Pages

Subscribe:

Ads 468x60px

क्रिसमशले छोएन उत्तरी धादिङलाइ

अधिकाँश क्रिश्चियन समुदायको बाहुल्यता रहेको उत्तरी धादिङको
सवैभन्दा अन्तिममा रहेको तिप्लिङको लब्दुङ गाउँ ।

पुस १६,
विगतका वर्षहरुमा पुस महिना लाग्दै वित्तिकै उत्तरी धादिङमा छुटै किसिमको चहलपहल हुने गर्दथ्यो । विशेष गरि क्रिश्चियन समुदायको बाहुल्यता रहेको धादिङका हिमाली क्षेत्रहरुमा पुस महिना सुरु हुने वित्तिकै अर्थात अंग्रजी नयाँ वर्षको आसपासमा दिनहुँ हेलिकप्टर उडिरहेको हुन्थे क्रिशमस, तथा ल्होसार पर्व मनाउन आउने पाहुनाहरुको ओसारपसारमा ।

गाउँ गाउँमा रहेका चर्चहरुमा पाहुनाहरुको स्वागतार्थ विभिन्न कार्यक्रम गरिएका हुन्थे । तर यस वर्षको  क्रिशमसमा भने उत्तरी धादिङमा खासै उल्लास छाउन सकेन । गत वैशाख १२ गते गएको विनाशकारी भुकम्पको केन्दिविन्दु बारपाक नजिकै रहेका उत्तरी धादिङका सवै बस्तीहरु भुकम्पले तहसनहस बनाइदिएका कारण यस बर्षको क्रिसमश तथा ल्होसारमा कुनै उल्लासका कार्यक्रम हुन सकेनन ।

विभिन्न राजनैतिक दलका नेता र साँसदहरु विगतका वर्षहरुमा क्रिममश तथा ल्होसार मनाउनको लागि भनेर राजधानीबाट हेलिकप्टर चार्टर गरेरै भएपनि गाउँमा पुगेका हुन्थे तर यसपालीको क्रिममशमा त्यस्तो उल्लास कुनै पनि गाउँमा देखिएन । धादिङ जिल्लामा सवै भन्दा बढी मानविय क्षति भएका उत्तरी धादिङका ५ वटा गाउँ विकास समितिका गाउँहरु अहिले सुनसान जस्तै बनेको छ । जोखिमपुर्ण अवस्थामा रहेका बस्तीहरुबाट विस्थापित भएर १ हजार भन्दा बढी घरधुरीहरु सदरमुकाम आसपासका खुल्ला ठाउँहरुमा त्रिपाल र जस्तापाताको टहरा बनाएर विस्थापित जिवन विताइरहेका छन ।

लापा २ तेङचेतका हिमाल तामाङले भने, ‘अघिल्लो वर्षमा हामी गाउँमा क्रिसमश र नयाँ वर्षमा विभिन्न सास्कृतिक कार्यक्रममा गथ्र्यौ, जिल्लाबाट पनि पाहुनाहरुलाइ घरधुरी रकम उठाएर हेलिकप्टर भाडा तिरेर लैजाने गरेका थियौँ । तर यस बर्ष गाउँ नै विस्थापित हुन परेको छ । त्रिशमस र यो संगै मनाउने अंग्रेजी नयाँ
वर्षको खासै उल्लास छैन ।’ कतिपय गाउँका स्थानियहरु आफन्त र साथीभाइ गुमाएको शोकमा गाउँ समेत फर्किन सकेका छैनन । विनाशकारी भुकम्प पछि उद्धार र आपतकालिन राहतका विभिन्न परियोजनाहरु लिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसस्थाहरु गाउँमा पुगेका भएपनि उनीहरुका कामले भुकम्पले लुटेको स्थानियहरुको खुसी फर्काउन सकेको छैन ।

दीर्घकालिन राहत र पुननिर्माणको आशामा रहेका अधिकाँस गाउँबासीहरुमा अझैपनि न्यानो कपडा र प्रारम्भिक राहतमै अल्झिनुपरेकोले दुःख मनाउ गरिरहेका छन । झार्लाङका ७० वर्षिय बृद्ध नरबहादुर विश्वकर्माले भने, सरकार पनि गाउँमा आउँदा नगद मात्रै लिएर आउँछ, बजार नजिक भए पो नगद लिएर किनमेल गर्न पनि सजिलो हुन्थ्यो र ?’ भुकम्प लगत्तैको उद्धार र आपतकालिन राहत प्रक्रियाको लागि नेपाली सेनाका हेलिकप्टरहरु गाउँ गाउँमा पुगे पनि पछि गाउँको अवस्था बुझ्न भनेर कोही नेता पनि गाउँ पुगेका छैनन ।
‘हामीले नेता भनेर सम्मान स्वरुप चाडपर्वमा हेलिकप्टर चढाएर ल्याउने नेताहरु, अहिले गाउँका अवस्था बुझ्नको लागि भनेर गाउँसम्म हेर्न पनि आएनन ।’ तिप्लिङ ७ लब्दुङका नरबहादुर घलेले भने, ‘कतिपय स्थानियहरु विस्थापित भएर गाउँकै अन्य स्थान तथा सदरमुकाम तिर झरेका छन, उनीहरुलाइ गाउँ फर्काउनको लागि भनेपनि गाउँको अवस्था बुझ्न जनप्रतिनिधिहरु गाउँ आउनु पर्ने हो तर आएका छन ।’

0 Comments:

Post a Comment