Pages

Subscribe:

Ads 468x60px

कविता : 'अर्धाङगीनी'

सुहागरातको भोलिपल्टै
अर्धाङगिनीको कुमारित्व चोखै राखेर
अनुहारको भावभङ्गिमा समेत प्रष्ट नदेखिने
झिसमिसे उज्यालोमै
आँखामा गहभरि आसु पारेर
विदेशिएको ऊ,
अचेल डिउटीबाटै स्काइपी मा आफ्नी अर्धाङगीनी संग चुम्वन साट्छ
र भन्छ मिस यु बुढी
अर्धाङगीनीसंगको साँझको स्काइप च्याट सम्झिएर
५३ डिग्रीको चर्को घामले निचोरेको पसिना
घाँटीबाट तल झरेको पत्तो नपाउने ऊ
अर्धाङगीनीकै खुसीका लागि विदेशीएको सायद उसकै अर्धाङगीनलाइ
थाहा होला कि नहोला ?
आँखीझ्याल जस्तै प्वालैप्वाल भएको
गुन्यो चोलीमा लेकवेशी गर्दै रहेकी उसकी आमा
विहान बेलुकाको प्रत्येक गाँसमा
छोराको याद गर्दै
त्यही याद भित्र न्यास्रो मेटाउदै
सपना देखिरहेकी छिन
छोराको कमाइ आउला र
हरमै विलाउन आँटेको

पहिरोका ‘हिरो’

स्थलमार्गबाटै १४ जनाको शकुसल उद्धार गर्ने प्रहरीहरु

पहिरोमा फसेका १४ जनाको सकुशल उद्धार गरेपछि जिल्ला प्रहरी कार्यलय
धादिङले गरेको सम्मानपछि सन्दिप कुमाल र रुद्रबहादुर कुमाल
गत असार १६ गते विहान साढे छ बजेको समयमा धादिङ जिल्लाको उत्तरी क्षेत्रको विकटमा रहेको री गाउँ विकास समितिको वढा नं ९ चेप्राङमा भीषण पहिरो गयो । सदरमुकाम देखि ३ दिनको पैदल दुरीमा रहेको उक्त गाउँमा चारैतिरबाट पहिरो गएको खवर आउनासाथ  २१ जना पहिरोको वीचमा फरेको खवर एकैछिनमा देशभर फैलियो । तत्कालै जिल्ला प्रहरी कार्यलय धादिङको निर्देशनमा उत्तरीक्षेत्रकै दार्खा गाविसमा रहेको प्रहरी चौकीबाट ७ जनाको टोली खटायो । टोलीमा सामेल थिए नवलपरासी घर भएका प्रहरी जवान सन्दिप कुमाल र प्रहरी हवल्दार रुद्रबहादुर कुमाल । पहिरो गएको खवर आउने वित्तिकै नेपाली सेनाको हेलिकप्टरमा जिल्लाका सुरक्षा निकाएले घटनास्थलको हवाइ अवलोकन गरेर तत्कालै त्यहाँका स्थानियहरुलाइ सार्ने भनेपनि त्यसपछि परेको लगातारको पानी र खराव मौशमको कारण उनीहरुको उद्धार गर्न नसकिरहेको बेला ज्यानकै बाजी लगाएर नेपाल प्रहरीका सन्दिप र रुद्रबहादुरले दुइ जना गाउँकै युवाहरुको सहयोगमा १४ जनाको पैदल मार्गबाटै उद्धार गरेपछि प्रहरी वृतमा एकाएक उनीहरु चर्चामा आएका छन । 
पहिरो गएको ५० घण्टा वितिसक्दा पनि भौगोलिक विकटता र खराव मौषमको कारण गाउँमा सम्पर्क हुन नसकिरहेका बेला उनीहरु गाउँमै पुगेर स्थानियहरुको उद्धार गर्न सफल भएका हुन । गाउँ पुग्ने वित्तिकैको
पैदल हिड्ने बाटो पहिरोले भत्काएपछि भीरको ढुङगा समातेर चेप्राङ गाउँतर्फ जाँदै प्रहरीहरु सन्दिप कुमाल र रुद्रबहादुर कुमाल ।
अनुभव सुनाउदै प्रहरी हवल्दार रुद्र बहादुर कुमालले भने, ‘जिल्लाबाट निर्देशन आउने वित्तिकै हामी चेप्राङ गाउँ तर्फ हिड्यौ, दिनभरि हिडेर साँझ पहिरो नजिकैको अर्को गाउँ ताजिम्राङमा बास बस्यौँ, त्यसपछि, पानी परिरहेको थियो, गाउँको अवस्था केही थाहा थिएन, जसरी पनि हामी गाउँमा पुग्नुपर्छ भन्ने लागेर आफ्ना हातहतियार संगै गएका साथीहरुलाइ जिम्मा लगाएर पहिरोकै वीचबाट खुट्टा गाड्दै र बुटा समाउदै हामी गाउँमा पुग्न सफल भयौँ । गाउँमा पुग्ने वित्तिकै पहिरोको त्रासका कारण चिन्तित अवस्थामा रहेका रहेको गाउँलेहरु साह्रै

१४ वर्ष देखी न सास, न लास

धुवाकोट (धादिङ) : २०५९ साल बैशाख १२ गते घर छोडेर हिडेका बेला डेढ बर्षको कान्छो छोरो बढेर अहिले
श्रीमानको खोजी गरिदिनको लागि निवेदन दिन सदरमुकाम आइपुगेकी
सुमित्रा  श्रीमानको कुरा गर्दा गर्दे भावुक अवस्थामा
१५ वर्षको भएर ९ कक्षामा पढ्ने भइसक्यो । बेला बेलामा स्कुल तथा गाउँ समाजमा आफ्नो बाबुको खोजी हुँदा ९ कक्षामा पढ्ने अवोध बालकलाइ न त बाबु को हो भनेर थाहा छ, न त छोराले खोजेको बाबु यहाँ छ भनेर दिने उत्तर छ धुवाकोट गाउँ विकास समिति वडा न ५ कि सुमित्रा घिमिरेसंग ।
१४ वर्ष अघि बैशाख १२ गते विहान गाउँकै २ जना साथीहरुको साथमा बैदेशिक रोजगारीमा जान्छु भनेर हिडेका धुवाकोट ५ का घननाथ घिमिरे न अहिलेसम्म घर फर्किएका छन, न यहाँ छु भन्ने खवर नै फर्किएको छ । वैशाख १२ गतेको विहान हिड जाँउ भनेर घरमै आएर लैजाने धुवाकोट गाउँ विकास समितिकै नारायण लामिछाने र बाबुराम लामिछाने पटक पटक गाउँ फर्किसके तर सुमित्राको श्रीमान फर्किनुको त परै जाओस अहिलेसम्म एक पटक पनि सम्पर्क हुन सकेको छैन । सुमित्राले भनिन, ‘संगै गएका साथीहरुलाइ सोधँे, कहिले कुन ठाउँबाट हरायो, कहिले बाटोमा पुगेपछि बहुलायो त कहिले इण्डिया पुग्दा सम्म संगै थ्यो त्यसपछि हामी चिया खान लाग्दा कता हरायो हामीलाइ थाहै छैन भन्ने अस्पष्ट उत्तर दिन्छन । म एउटी महिला श्रीमान कहाँ छ भनेर खोज्न जाउँ ।’
२ वटा छोरा र एउटी छोरीको हेरचाहको जिम्मा श्रीमतीको लगाइ गाउँकै साथीहरुसंग विदेशीएका घननाथ गएको लामो समयसम्म नफर्किएपछि अहिले सुमित्रा निकै तनाव र समस्यामा छिन । स्कुलमा अरु केटाकेटीका बुवा अभिभावक भेलामा संगै जान्छन तर मेरो बुवा किन जानुहुन्न भनेर कान्छो छोरोले पटक पटक सोध्छ तर उसलाइ चित्त बुझाएर दिने उत्तर आफुसंग नभएको सुमित्रा बताउँछिन । ‘श्रीमान बेपत्ता भएपछि मात्रै छोरीको विवाह गरेर पराइ घर पठाएँ, जेठो छोरालाइ घर ब्यवहार र समस्याले गर्दा पढाउन सकिन, अहिले कान्छो छोरो ९ कक्षामा पढ्ने भइसक्यो तर अहँ न श्रीमानको फर्केर आउनुभयो न त खवर नै गर्नुभयो ।’ श्रीमानलाइ सम्झिदै सुमित्रा भावुक हुँदै भनिन, ‘अझै पनि श्रीमान फर्केर आउनुहुन्छ जस्तो लाग्छ, आगनबाट सुमित्रा के गर्दे छौ भनेर बोलाउनुहुन्छ जस्तो लाग्छ ।’
संगै लिएर जाने गाउँलेलाइ आफ्नो श्रीमानबारे केही न केही जानकारी पक्कै भएको सुमित्रा बताउँछिन । उनले