर कम्पनीहरुको छलकपट र दलालीहरुको झुटा आश्वासनले गर्दा कयौ नेपालीहरु विदेशमा ठगिनुपरेको छ । नेपालीहरु को वाट कसरी ठगिइरहेका छन भनेर मलाया एक्सप्रेसले छर्लङ पारेको छ । परदेशमा कसैलाइ पनि नजिकको मान्छे ठान्नु वेकार हुदो रहेछ । नेपालीहरुलाइ नेपाली ले नै दलाली गरेर वेचेको पढ्नुपर्दा मन साह्रै भक्कानिन्छ । नेपालीहरु विदेशमा पनि नेपालीवाट नै कसरी ठगिएका छन भन्ने सचित्र उदाहरण भेटिन्छ मलाया एक्सप्रेसमा ।
अनि अर्कोतर्फ टन्न पैसा कमाउने कल्पनामा विदेशिन वाध्य गरिव नेपालीको घरको अवस्था पनि निकै मार्मिक पाराले प्रस्तुत गरिएको छ, मलाया एक्सप्रेसमा । जतिसुकै कष्ट सहनुपरेपनि सहनशील भएर वाच्न सकने नारीको रुपमा भगवती उभिएकी छिन । प्राकिृतिक विपत्तीले चार छोरा गुमाउन पुगेकी भगवतीले फेरी जनयुद्ध नामक कृत्रिम विपत्तिवाट अर्का १ छोरा, १ छोरी र श्रीमान गुमाउदा कुन नेपालीको आखा ओभानो वस्न सक्छ र । धन्य छिन भगवती, परिवारमा तेत्रो विपत्ति आइलाग्दा पनि धैर्यता र साहस वटुलेर जितवहादुरको उज्जवल भविष्यको कामना गर्दै दिन रात वगाएको आँसुले जरायोटारलाइ सिञ्चित गर्दै वसिन् ।
श्रीमान विदेशिएपछि हाम्रो समाजमा नारीलाइ हेर्ने दृष्किोण कस्तो छ भनेर पनि थाहा पाउन सकिन्छ मलाया एक्सप्रेसमा । कथित सहयोगको नाटक रचेर श्रीमान विदेशिएका श्रीमतीलाइ गिद्धे दृष्टि लगाउने नरपिचासहरुको चरित्रलाइ पनि उदाङगो पारेको छ यसले । अनि जतिसुकै शिक्षित भएपनि वाध्यतामा परेपछि मानिस सहज रुपमा वेचिनसक्दो रहेछ भन्ने उदाहरण पनि छर्लङग वनाएको छ मलाया एक्सपेसले ।
पुस्तकमा जस्तै देशमा पनि अहिले जरायोटारका जितवहादुर जस्ता अरु कयौ जितवहादुरहरु विदेशी भुमिमा जितवहादुरले जस्तै जिवन भोगिरहेका छन अनि डेनिस जस्ता फटाहा डम्वरप्रसादहरुले चाही सिङगो देश चलाइरहेको छन । मलाया एक्सप्रेसले १२ वर्षे जनयुद्ध पछिको समग्र नेपालीको कथा वोकेको पाए मैले । जनयुद्धकालमा परिवार र ज्यान नभनि युद्ध लडेका माओवादीका जनसेनाहरु अहिले कि जितवहादुर वनेर विदेशमा छन, कि त स्वदेशमै रोजगारीका लागी उ वेलामा वुर्जुवा शिक्षा भन्दै आफैले डढाएका र च्यातेका प्रमाणपत्रका प्रतिलिपि निकाल्न भौतारीरहेका छन । एकपटक यो किताव १२ वर्षे जनआन्दोलनको नेतृत्व गर्ने प्रचण्ड, लालध्वज र किरणले पढे भने जितवहादुर जस्ता सच्चा कार्यकर्ताको नाउमा अरु केही गर्न नसकेपनि २ थोपा वनावटी आसु चाही पक्कै खसाल्नेछन ।
समग्रमा भन्नुपर्दा मलाया एक्सप्रेसमा एउटा कर्मविर नेपाली जितवहादुरको कथा छ । जतिसुकै कष्ट र वाधा अवरोध आइपरेपनि हरेस नखाने वीर नेपालीको कथा छ । विग्रिसकेको परिवारलाइ फेरी सपार्न सक्ने कुशल, मिहेनती र परिश्रमीको कथा छ । त्यसकारण लेखक स्वयमले कितावमा भनेका छन : “युद्ध भोगिस, विदेश चाखिस, प्रिया गुमाइस र पनि जितवहादुर ! तैले जितिस ।”
भविष्यमा मलाया एक्सप्रेस साहित्यको क्षेत्रमा भन्दा पनि वैदेशिक रोजगारीमा जान लागेका अरु कयौ जितवहादुरहरुका लागी रेफरेन्स नोटवुकको रुपमा प्रयोगमा आउनेछ । जनयुद्धको आलो घाउमा मलम लगाउन नपाएपछि सुन्दर र सृुखी परिवारको कल्पना गर्दै विदेशी भुमिमा रगत र पसिना वगाउन पुगेका जितवहादुर जस्ता लाखौ नेपालीको ऐतिहासिक दस्तावेजको रुपमा मलाया एक्सप्रेस जीवन्त भएर वस्नेछ ।

3 Comments: