Pages

Subscribe:

Ads 468x60px

‘जन्म दिने बाबुआमा नै अधर्मी भएपछि’

खाल्टे (धादिङ) : ज्यानमा लगाएको टिसर्ट नधोएको पनि एक महिना भइसक्यो होला । धुलो र हिलो ले मैलो देखिएको टिसर्टमा लेखिएको छ, ‘आइ लभ नेपाल’ । तर अन्दाजी ९ र ७ वर्ष जतिका लाग्ने यी बालकलाइ न त टि–सर्टमा लेखिएको ‘आइ लभ नेपाल’को अर्थ थाहा छ, न त अर्थै थाहा नभएपनि उनले ‘लभ’ गरिरहेको नेपालले उनीहरुलाइ गरेको विभेदको बारेमा थाहा छ । धेरै पढेर ठुलो मान्छे बन्ने सपना त यी अवोध दुइ बालकहरुको मनमा पनि थियो होला तर त्यो सपना आफ्नै बाबुआमाले भताभुङग पारेर बेपत्ता भइदिएपछि यतिखेर खाल्टे गाउँ विकास समिति वडा नं ६ फ्याक्सेमा बालकहरु अन्धकार र अन्योल भविष्यका बीच बसिरहेका छन ।
करिव १० बर्षअघि जन्मिएका बालकहरुको अभिभावक नै अधर्मी भइदिएपछि न अहिलेसम्म यीनीहरुको नाम राख्न सकिएको छ, न त थरको नै टुङगो । जन्मदिने आमा बाबु नै ले अलपत्र छोडेर वेपत्ता भइदिएपछि अहिले यी बालबलिकालाइ ठुलीआमाले (ममी कि दिदी) रुविना श्रेष्ठले संरक्षण दिदै आएकी छिन । आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेपनि काठमाण्डौमा अलपत्र परेका यी २ बालबालिकालाइ दुःख गरेरै भएपनि अहिले एैचोपैचोको भरमा पालिरहेकी छिन रुविनाले । अन्दाजी ९ वर्ष र ७ वर्षका यी २ वालकहरुलाइ गाउलेहरुले नै नाम राखिदिएका छन सुमन र सुदीप । आमाबाबु नै बेपत्ता भइदिएपछि यीनीहरुको जन्मदर्ता नै हुन सकेको छैन । अहिले ठुलीआमाको संरक्षणमा रहेका यी अवोध बालकहरुको भविष्य अन्धकारमा धकेलिएको छ ।
करिव १० वर्षअघि खाल्टे गाउँ विकास समिति वडा नं ६ की विना श्रेष्ठले राजमार्गको होटलमा काम गर्ने शिलशिलामा घरपरिवारको सल्लाहविना त्यही काम गर्ने एक अपरिचित युवकसंग विहे गरिन । दाम्पत्य जीवन राम्रैसंग चलिरहको बेला उनीहरुको २ छोरा पनि भयो । एकाएक काम गरेको ठाउँबाट विनाकी श्रीमान बेपत्ता भइदिए । श्रीमानको घरपरिवारको कुनै पत्तो नभएकाले श्रीमानले छाडेर हिडेपछि विनाको दुःखका दिनहरु सुरु भए । श्रीमान बेपत्ता भएपछि उनी माइतीको सम्पर्कमा आइन । होटलको कामले बालबच्चा पाल्न र गुजारा गर्न पनि नसक्ने भएपछि उनी विदेश जाने सोचमा पुगिन । साथमा रहेको २ वालबच्चा विदेश पठाउने

स–सना बालबालिकाका ठुला–ठुला काम


साना कक्षामा पढ्दै गर्दा सदरमुकाम धादिङवेशीका विभिन्न विद्यालयका अध्ययन गरिरहेका केही सक्रिय बालबालिकाहरु मिलेर एउटा क्लव स्थापना गरे ‘चाइल्ड युनिटि’ । बालबालिकाहरुको सस्था भएपनि भुकम्प पछि उनीहरुले गरेका कामहरु भने कुनै आइएनजीओको भन्दा कम छैन ।
बैशाख १२ गतेको विनाशकारी भुकम्प गएको बेला उनीहरु काठमाण्डौको विभिन्न इन्स्टिच्युटहरुमा उच्च शिक्षा अध्ययन गर्नको लागि व्रिज कोर्श गर्दै थिए । भुकम्प गयो, देशभर त्यसले ठुलो विनाश निम्त्यायो । सुरुमा त उनीहरु परिवारको सम्पर्कमा आए त्यसपछि साथीभाइको खोजी भयो । काठमाण्डौमा विभिन्न ठाउँमा छरिएर रहेका उनीहरुलाइ काठमाण्डौको विनाश र ऐतिहाँसिक संरचनाहरुमा पुगेको क्षति भन्दा पनि आफु जन्मेको र हुर्केको गाउँ ठाउँ धादिङमा के भयो होला भन्ने सोच आयो र सम्पर्कमा आएका साथीहरु सहित १३ गते नै धादिङवेशी आइपुगे । जव धादिङवेशी आइपुगे उच्च शिक्षा अध्ययन गर्नको लागि काठमाण्डौ जाँदा सकुशल छोडेर गएको धादिङवेशी पहिले जस्तो थिएन । जताततै भत्किएका संरचना, अस्पतालमा घाइतेहरुको असरल्ल, संचारसम्पर्क र विद्युत सेवा विच्छेद । यी सवैथोक विनाशकारी भुकम्पका कारण भएको थियो । विभिन्न संघ सस्थाका स्वयंसेवकहरु घाइतेहरुको उपचारको लागि र उद्धारको लागि खटिरहेका बेला उनीहरुले भने बैशाख १४ गतेदेखि नै सदरमुकाम धादिङवेशीको बीचबजारमा निशुल्क सार्वजनिक टेलिफोन सेवा सुचारु गरे । भुकम्पका कारण भौतिक संचरनाहरु ध्वस्त भएपछि विद्युत र मोवाइल सेवा ठप्प भएको थियो । स्थानिय मेरो क्याफेको ल्याण्डलाइन फोनलाइ सडकमा नै ल्याएर निशुल्क फोन गर्ने सुविधा सुरु गरे । चाल्ड युनिटिका सदस्य नविना मिँयाले भनिन, ‘घरपरिवारबाटा टाढा रहेका र भुकम्प पछि घरपरिवारमा सम्पर्क गर्न नसकेका ५ सय भन्दा बढी ब्यक्तिहरुलाइ हामीले निशुल्क टेलिफोन गर्ने ब्यवस्था मिलायौँ । मोवाइलमा टावर थिएन, बत्ती थिएन । हामीले सडकबाटै निशुल्क फोन गर्ने सुविधा दिँदा परिवारमा समपर्क गर्न नसकेर छट्पटिएर रहेको कतिपय मानिसहरु खुसी भएर पैसा पनि सहयोग दिन्थे तर हामीले लिएनौँ ।’ १२ गतेको भुकम्पको विनाशपछि १६ गतेसम्म उनीहरुले सडकबाटै निशुल्क टेलिफोन सेवा दिइरहे । ७÷८ कक्षा पढ्दादेखि नै गुरुहरु र अग्रज दाजुहरुको सल्लाहमा ‘समृद्ध धादिङ’ (Better Dhading) को परिकल्पना गरेर खाजा खर्च जोगाएर जम्मा भएको पैसाले विद्यालय तथा टोलहरुमा जनचेतनामुलक विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको थिए । १७ गतेदेखि मोवाइल नेटवर्क र विद्युत सेवा सुचारु भएपछि निशुल्क टेलिफोन सेवा बन्द गरेर उनीहरु जिल्ला अस्पतालमा सहयोग गर्न गए । १२ गतेको विनाशकारी भुकम्प र त्यसपछि लगातार आइरहेको पराकम्पनका कारण कोहीपनि घरभित्र सुत्न सकेका थिएनन । सदरमुकाम आसपासका खाली चौरहरु त्रिपाल