Pages

Subscribe:

Ads 468x60px

पाँच गजलहरु

गजल नं २१ : मजा आयो
ओठमाथी ओठ, जोडेपछि मजा आयो
भरोसा र विश्वास, तोडेपछि मजा आयो

स्त्रीगन्धले पुरुष मनलाइ, सर्लक्कै पगाल्दा
अलिsssकति धर्म, छोडेपछि मजा आयो

कोमल यो मेरो हात, डुल्न थाल्यो वगैचामा
फुल टिप्न छेक्ने काँडा, फोडेपछि मजा आयो

उत्तेजनाको आँधी र वेगलाइ, थाम्न नसक्दा
वाँझो वारी मलजल गरी, गोडेपछि मजा आयो

आँखा जुधाउनै सकिन, केहीवेरको युद्धपश्चात
कर्के आँखा तर्दै मुन्टो, मोडेपछि मजा आयो
२०७१/०७/०५

गजल नं २२ : रक्सीको करामत
भट्टीभित्र दिउसै पसी, खाइयो वेसरी
रक्सी पिउनुको आनन्द, पाइयो वेसरी

रक्सी खाएसी गीत फुर्छ, भन्थे साथीभाइ
नशा चढेको मातमा, गाइयो वेसरीे

नपिउदा पटक्कै, गीत गाउन जानियन
झ्याउरे गीतमा जिव्रोलाइ, दाइयो वेसरी


बानी वस्यो भट्टि जाने, १ दिन २ दिन गर्दा गर्दै
पैसा हुन्जेल भट्टीमा, धाइयो वेसरी

वानी परेछ जिव्रोलाइ, दिनहुँ चियर्स गर्दा
व्राण्ड फेरी फेरी गिलास, वजाइयो वेसरी

आफु फिटान भएसी, नैतिकताको पुराण कण्ठै
रक्सी खाको जोशमा, फुर्ति लाइयो वेसरी

दिनकै फिटान हुने गर्थे, पिउने वानी लागेपछि
जड्याहाहरुको हुलमुलमा, छाइयो वेसरी
२०७१ ०५ २१

गजल नं २३ : थालेको छु अचेल
साँझ परेसी डराउन, थालेको छु अचेल
एक्लै वसी कराउन, थालेको छु अचेल

पल्लो कोठावाट, गुनासो यस्तो आयो
एकोहोरो बरबराउन, थालेको छु अचेल

कोठाभित्र वुवाआमा, संगै साथै रहेपनि
एकान्तमा हराउन, थालेको छु अचेल

खाना तयार भयो, खान आउ भन्दा
खान्न भनि जरजराउन, थालेको छु अचेल

केही गर्न खोज्छु, कसैको नी साथ पाउन्न
भाउन्न हुदै, धरमराउन थालेको छु अचेल

हुल्याहा र गफाडीको, संगतले पो हो कि ?
हो–हल्ला मन पराउन, थालेको छु अचेल
२०७१/०७/०२


गजल नं २४ : फरक जिन्दगी
अलि पैला एक्ले थिए, दुइटा भाछु अहिले
खुट्टा दुख्दा मिचिदिने, साथी पाछु अहिले

एक्ले हुदा जाँगर थेन, चाउचाउले छाक टथ्र्याे
विहान वेलुका २ छाक नै, टन्न खाछु अहिले

विहान भयो उठ्नै अल्छि, कलेज सधै छुट्थ्यो पहिले
उठ्नोस कलेज जानुस भन्छिन, नियमित धाछु अहिले

अलपत्रे चाला थियो, मिठो राम्रो थाहा थेन
स्याहार सुसार मिलेर होकी, मोटाउदै गाछु अहिले

पहिले पहिले कसैको नी, नजरमा पर्दिनथे
ह्यान्सम हुदै गएर हो की, सवैतिर छाछु अहिले
२०७१/७/२५

गजल नं २५ : विहे गर्ने रहर
बिहे गर्ने रहर जाग्यो, पालो आको छैन
वाउआमालाइ विहे गर्देउ, भन्न भाको छैन

भगाएर ल्याउनुहुन्थ्यो, एउटी राम्री नानीलाइ
आँखै घोसे हुन की कतै, नजर गाको छैन

हाइ हेल्लो सन्चो विसन्चो, म्यासेज कति कति
वोली मिसेनी अझै मन, मिल्न पाको छैन

फेसन पनि चलेकै हो, लभ पारेर विहे गर्ने
आजैआउँ की भोली आउ भन्ने, माया लाको छैन

आफै धारामा जानुपर्छ, वटुवालाइ तिर्खा लाग्दा
तिर्खा मेट्ने पानी खान, कतै धाको छैन
२०७१/०८/११

0 Comments:

Post a Comment