Pages

Subscribe:

Ads 468x60px

एउटा फरक जन्मदिन

किरान्चोक २ सल्लेडाँडावाट देखिएको हिमशृङखला ।
असोज २ गते मेरो जन्मदिन । बिहान आमाको हातवाट टिका लगाएर कोठामा आएपछि खाना खादै थिए । कान्तिपुर दैनिकका उपसम्पादक हरिहरसिंह राठौरको फोन आयो, फोनमा आवाज यस्तो थियो – ‘भाइ गजुरीमा प्रहरीले गाँजा नष्ट गर्दै छ रे, जाउँ त्यता ।’ मैले सोचे राजमार्गको कतै बरामद गरेर ल्याएको गाँजा गजुरी प्रहरीले नष्ट गर्न लागेको होला ।

भर्खर खाना खान थालेको थिए, हतार हतार खाइसकेर अघिल्लो दिन टेवलमा राखेको झोला टिपेर निक्लिहाले । बाहिर निक्लनुअघि मलाइ थाहा पनि थियो झोलाभित्रको क्यामेरामा अघिल्लो दिन राख्दा वाँकी रहेको ३० प्रतिशत मात्र चार्ज छ । गजुरी पुगेर आउने न हो किन अर्को व्याट्री लैजाने भनेर चार्जमा राखिरहेको व्याट्री पनि नवोकी निक्ले ।
गजुरी पुगेपछि थाहा भयो, गाँजा फडानी गर्नको लागि २ दिन हिडेर पुगिने किरान्चोकको विकट गाउँमा जानुपर्ने रहेछ । डिएसपी सापले मेरो ड्रेसअप देखेर गाँउमा हिड्न गाह्रो होला, भएदेखि अर्को फिल्ड हिड्न सजिलो हुने कपडा लगाउनुहोला भनेपछि म अचम्मित भए । मलाइ फसाद पर्यो, गाउँ जाने कि नजाने, एक त मेरो ड्रेसअप २÷३ दिनसम्म गाउँमा हिड्न मिल्ने खालको थिएन त्यहीमाथी मैले त्यो दिन साथीहरुलाइ जन्मदिनको खुसी वाँड्न निम्ता गरेको पनि थिए । फोनवाट शुभकामना दिने साथीहरुलाइ साँझपख कोठामा वोलाएको थिए । केही घण्टाको लागि भनेर इलाका प्रहरी कार्यलय गजुरी पुगेको म त्यहा पुगेपछि केही दिनको लागि यात्रा थाल्नुपर्ने भयो ।
मेरो जाने तयारी नै नभएको गुनासो हरिहर दाइलाइ सुनाएपछि आज जहा पुगिन्छ त्यहीवाट आजै फर्कउला भन्नुभयो । थोरै मात्र भएपनि सोही दिन फर्कने आशा राख्दै पिडा गाविस हुदै किरान्चोक लागियो । जव ७० जना प्रहरीको टोली सहित गाडीमा कच्ची सडकको यात्रा थालियो तेतीखेर आज फर्किइदैन भनेर ढुक्क भइसकेको थिए तर मनमा भने निकै उकुसमुकस लागिरह्यो । चार घण्टाको गाडी यात्रा पछि किरान्चोक २ को.....................
मजुवा गाउ मा पुगियो । त्यो दिनको वास त्यही हुने भयो ।  प्रहरीहरु नजिकैको स्कुलमा वस्ने व्यवस्था मिलाउन लागे भने हरिहर दाइ र मैले एउटा घरमा त्यो रात वास वस्ने व्यवस्था मिलायौ ।
साँझ ६ वजेको थियो हामी गाडीवाट मजुवा ओर्लिदा । गजुरीवाट निक्लेदेखि नै साह्रै उकुसमुकुस लागिरहेकोले एकछिन फेसवुक चलाउन मन लाग्यो । मोवाइलमा नेटवर्क हावाको झोक्कामा मात्र आउने रहेछ त्यो ठाउँमा । साथीहरुलाइ गरेको म्यासेजको रिप्लाइ गर्न नपाएर र फेसवुकका साथीहरुको उत्तर दिन मन लागेर निकै
नरमाइलो लागिरह्यो तर संगै गएका हरिहर दाइलाइ भने कुनै कुरा पनि भनिन । अनि आगन अगाडी वनाइएको ट्वाइलेटको छानामा वसेर एकछिन भनेपनि फेसवुक चलाउन पाउँदा साथीभाइ संगै भएको अनुभुति भयो तर विडम्वना व्यालेन्स पनि कम रहेछ मोवाइलमा । एउटा स्टाटस राखे ‘आज २५ वर्ष पुगियो, यहाँसम्म आइपुग्न वाटो देखाउनुहुने सवैलाइ सम्झन चाहान्छु ।’
नजिकै रिचार्ज कार्ड किन्न नपाएपछि त्यही घरका सदस्यहरुसंग गफ गरेर बसियो खाना पाकुन्जेल । खाना खाने बेलामा थाहा भयो मलाइ कहिल्यै मन नपर्ने घिरौलाको तरकारी पकाइएको रहेछ । तरकारीमा मिसाएको आलु आलु छानेर राम्रो संग नपाकेको दालसंग एक थाल भात खाएपछि सुत्ने तरखरमा लागियो । हाम्रो लागि भनेर सकेसम्मको व्यवस्था मिलाएका थिए त्यो घरका दाइले । तर घरमा विरालो पनि पालेको रहेछ, कराएर सुत्नै नदिने । दिनभरको थकानले गर्दा आँखा झुम्म हुन्छ तर विरालो कराएपछि निद्रा गायव । सुतेको केहीवेरमा ठुलो पानी परेर जस्ता वज्न थालेपछि विरालोको आवाज हरायो । लगातार परेको ठुलो पानीको आवाजसंगै कतिवेला निदाइएछ पत्तै भएन ।
भोली पल्ट (३ गते) विहानै साढे पाँच बजे उठेर डेढ घण्टाको पैदल यात्रा गरेर सल्ले गाउ पुगियो । वाटोवाट मनोरम हिमशृङखाला देखेपछि फोटो खिच्न मन लाग्यो । तर क्यामेरामा प्रशस्त चार्ज नभएकाले निकै थकथकी मानीमानी एउटा फोटो खिचे हिमालको । मन खिन्न भयो क्यामेरामा चार्ज नभएकोमा र चार्जमा राखेको व्याटी जाना–जान झोलामा नहालेकोले निकैवेरसम्म थकथकी लागिरह्यो ।
सल्लेबाट प्रहरीले गाँजा फडानी गर्न सुरु गरेपछि मेरो क्यामेराको व्याट्री निकाल्दै हाल्दै गरेर १३ वटा खिचेपछि क्यामेरा वन्द भयो । अघिल्लो दिनदेखि निराशामा केही आशा पलाएको थियो, म आफ्नै क्यामेरावाट समाचारको लागी पुग्ने फोटो खिच्न सफल भएको थिए । समाचारको लागि पुग्ने फोटो खिचेपछि हामी दुइ जना फर्कियौँ ।
किरान्चोक २ सल्लेडाँडामा लगाइएको गाँजा खेती नष्ट गर्दे प्रहरीहरु

बिहानको आठ वजेको थियो सल्लेवाट फर्किदा । हिडेरै आदमघाट झरेर खाना खाने सल्लाह भएपछि बाटो सोधी सोधी अगाडी बढ्दै गर्दा २ घण्टा हिडेपछि एउटा ट्रक भेट भयो । हिड्न गाह्रो भइसकेको अवस्थामा ट्रक भेटेपछि ट्रकको पछाडीपटि चढेर भएपनि आदमघाटसम्म जाने सल्लाह गरेर ट्रकमा चढ्यौँ ।
लोकल रुटमा चल्ने ट्रक । गाउँका उत्पादनहरु बजारसम्म लैजाने त्यही एउटा साधन रहेछ । एकछिनको यात्रापछि ट्रकमा खसीवोकाहरु लोड भयो, हामी चढ्नुभन्दा अगाडी नै ट्रकमा २० २५ वटा लोकल कुखुरा लोड गरिएको थियो ।   फेरी एकछिनपछि रक्सी वनाउने मर्चा पनि लोड भयो ट्रकमा । खसीवोका, लोकलकुखुरा र मर्चा वोकेको ट्रक चढेर १२ वजे आदमघाट झरियो ।  आदमघाटमा खाना खाएर साढे २ वजे धादिङवेशी आइपुगेपगियो ।
२५ वर्ष पुगेको अवसरमा धुमधामका साथ मनाउन लागेको थिए रजत जयन्ती तर सुचनामा थोरै असमझदारी हुँदा निकै नै खल्लो र नरमाइलोको साथ अपरिचित गाउँमा जन्मदिन विताउनुपर्दाको पिडा मन भरि नै गुस्मिनै रह्यो । समाचारको मिसन अनुसार आफु तयार नभइकन गएको, क्यामेरामा व्याट्री चार्ज प्रशस्त नहुँदा चाहेअनुसार फोटो खिच्न नपाएकोमा निकै दुःख मान्दै, साथीभाइहरुको साथवाट टाढा रहेर एक्लै रजत जयन्ती मनाइयो ।

0 Comments:

Post a Comment