Pages

Subscribe:

Ads 468x60px

‘जन्म दिने बाबुआमा नै अधर्मी भएपछि’

खाल्टे (धादिङ) : ज्यानमा लगाएको टिसर्ट नधोएको पनि एक महिना भइसक्यो होला । धुलो र हिलो ले मैलो देखिएको टिसर्टमा लेखिएको छ, ‘आइ लभ नेपाल’ । तर अन्दाजी ९ र ७ वर्ष जतिका लाग्ने यी बालकलाइ न त टि–सर्टमा लेखिएको ‘आइ लभ नेपाल’को अर्थ थाहा छ, न त अर्थै थाहा नभएपनि उनले ‘लभ’ गरिरहेको नेपालले उनीहरुलाइ गरेको विभेदको बारेमा थाहा छ । धेरै पढेर ठुलो मान्छे बन्ने सपना त यी अवोध दुइ बालकहरुको मनमा पनि थियो होला तर त्यो सपना आफ्नै बाबुआमाले भताभुङग पारेर बेपत्ता भइदिएपछि यतिखेर खाल्टे गाउँ विकास समिति वडा नं ६ फ्याक्सेमा बालकहरु अन्धकार र अन्योल भविष्यका बीच बसिरहेका छन ।
करिव १० बर्षअघि जन्मिएका बालकहरुको अभिभावक नै अधर्मी भइदिएपछि न अहिलेसम्म यीनीहरुको नाम राख्न सकिएको छ, न त थरको नै टुङगो । जन्मदिने आमा बाबु नै ले अलपत्र छोडेर वेपत्ता भइदिएपछि अहिले यी बालबलिकालाइ ठुलीआमाले (ममी कि दिदी) रुविना श्रेष्ठले संरक्षण दिदै आएकी छिन । आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेपनि काठमाण्डौमा अलपत्र परेका यी २ बालबालिकालाइ दुःख गरेरै भएपनि अहिले एैचोपैचोको भरमा पालिरहेकी छिन रुविनाले । अन्दाजी ९ वर्ष र ७ वर्षका यी २ वालकहरुलाइ गाउलेहरुले नै नाम राखिदिएका छन सुमन र सुदीप । आमाबाबु नै बेपत्ता भइदिएपछि यीनीहरुको जन्मदर्ता नै हुन सकेको छैन । अहिले ठुलीआमाको संरक्षणमा रहेका यी अवोध बालकहरुको भविष्य अन्धकारमा धकेलिएको छ ।
करिव १० वर्षअघि खाल्टे गाउँ विकास समिति वडा नं ६ की विना श्रेष्ठले राजमार्गको होटलमा काम गर्ने शिलशिलामा घरपरिवारको सल्लाहविना त्यही काम गर्ने एक अपरिचित युवकसंग विहे गरिन । दाम्पत्य जीवन राम्रैसंग चलिरहको बेला उनीहरुको २ छोरा पनि भयो । एकाएक काम गरेको ठाउँबाट विनाकी श्रीमान बेपत्ता भइदिए । श्रीमानको घरपरिवारको कुनै पत्तो नभएकाले श्रीमानले छाडेर हिडेपछि विनाको दुःखका दिनहरु सुरु भए । श्रीमान बेपत्ता भएपछि उनी माइतीको सम्पर्कमा आइन । होटलको कामले बालबच्चा पाल्न र गुजारा गर्न पनि नसक्ने भएपछि उनी विदेश जाने सोचमा पुगिन । साथमा रहेको २ वालबच्चा विदेश पठाउने
एजेन्टको जिम्मामा छोडेर परिवारको सल्लाहविना नै विना विदेश त गइन तर आफ्ना २ छोराहरुलाइ एजेन्टको मा नै अलपत्र छाडेर ।
विदेश गएर पनि परिवारको सम्पर्कमा नआएपछि काठमाण्डौँमा अलपत्र छाडेर आमा बेपत्ता भएकी यी २ वालकलाइ ठुलीममी रुविनाले गाउँमा ल्याएर पालनपोषण गर्न थालिन । आफ्नो घरको आर्थिक अवस्थाले यी २ वालबालिकाहरुलाइ पालनपोषण गर्न नसक्ने भएपछि रुविना बालबकल्याण समितिको सम्पर्कमा आइन । अभिभावकहरुको नै टुङगो नलागेपछि बालकहरुलाइ सरक्षण गृहमा पठाउने योजना बाल कल्याण समितिले बनायो तर जन्मदर्ता नै हुन नसकेपछि अहिले बालबालिकाहरु ठुलीआमाको साथमा नै रहेका छन । रुविनाले भनिन, ‘काठमाण्डौँमा अलपत्र परेको खवर सुनेपछि साहै्र माया लाग्यो र आँफै पाल्छु भनेर ल्याए तर  मायाँ लागेर मात्र हुँदो रहेनछ । एक त आँफै कसरी गुजारा चलाउने भनेर अन्योलमा छु । यीनीहरुलाइ मैले पेटभरि पनि खान दिन सकिन भने मलाइ झन ठुलो पाप लाग्छ भनेर यीनीहरुको उद्धार होस भनी बालसरंक्षण गृहमा पठाउन जिल्ला बाल कल्याण समितिमा गएँ, तर जन्मदर्ता हुन नसकेर सवै काम रोकिएको छ ।’ आफ्नो घरको अवस्था पनि कमजोर रहेकाले जन्मदर्ता मात्रै बनाउन सकेपनि कमसेकम पेटभरि खानलाउन दिने मान्छेको जिम्मा लगाएर पठाउन सकिदेखी यी बालकहरुको उद्धार हुने ठुलोममी रुविना श्रेष्ठले बताइन । पढाइमा पनि अब्बल रहेका यी २ बालकहरु अहिले गाउँ नजिकैको पञ्चकन्या माद्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन । तर रेखदेख गर्ने र पालनपोषण गर्ने परिवारकै टुङगो नहुँदा यिनिहरु विद्यालय पनि नियमित रुपमा जाँदैनन । बिद्यालयका शिक्षक नयन केसीले भने, ‘यी २ बालकहरुमध्ये दाइ पढाइमा एकदमै तेजिलो छन तर पढाइमा जति नै तेजिलो भएपनि जन्मदर्ता त हुन नसकेपछि यी बालबालिकाको नागरिकता कसरी बन्ला ? कक्षा चढ्दै गएपछि समस्या आउने भएकाले जन्मदर्ताको लागि विद्यालयले पनि पहल ग¥यो तर न गाविसबाट सहयोग पाइयो न जिविसबाट ।’
जिल्ला बाल कल्याण समितिको पहलमा खाल्टे गाउँ विकास समितिमा लिखित रुपमै बालकहरुको जन्मदर्ताको लागि निवेदन दिइयो तर घटना दर्ता ऐन २०३३ को दफा ४ मा मावलीपक्ष सुचक बन्न नपाउने ब्यवस्था भएकाले जन्मदर्ता गराउन नसक्ने जानकारी सहितको पत्र जिल्ला बाल कल्याण समितिलाइ खाल्टे गाविसले दियो । सोही अनुरुपको ब्यहोरा राखेर जिल्ला विकास समितिमा बालकहरुको जन्मदर्ताको लागि पहल गरेपनि जिविसले पनि घटना दर्ता ऐन कै प्रावधान देखाएर जन्मदर्ता गर्न नसक्ने जानकारी दियो । जिल्ला बाल कल्याण समितिका बाल संरक्षणअधिकृत हरि उप्रेतीले भने, ‘गा वि स र जिविसले आमाबाबु नै नभएपछि जन्मदर्ता गराउन नसकिने जानकारी दिएपछि हामीले संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको पञ्जिकरण विभागमा साउन ७ गते सवै विवरण खुलाएर निवेदन दिएका छौँ ।’
बाल संरक्षण ऐन २०४८ मा बालबालिका जो संग बस्छ उसैको नाम राखेर जन्म दर्ता गराउने प्रावधान छ तर पुरानो नजिर देखाएर जिल्ला विकास समिति धादिङ र खाल्टे गाउँ विकास समितिले जन्मदर्ता नगराइदिएपछि यी बालबालिकाहरुलाइ अहिले त समस्या परेको छ नै पछि नागरिकता बनाउने बेलामा पनि समस्या आउने भएको छ ।

0 Comments:

Post a Comment