Pages

Subscribe:

Ads 468x60px

धान मकै र कोदो वेचेर शिक्षकलाइ तलव !

सरकारी विद्यालय भन्ने वित्तिकै सूरुमा कुरा आउछ शिक्षकले सरकारी तलव खाएर पढाउने विद्यालय तर धादिङको एउटा सरकारी विद्यालयमा भने शिक्षकले सरकारवाट हैन अन्नपात वेचेर तलव खादै आएका छन । धादिङको खाल्टे गाउ विकास समिति वडा नं १ मा रहेको शंखादेवी माद्यमिक विद्यालय जसले गत वर्षदेखि माद्यमिक विद्यालय सन्चालन सुरु गर्यो र गएको एस एल सी परीक्षामा ९४ प्रतिशत विद्यार्थी पनि उर्तीण गराउन सफल भयो । अन्य सरकारी विद्यालयको तुलनामा निकै नै राम्रो नजिजा ल्याएको विद्यालयमा अहिले शिक्षकहरुलाइ तलव खुवाउन पनि समस्या पर्न थालेको छ । यसको प्रष्ट कारण हो सरकारी दरवन्दीका शिक्षकहरु नहुनु । माद्यमिक तह संचालन गरेको विद्यालयमा अहिले प्राथमिक दरवन्दीका ३ जना शिक्षक वाहेर अरु कुनै सरकारी राहत र दरवन्दीका शिक्षकहरु छैनन ।  गाउ वरपर नजिकै अरु माद्यमिक विद्यालय विद्यालय नहुदा आफ्ना वालवालिकाहरुको भविष्य प्रति चिन्ता व्यक्त गर्दै त्यहीका अभिभावकहरुले साहसका साथ अरु १२ जना निजी स्रोतवाट तलव खुवाउने गरी शिक्षक राखेर माद्यमिक तह सुरु गरे ।
तर धेरै शिक्षक निजी श्रोतबाट राख्नुपर्दा विद्यालयलाई ठूलो आर्थिक समस्या पर्दै गएको विद्यालयका प्रधानाध्यापक नेमवहादुर गुरुङले वताउनुभयो । मा वि तह सुरु गर्दा नै उनीहरु लाइ लागेको थियो यसलाइ निरन्तरता दिने कसरी ? तर त्यही भयो अहिले आएर शिक्षकहरुलाइ तलव खुवाउननै मुस्किल पर्यो । त्यसपछी फेरी विद्यार्थीहरु र अभिभावकहरु नै जुटे विद्यालयलाइ जोगाउन । चरम आर्थिक संकट पर्दा पनि कहि कतै वाट सहयोग जुटाउन नसकेपछिअभिभावकहरु आफैँ अगाडि सरेर अनुकरणीय कार्य गरेका छन् । आफ्ना बालबालिका पढ्ने विद्यालयको वर्षौ देखि रहेको आर्थिक समस्या हटाउनको लागि शिक्षक विद्यार्थीको सहयोगमा अभिभावकहरु स्वयम नै सक्रियताका साथ लागेका हुन् । विद्यालयको आर्थिक समस्या हटाउँदै विद्यालयको शिक्षाको गुणस्तर वृद्धिको र..........

निरन्तरताको लागि उनीहरुले गाउँमा अन्न संकलन अभियानको थालनी गरेका हुन् । विद्यालयमा खड्किएको आर्थिक समस्या हल गर्नको लागि “शिक्षा नै जीवन हो, दान नै धर्म हो, विद्यालयको विकास यो अभियानको मर्म हो” भन्ने नाराका साथ अभिभावकहरुले अन्न संकलन सुरु गरेका हुन ।
गत वर्षदेखि माध्यमिक विद्यालयको अनुमति लिइ सञ्चालन थालनी गरेको यस विद्यालयलाई कुनैपनि सरकारी तथा गैरसरकारी निकायको सहयोग प्राप्त नभएपछि यस्तो अभियानको सुरु गरिएको अभिभावकहरुको भनाइ छ । विद्यालयमा रहेका १२ जना शिक्षकलाइ निजि स्रोतवाट तलव खुवाउनु पर्ने भएकाले आर्थिक संकटका कारण शिक्षकहरुलाइ तलव खुवाउन समस्या परेकोले अन्न संकलन गरेर त्यसलाइ वेचेर नगद जम्मा गरि तलव खुवाउन अन्न संकलन अभियान सुरु गरिएको अभिभावक छक्कली गुरुङले वताउनुभयो । विद्यालयमा अहिलेसम्म करिब बीस मुरी धान, मकै र कोदो लगायतको अन्न संकलन भइसकेको छ ।

नजिकै मा वि तहका विद्यालयहरु नभएकाले आफ्ना छोराछोरीको उज्वल भविष्यको लागी जोखिम मोलेरै भएपनि निजि स्रोतवाट अहिले मा वि तह संचालन गरिएको र आगामी दिनमा मावि लाइ निरन्तरता दिन ज्ञान महायज्ञ सम्मका कार्यक्रमहरु गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम वहादुर गुरुङ वताउनुहुन्छ । २०१७ सालमा स्थापित विद्यालयमा हाल ३५० जना विद्यार्थीहरु अध्ययनरत छन ।

0 Comments:

Post a Comment