Pages

Subscribe:

Ads 468x60px

श्रीमान खोज्न जाँदा अरुको वच्चा आइलागेपछि...

असोज २९

झार्लाङ १ का सिर्जना तामाङ पेटमा वच्चा वोकेर आफ्नो श्रीमान खोज्न हिडिन तर आफुलाइ गर्भवती वनाएर हराएका श्रीमान फेला पर्नु त परको कुरा अझ अर्को वालक आफ्नो काँधमा आइलागेपछि उनी समस्यामा परेकी छिन ।
अहिलेसम्म श्रीमानको घर नगएका उनी श्रीमानले घर धादिङकै मैदीमा रहेको मात्र वताएको र अरु केही थाहा नभएको वताइन । पहिलेको श्रीमानले छोडेपछि दोस्रो विहे गरेर दुवैजना मलेसिया गएको वताइन । २ वर्षअघि वैदेशिक रोजगारीको लागि मलेसिया गएका सिर्जना तामाङ गर्भवती भएपछि दुवैजनालाइ कम्पनीले निकालिदिएको सिर्जनाले वताइन । त्यसपछि उनीहरु गृहजिल्ला धादिङ आएका थिए तर धादिङ नआइपुग्दै सिर्जनालाइ गाडीमै छाडेर वेपत्ता भएका उनका श्रीमान सम्पर्कमा आएका छैनन ।
त्यसपछि श्रीमानको खोजीमा राजधानी गएकी सिर्जना तामाङसंग उनीजस्तै श्रीमानले छाडेका एक अधवैशेको संयोगवस भेट भयो । अन्दाजी १२÷१३ महिनाको वच्चा भएकी करिव २० वर्षिय महिलासंग उनीपनि काठमाण्डौको एक होटलमा वसिन तर उनलाइ होटलको नाम र संगै वसेको महिलाको नाम पनि सोधिनन । ‘हामी दुवैको पिडा उस्तै भएकोले संगै वसियो, उनको नाम पनि थाहा छैन र वसेको होटलपनि कुन हो थाहा छैन ।’ नेपाली भाषा राम्रोसंग वोल्न नजान्ने सिर्जनाले तामाङ लवजमा भनिन ।
त्यसपछि ३ दिनसम्म उनीहरु सोही होटलमा संगै वसेको सिर्जनाले वताइन । चौथो दिन मेरो श्रीमानको खवर आफन्तहरुले दिएका छन म पैसा मागेर ल्याउछु होटलको पैसा पनि तिर्नु छ भनेर १ वर्षको छोरो सिर्जनालाइ जिम्मा लगाएर गएकी महिला फर्केर नआएपछि सिर्जनालइ थप समस्या पर्यो ।
त्यसपछि उनी काखमा अरुको बच्चा र गर्भवती शरिर लिएर महिला तथा वालवालिका कार्यलय धादिङको
शरणमा आइपुगेपछि उनको अवस्था निकै नै गम्भीर देखेर जिल्ला अस्पतालको भर्ना गर्नको लागि पठाइएको महिला तथा वालवालिका अधिकृत भुला भण्डारीले वताइन ।
उनीसंग रहेको बच्चालाइ भने तत्कालको लागि नजिकैको जिवीत विश्वास वालगृहमा पठाइएको जिल्ला वाल कल्याण अधिकृत हरी उपे्रतीले वताए । वालकको अभिभावकको खोजी भइरहेको र अभिभावकत्व ग्रहण गर्न आउनको लागि सुचना जारी गर्न लागिएको उनले वताए ।
यता सिर्जना तामाङलाइ भने प्रसुती व्यथाले च्यापेपछि महिला तथा वालवालिकाको पहलमा आजै जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला अस्पताल धादिङको प्रसुती बार्डमा भर्ना भएकी सिर्जनाले वालकलाइ जन्म दिएकी छिन । अस्पतालको मेडिकल सुपरीटेण्डेण्ट रसिला अमात्यका अनुसार सिर्जनाको शरिरवाट रगत गइरहेकोले अवस्था जटिल रहेकोले वताइन । वच्चाको अवस्था भने स्वस्थ्य रहको अस्पतालकी इण्डोर इन्चार्ज रीता वोहोराले जानकारी दिएकी छिन ।
जिल्ला प्रहरी कार्यलय धादिङको सहयोगमा सिर्जनाकोे श्रीमान र वच्चाको अभिभावकहरुको खोजीको पहल थालिएको महिला तथा वालवालिका कार्यलय धादिङले जनाएको छ ।

0 Comments:

Post a Comment