Pages

Subscribe:

Ads 468x60px

‘विसाउन पाएनन बर्दी’

प्रहरी हबल्दार सुदर्शन हुमागाइ
महादेववेशी टिपर ठक्करकाण्ड
महादेववेशी (धादिङ) : जिल्ला प्रहरी कार्यलय धादिङ मातहत महादेववेशीको प्रहरी चौकी मा कार्यरत काभ्रे जिल्ला शङखु गाउँ विकास समितिका प्रहरी हवल्दार सुदर्शन हुमागाइ एक इमान्दार र कर्तब्यनिष्ट प्रहरीको रुपमा चिनिएका थिए । महादेवबेशीको चौकीमा रही विगत ५ वर्षअघिदेखि नागरिकको सेवामा खटिदै आएका हुमागाइ विहीवार डिउटी गर्दा गर्दैको समयमा संसारबाटै विदा भए ।
प्रहरी सेवामा काम गरेर पेन्सन पकाइसकेका हुमागाइ दशैं पछाडि जागिर छाड्ने मनस्थितिमा रहेको उनका सहकर्मीहरुले बताए तर उनले जागिर छाड्नुभन्दा पहिले नै डिउटीबाटै सधैका लागि संसार छाडेर गएपछि महादेववेशीबासी दुःखीत भएका छन । महादेववेशी बासीहरुका सामु इमान्दार छवि बनाएका हुमागाइ विहीवार पनि सडक दुर्घटना भएको ठाउँमा पुगेर प्रहरी मुचुल्का तयार पार्दे थिए । एउटा दुर्घटनाको घाइेतहरुको उद्धार र घटना विवरण तयार पार्दापादै अर्को दुर्घटनाको सिकार बनेर हुमागाइ बर्दीसहित संसारबाटै विदा भए ।विहीबार साँझ ६ बजेतिर काठमाण्डौबाट चितवनको लागि जाँदै गरेको बा २ ख ४१३१ नम्वरको हायसमाइक्रो बसले महादेववेशी बजारमा सडक छेउमै रहेको सडक विभागको गाडीलाइ ठक्कर दिएपछि माइक्रोमा सवार केही ब्यक्तिहरु घाइते भए । तत्काल घाइतेहरुको उद्धार गर्न पुगेका हुमागाइ लगायत अन्य प्रहरीहरु घाइतेहरुको उद्धार पश्चात घटनाको विस्तृत विवरण संकलन गर्दै गर्दा गजुरीबाट नौविसेतर्फ जाँदै गरको टिपर काल बनेर आएको उनले पत्तै पाएनन ।