Pages

Subscribe:

Ads 468x60px

‘विसाउन पाएनन बर्दी’

प्रहरी हबल्दार सुदर्शन हुमागाइ
महादेववेशी टिपर ठक्करकाण्ड
महादेववेशी (धादिङ) : जिल्ला प्रहरी कार्यलय धादिङ मातहत महादेववेशीको प्रहरी चौकी मा कार्यरत काभ्रे जिल्ला शङखु गाउँ विकास समितिका प्रहरी हवल्दार सुदर्शन हुमागाइ एक इमान्दार र कर्तब्यनिष्ट प्रहरीको रुपमा चिनिएका थिए । महादेवबेशीको चौकीमा रही विगत ५ वर्षअघिदेखि नागरिकको सेवामा खटिदै आएका हुमागाइ विहीवार डिउटी गर्दा गर्दैको समयमा संसारबाटै विदा भए ।
प्रहरी सेवामा काम गरेर पेन्सन पकाइसकेका हुमागाइ दशैं पछाडि जागिर छाड्ने मनस्थितिमा रहेको उनका सहकर्मीहरुले बताए तर उनले जागिर छाड्नुभन्दा पहिले नै डिउटीबाटै सधैका लागि संसार छाडेर गएपछि महादेववेशीबासी दुःखीत भएका छन । महादेववेशी बासीहरुका सामु इमान्दार छवि बनाएका हुमागाइ विहीवार पनि सडक दुर्घटना भएको ठाउँमा पुगेर प्रहरी मुचुल्का तयार पार्दे थिए । एउटा दुर्घटनाको घाइेतहरुको उद्धार र घटना विवरण तयार पार्दापादै अर्को दुर्घटनाको सिकार बनेर हुमागाइ बर्दीसहित संसारबाटै विदा भए ।विहीबार साँझ ६ बजेतिर काठमाण्डौबाट चितवनको लागि जाँदै गरेको बा २ ख ४१३१ नम्वरको हायसमाइक्रो बसले महादेववेशी बजारमा सडक छेउमै रहेको सडक विभागको गाडीलाइ ठक्कर दिएपछि माइक्रोमा सवार केही ब्यक्तिहरु घाइते भए । तत्काल घाइतेहरुको उद्धार गर्न पुगेका हुमागाइ लगायत अन्य प्रहरीहरु घाइतेहरुको उद्धार पश्चात घटनाको विस्तृत विवरण संकलन गर्दै गर्दा गजुरीबाट नौविसेतर्फ जाँदै गरको टिपर काल बनेर आएको उनले पत्तै पाएनन ।

अत्याधिक गतिमा अनियन्त्रित तवरले आएको बा ३ ख ४८२७ नम्वरको टिपरले केहीवेर पहिले दुर्घटना भएको माइक्रोबसलाइ ठक्कर दिएर सडकमै पल्टिदा टिपरले चेपेर उनी सहित ४ जनाको मृत्यु भयो ।
आँखै अगाडी त्यो भयानक दुर्घटना देखेका महादेववेशीकै स्थानिय प्रेम आलेले भने, ‘ दुर्घटना सम्झिदा पनि मनै झसङग भइरहेको छ । दुर्घटना यति हृदयविदारक रह्यो कि केहीवेर अघि माइक्रोवस दुर्घटनामा बाँचेका यात्रुहरुलाइ गाडी चडाएर पठाउने सुरसार गर्दे गर्दा प्रहरी हवल्दार हुमागाइ र अन्य तीन जनालाइ हेर्दा हेर्दै टिपरले चेप्यो, हामीले उद्धार गर्ने प्रयास गर्दा गर्दा पनि बचाउन सकेनौँ ।’
 दुर्घटना गराउने टिपर
टिपर चालकहरुको गम्भीर लापरबाही र तीव्र गतिमा चलाउने प्रवित्तिका कारण कतिपय यात्रुहरुले अकालमै ज्याम गुमाउने परेको लामाले बताए । उनले भने, ‘मेलै देख्दा देख्दै टिपरले माइक्रोलाइ ठक्कर दिएर ६० पर पु¥याइदियो, टिपरको गति यति धेरै थियो कि त्यो उडेर आयो कि गुडेर आयो पत्तो पाइएन ।’
जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सविन प्रधानले भने ‘तीव्र गतिमा गुडेको टिपरले माइक्रोवसलाइ ठक्कर दिएर सडक छेउमै राखिएको ढुङगाको थुपोमा चढेर पल्टिएपछि माइक्रोवस वरपर रहेका अन्य तिन जना र प्रहरी हवल्दारलाइ पनि चेपेको रहेछ । स्थानियहरुले तत्काल टिफर उठाउन सक्ने अवस्था आएन । केहीवेर पछि टिपर पल्टाएर निकाल्दा अन्य तीनजनाको मृत्यु भइसकेको भएपनि हवल्दार सापलाइ उपचारको लागि लैजादै गर्दा हस्पिटलमा पुग्ने वित्तिकै मृत्यु भएछ ।’ दुर्घटनामा मृत्यु हुने अन्य ब्यक्तिहरुमा चितवन जिल्लाका नरेश लामा र स्याङजा जिल्लाका सुन्दर भट्टराइ र अर्का एकजनाको सनाखत नै हुन सकेको छैन ।
‘एक इमान्दार छवि बनाएका प्रहरी र अघिल्लो दुर्घटनाबाट बाँचेका अन्य यात्रुहरु गुमाउनुपर्दा साहै्र दुःख लागिरहेको छ ।’ घटनापछि कुरा गर्दे प्रहरी प्रमुख प्रधानले भने, ‘डिउटीमा खटिरहेको बेला टिपरले ठक्कर दिएर सहकर्मी गुमाउन पुग्दा समग्र जिल्ला प्रहरी नै मर्माहत भएको छ ।’
दुर्घटनामा परि घाइते भएकाहरुमा मकवानपुर २९ का नारायण सुनाम, धादिङ थाक्रेका जिकेश अर्याल, बारा पचरा ६ का निरोज राम र धादिङ केवलपुर ७ का लिला बहादुर तामाङ रहेका छन । घाइतेमध्ये लीलाबहादुर तामाङ टिपरका चालक हुन । उनीहरुको अहिले काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । राजमार्गमा विशेष गरेर ट्रिफरहरु लापरबाही तरिकाले चलाउने गरेकाले बढी दुर्घटना गराउने गरेको हुन्छ । टिफरका चालकलाइ प्रत्येक टीप अनुसार थप भत्ता हुने भएकाले धेरै टिप गर्नको लागि तीव्र गतिमा चलाउने गर्नाले बढी दुर्घटना भएका छन ।


0 Comments:

Post a Comment