Pages

Subscribe:

Ads 468x60px

हामी जिम्मेवार कहिले वन्ने ?

"जनतालाइ समाचार र विचारहरुद्वारा सूसुचित गराउनु पत्रकारको मुल जिम्मेवारी हो । गलत आसय र आचरणका लागी पत्रकारीताको दुरुपयोग गर्नु हुदैन।" यो कुरा गत साउन ११ र १२ गते हेटौडामा सञ्चालित जिम्मेवार र उत्तरदायी पत्रकारीता विषयक कार्यशालामा उठेको कुरा थियो । उक्त कार्यशालामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको तर्फवाट म र सानुवावु तिमल्सेना सहभागी भएका थियौ । कार्यशालामा सहभागी भएपश्चात त्यहा उठेका कुराहरु र मेरा मनमा लागेका कुराहरु समेटेर यो व्लग लेख्न मन लाग्यो । 
वास्तवमै भन्नुपर्दा हाम्रो नेपालको पत्रकारीता कत्तिको जिम्मेवार छ त ? नेपाली पत्रकारहरु कत्तिको उत्तरदायी छन त ? नेपालको पत्रकारीता इतिहासमा यो कुरा धेरै पहिलेदेखि उठिरहेको छ । शरदचन्द्र वस्तीेको भनाइ अनुसार ः– “अहिले नेपालको पत्रकारीता चकचके वच्चाले घडिको घण्टा सुइ झिकिदिएको जस्तै छ, घडिको तलपट्टिको लुङग्रो चाही हल्लिएको हल्लियै छ तर समय चाही कहिले नै देखाउदैन । पत्रकारीता गरेको गरै छ तर योगदान खोइ त ?” यो कुरा एकदमै चित्त वुझ्यो । २० वर्ष, ३० वर्ष पत्रकारीता गरेको भनेर गफ लाउछन अनि उसको पत्रकारीता देश र समाजप्रति कत्तिको उत्तरदायी र जिम्मेवार रह्यो त भनेर हिसाव गर्ने हो भने शुन्य देखिन्छ, केही अपवाद वाहेक ।
हामी नेपालको पत्रकारलाइ धेरै काम गर्न छुट दिएको छ । पत्रकारीता गर्दै गर्दा कसैले वाधा अवरोध गरेमा र प्रश्नचिन्ह उठाएमा  हामी देशको चौथो अङग भनेर छाती फुलाएर विरोध गर्न पछि पर्दैनौ । चाहे हाम्रो पत्रकारीता किन गलत नहोस । हाम्रो पत्रकारीताको विषयमा क्रिया प्रतिक्रिया गर्न जुनसुकै नागरिकलाइ पनि छुट हुन्छ, तर कसैले औला उठाएर प्रश्न गरेमा हामी त्यसको प्रतिवाद गरी स्वतन्त्र पत्रकारीतामा हस्तक्षेप भयो भनिहाल्छौ । अहिलेसम्म हामी विरुद्ध र हाम्रो पत्रकारीताको विषय विरुद्ध उजुरी नपरेकैले हामी फुर्तिका.............................
साथ हिड्छौ र वोल्छौ । नेपालको पत्रकारीता यस्तो मोडमा पुगिसकेको छ की कोही कसैले उजुरीमात्र गर्यो भने हाम्रो वनवास हुन सक्छ ।
हामीले गरेको पत्रकारीता सकेसम्म गलत र झुटो नहोस भन्ने हो तर कहिलकाही भुलवस गल्ती हुन जान्छ । तर नेपालको परिप्रेक्षमा हेरेर भन्ने हो भने धेरै जसो गल्ती भेटिन्छ तर गल्ती भएको कुरामा पनि गल्ती भयो भनेर माफी माग्ने चलन छैन, यहा पनि अपवादको रुपमा केही मिडिया हाउसहरु आउन सक्छन । तर सवैले गल्ती अनुसार माफी मागेको पाइदैन । माफी मागी हालेमा पनि पहिलो पेजमा भएको गल्तीलाइ पाचौ पेजको एउटा कुनामा लगेर यति गतेको समाचारमा अन्यथा भएकाले क्षमाप्रार्थी छौ भनेर झारा तिरेजस्तो गरी माफी माग्ने चलन छ । विदेशको तिरको क्षमा माग्ने परम्परालाइ हेर्ने हो भने जुन पेजमा गल्ती भएको छ त्यही पेजमा उत्रै अक्षरमा तिन दिनसम्म माफी माग्ने गरेको पाइन्छ । तर अदालतमा मुद्धा परिहाल्यो भनेचाह माफी मागेर मात्र पनि सुख पाईदैन ।
समाचारका प्रयोग गरिएको एउटा सानो शव्दको गल्तीले कत्तिको असर पुर्याउछ भनेर प्रसस्त उदाहरणहरु छन । भारतमा इन्दिरा गान्धीको हत्या हुदा अल इण्डिया रेडियोले तत्काल व्रेकिङ न्युज दियो “शिख गार्डद्वारा इन्दिरा गान्धीको हत्या” भनेर । यो समाचार प्रशारण हुने वित्तिकै भारतभर १ घण्टा भित्र ३०० जना शिख समुदायका व्यक्ती मारिए । समाचारमा जानेर वा नजानेर प्रयोग गरिएका शव्दहरुले कत्तिको असर पार्दछ भन्ने यो राम्रो उदाहरण हो । इन्दिरा गान्धीको हत्या गर्ने गार्ड शिख समुदायकै थियो तर समाचारमा शिख जोड्नाले शिख समुदायप्रति वितृष्णा पैदा भएर १ घण्टामा अरु ३०० निर्दोष शिखले ज्यान गुमाउनु पर्यो ।
वि वि सीले एउटा कार्यक्रम तयार पार्यो । उक्त कार्यक्रममा समावेश गरिएको पिडित भनिएको व्यक्ति नक्कली परेछ । कार्यक्रम प्रशारण पछि वास्तविक पिडीतले दावी गर्दा वि वि सी को उक्त कार्यक्रम नै वन्द हुन पुग्यो । कार्यक्रम वन्द मात्र हैन सवै कर्मचारीहरु निलम्वनमा परे भने डाइरेक्टरको जागीर नै गयो । 
त्यसो त हामीले पनि गल्ती नगरेका होइनौ । पत्रिकामा नग्न फोटो छापिएपछि नायिका श्रीषा कार्की ले आत्महत्या गरिन । आत्महत्या प्रकरणमा पत्रिकाका सम्पादक मुछिए तर सम्पादक भुमिगत भएर हिडे । ३५ दिनसम्म भुमिगत भएर त्यसपछि फुर्तीका साथ मैले जे गरे ठिकै गरे भन्नुको साटो अगाडी नै आफ्नो समाचारको स्रोत र समाचारलाइ पुष्टि गराउन सकेको भए ती सम्पादकको पनि पत्रकारीता जिम्मेवार वन्न सक्थ्यो होला ।
मैले लेखेको समाचारहरुमा गल्ती भएर थुप्रै हैरानी वेहोर्नुपरेको छ । एउटा समाचारमा त आरोपी हुनुपर्ने ठाउमा अपराधी हुदा मलाइ घाँटी काटेरै मारिदिने सम्मको धम्की खेप्नुपर्यो ।
हामीले हाम्रो पत्रकारीतामा कत्तिको लापरवाही गर्न थाल्यौ भने कुनै घटनाको पिडितको नाम नवताउने वहानामा उसको सातपुस्ताको खोतलखालत गरेर गाउ टोल र घर नम्वर नै खुलाएर लेख्छौ । जसले गर्दा पिडितले झन पिडा पाएको हुन्छ । हामीले हाम्रो पत्रकारीतालाइ अव यो तर्फवाट पनि सोच्नुपर्ने वेला भइसेको छ । 
पत्रकार आचारसंहिता अनुसार पत्रकारले राष्ट्रिय अखण्डता विरुद्ध  वोल्न र लेख्न नपाइने छ त्यसो त कुनैपनि नागरिकले राष्ट्रिय अखण्डता विरुद्ध वोल्न पाइदैन तर कुनै नेताले देशद्रोहको कुरा गर्यो भने नेपालका छापा मिडिया हरु रङगी विरङगी कुराहरु थपेर झन हाइलाइट गरेर ठुला ठुला अक्षरमा छाप्छन । अझ टेलिभिजनले त झन डाङडाङ र डुङडुङ थपेर मानौ आज ठुलै भुकप्प आउदैछ जस्तो गरी समाचार वजाउछ ।
हामीले कुनै अपराधीक घटनाक्रममको समाचार वनायौ भने सवै वेलिविस्तार लगाएर समाचार वनाउछौ जसले गर्दा त्यसैको सिको गर्दै फेरी अर्को अपराध र अपराधी जन्मन सक्छ । यस विषयमा पनि हामीले विचार पु¥याउनुपर्ने हुन्छ । 
हामी कतिसम्म गैर जिम्मेवार भइसेको छौ भने यस्तै पारामा अघि वढ्दै गयौ भने आफ्नो समवेदना आफै पढ्नुपर्ने पनि दिन आउन सक्छ । व्यवसायीकताको नाममा कसैले दिएको भरमा हामीले जिउदै मान्छेको पनि समवेदना छापेको छौ । पुलिस रिपोर्ट र प्रमाणीत नभएसम्म समवेदना छाप्न नमिल्ने व्यवस्था नगरेसम्म हामी विज्ञापन र व्यवसायीकताको नाममा यस्ता खाले गल्तीहरु गर्दै जान्छौ ।
एउटै शव्द जसले व्यक्ति समाज र सिङगो देश लाइ उथलपुथल पार्न सक्छ त्यस्ता कुरालाइ ध्यानमा राखी हामीले समाचार लेख्ने गरौ । गलत रिपोर्टिङ गर्ने पत्रकारलाइ कारवाहीको दायरामा ल्याउने गरौ अनि मात्र हाम्रो पत्रकारीता जिम्मेवार र पत्रकार समाजप्रति उत्तरदायी वन्न सक्छ ।

0 Comments:

Post a Comment